तपाईंलाई के कुराको कमी छ ? पत्नी छ, छोरा छ, घर छ, ठूलो व्यापार, मान–इज्जत छ । तर पनि तपाईं दु:खी हुनुहुन्छ–यस कारण कि तपाईंसँग जतिथोक छ, त्यसबाट सन्तोष छैन र अरूसँग योभन्दा पनि बढी छ, किन तपाईंसँग छैन– यो डाहा हो । अत: तपाईं अरूभन्दा पनि बढी पाउनको लागि बेचैन हुनुहुन्छ तथा विवेक छोडेर घोडदौडमा अगाडि बढ्न चाहनुहुन्छ । यस्ता सज्जनहरू पनि छन्, जसले स्नेहको सम्बन्ध राख्छन्, सबै प्रकारको धन–सम्पत्ति, मान–कीर्ति भएपनि असन्तोषवश ठूल्ठूला नयाँ व्यापार गर्छन् र नराम्ररी फस्छन् र पहिलेको सम्पत्ति–कीर्ति गुमाउनुका साथै नयाँ विपत्तिबाट पिण्ड छुटाउन कठिनाइमा पर्छन् । त्यसमध्ये केहीलाई सम्झाए पनि उनीहरू यस्ता नशामा थिए कि कुरा बुझ्नै सकेनन् र अहिले पछुताउँदै छन् ।
प्रकृतिको विस्तारको अन्त्य छैन र प्रकृतिको प्रत्येक पदार्थ, प्रकृतिको प्रत्येक परिस्थिति अपूर्ण र अनित्य–फलत: परिणाम दु:खप्रद हुन्छ । यसबाट कतै पनि, कुनै पनि स्थितिमा पुग्नुस्, कमी थाहा हुन्छ, अभावको अनुभव हुनेछ । त्यस अभाव मेटाउन खोज्दा या त तपाईं आपैंm मेटिनुहुन्छ अथवा कदाचित त्यो मेटाउनुभयो भने त्यसभन्दा पनि ठूलो अभाव तुरुन्त उपस्थित हुनेछ, जसले पुन: नयाँ दु:ख दिनेछ ।
अत: बुद्धिमान मनुष्यले यस क्षेत्रमा सन्तोष गर्नुपर्छ । महर्षि पतञ्जलिले अनुभूत सत्यमा बताएका छन्–
‘संतोषादनुत्तमसुखलाभ:।’
(योगदर्शन २/४२)
सन्तोषबाट सर्वश्रेष्ठ सुखको प्राप्ति हुन्छ ।
भगवान् श्रीकृष्णले गीतामा भक्तको लक्षण बताउँदै एक प्रस·मा दुईपटक सन्तोषको चर्चा गरेका छन्–
‘संतुष्ट: सततम्’ (१२।१४)
‘संतुष्टो येन केनचित् ।’ (१२।१९)
‘निरन्तर प्रत्येक परिस्थितिमा सन्तुष्ट’ र जुनसुकै प्रकारले बसे पनि त्यसैमा सन्तुष्ट रहनुपर्छ । यसको अभिप्राय: यो हो कि संसारको भोगदृष्टिले दु:ख, अभाव, प्रतिकूलता, विपत्ति आदि भएपनि त्यसैमा सन्तुष्ट रहनुपर्छ ।
पद्मपुराणमा भनिएको छ–
सर्वत्र सम्पदस्तस्य संतुष्टं यस्य मानसम् ।
उपानद्गूढपादस्य ननु चर्मावृतेव भू: ।।
संतोषामृततृप्तानां यत्सुखं शान्तचेतसाम् ।
कुतस्तद्धनलुब्धानामितश्चेतस्य धावताम् ।।
असंतोष: परं दु:खं संतोष: परमं सुखम् ।
सुखार्थी पुरुषस्तस्मात् संतुष्ट: सततं भवेत् ।। (सृष्टिखण्ड अ.१९)
‘जसको मन सन्तुष्ट छ, उसको लागि सर्वत्र सुख–सम्पत्ति भरिएको छ, कहीं पनि दु:ख–विपत्ति छैनस ऊ हरेक हालतमा पनि सुखी छ, त्यसरी नै, जसरी उसको खुट्टा जुत्ताले ढाकिएको छ, उसको लागि मानौं सारा पृथ्वी छालाले ढाकिएको छ । सन्तोषरूपी अमृतबाट तृप्त र शान्तचित्त भएको पुरुषलाई जुन सुख प्राप्त छ, त्यो धनको लोभले यताउता दौडधूप गर्नेलाई कहाँ भेटिन्छ ? सबैभन्दा ठूलो दु:ख हो– असन्तोष र सबैभन्दा ठूलो सुख हो– सन्तोष । अतएव जसले सुख खोज्छ, उसले प्रत्येक परिस्थितिमा निरन्तर सन्तुष्ट रहनुपर्छ ।
यी सबै कुरामाथि तथा शास्त्रवचनमाथि ध्यान दिनुपर्छ । तपाईं त संसारको दृष्टिले सबै प्रकारबाट सुखी र सम्पन्न हुनुहुन्छ । तपाईंको यो दु:ख असन्तोष र ईष्र्या हो–अरूको उत्कर्ष सहन नसक्ने दूषित वृत्तिले बोलाएको हो । आफूजस्तै करोडौं स्त्रीपुरुषलाई हेर्नुहोस्, उनीहरू विभिन्न प्रकारका अभावबाट ग्रस्त छन्, विपन्न छन्, खान–लगाउन सकिरहेका छैनन् । उनीहरूतर्फ दयाद्र्रहृदयले हेरेर आफ्नो स्थितिको लागि भगवान्प्रति कृतज्ञ बन्नुहोस् र भगवान्ले दिएको यस स्थितिबाट यथायोग्य यथासाध्य ती अभावग्रस्तहरूको सेवा गर्नुस् । सन्तोष, मुदिता र करुणावृत्ति मनमा आउने बित्तिकै तपाईं सुखी बन्नुहुनेछ । आफ्नो स्थितिमाथि सन्तोष गर्नु, अरूको उत्कर्ष देखेर मुदित हुनु र दु:खीहरूलाई हेरेर करुणापूर्ण हुनु मानवको परम कर्तव्य हो र यो दु:ख नाशको सर्वोत्तम उपाय हो ।