कुमार रुपाखेती
खाइलाग्दो जीउडाल भएका अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई धेरैले लालमोहरिया दादा र लिखुरे शारीरिक बनावटका डा. गोविन्द केसीलाई लिंडेढिपीवाला डाक्टर भन्दा रहेछन् ।
अचेल लालमोहरिया लोकमान र भोकहडताल गर्न खप्पिस डाक्टरसाहब एकअर्काको आमुन्नेसामुन्ने भएका छन् । अवैधानिक तवरले धनसम्पत्ति जम्मा गर्नेहरूलाई तह लगाउँदै आएका कार्कीलाई लिखुरे डाक्टरसाहबले महाअभियोग लगाउनुपर्ने भनेपछि यी दुईबीच भनाभन शुरू भएको छ ।
कसैलाई नदेख्ने, रिझाउन सक्ने क्षमता भएका, हेर्दै पहलमान प्रकृतिका कार्कीलाई लिखुरे डाक्टरको चुनौतीले रक्तचाप बढ्नु स्वाभाविकै हो ।
अख्तियारले ठूलो माछा समात्न सक्दैन, सानो माछा मात्र समात्छ भन्ने आरोप खेपिरहेको अवस्थामा लोकमान जस्तो ह्वेलमाछालाई डाक्टरसाहबले निशाना बनाउनु चानचुने कुरा होइन ।
डाक्टरसाहबको अस्त्र ‘आमरण अनशन’ हो भने कार्की धेरै प्रकारका अस्त्रशस्त्र र वस्त्रले सुसज्जित कुशल योद्धा हुन् । भर्खरै उनको चङ्गुलमा परेका ख्यातिप्राप्त पत्रकार कनकमणि दीक्षित यसको ज्वलन्त नमुना हुन् । त्यसो त कार्कीको कारबाईमा परेपछि दीक्षितले हडपेको भनिएको अरर्बौको सम्पत्तिको स्वामी अब दीक्षित हैन, नेपाल सरकार बन्नेवाला छ रे । कार्कीले सरकारलाई भाग्योदय चिठा पारिदिएको चर्चा छ । यस्ता थुप्रै साहसी कारनामा देखाइरहेका कार्कीलाई च्यासे डाक्टरले एकाएक आरोपमा आरोप लगाउन थालेपछि नेपाली राजनीतिमा समेत यसले तर· ल्याउनु स्वाभाविकै हो । लोकमान सिंह कार्की यस्ता व्यक्तित्व हुन्, जसले पञ्चायती व्यवस्था, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र र यहाँसम्म कि ज्ञानेन्द्रतन्त्रमा समेत आफ्नो रजगज कायम राखे ।
बिचरा ब्युरोक्रेसीले ‘जसोजसो बाहुनबाजे, त्यसोत्यसो स्वाहा’ भन्दै चोला परिवर्तन गर्नैपर्छ । अझै पनि एमाले, काङ्ग्रेस र माओवादीका हस्तीहरूसँग यिनको राम्रो हिमचिम छ । मुलुकमा कुनै व्यवस्था, कुनै दल, कुनै नेता जोसुकै सत्तामा आएपछि तिनलाई विश्वासमा लिन सक्ने आँट र क्षमता छ कार्कीमा ।
विगतका आमरण अनशनमा राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा खुबै समर्थन पाइरहेका डा. केसीलाई अचेल उनका समर्थकहरूले त्यति सहयोग र समर्थन नदिइरहेको अवस्था छ । कतै क्यै तलमाथि पर्यो कि आमरण अनशन बस्ने उनको स्वभावले गर्दा धेरै समर्थकहरू उनीसँग आजित भइसकेको चर्चासमेत छ । भन्नेहरू त भन्छन् कि डाक्टरसाहबको पहिलेकै समाजसेवा अब्बल थियो । विकट गाउँगाउँ पुगेर गरिब बिरामीहरूलाई निश्शुल्क जाँच्ने, सित्तैमा औषधि उपलब्ध गराउने, स्वास्थ्यसम्बन्धी जनचेतना जागृत गराउने कामलाई एकाएक चट्ट त्यागेर कहिले कता त कहिले कता आमरण अनशन मात्र गर्नु राम्रो भएन भन्ने धेरै छन् । उनको अनशनले अस्पताल र स्वास्थ्य क्षेत्रमा भने केही सुधार चाहिं भएकै हो ।
तर अहिले एकाएक ह्वेलमाछालाई महाभियोग लगाउने जुक्ति उनको दिमागमा कसरी फुर्यो ? यो सनसनीपूर्ण जुक्तिलाई यिनले कसरी अगाडि बढाउने हुन् अथवा पहलमान कार्कीलाई तर्साउन मात्र यसो भनेका हुन् अथवा ठूलै आन्तरिक रायसल्लाह र कसरतपछि यो सर्कस गर्न लागेका हुन् क्यै भन्न सक्ने अवस्था छैन । स्यालको सरजाम बोकेर बाघको शिकार गर्न पो हिंडेका हुन् कि ?
उता लोकमानले ताल ठोकिसके । मैदानमा ल·ौटी कसेर आउन डाक्टरलाई चुनौती दिइसके, यी दुईको आरोप–प्रत्यारोप पत्रपत्रिकाको सनसनीपूर्ण समाचार बनिसक्यो । तर खोई सिन अगाडि बढ्दैन, चुनौती दिनेले चुनौती दियो, चुनौती स्वीकार्नेले पनि सहजै स्वीकार गरिसकेपछि पनि दृश्य अगाडि नबढ्नाले यो कहानी यत्तिकै पटाक्षेप र खत्तम भइसकेको ठान्नेहरू पनि धेरै छन् ।
यसअघिका अख्तियार प्रमुखहरू लोकमान सिंह कार्कीजस्तो चर्चामा आउन सकेनन् । डा. गोविन्द केसीजस्तो समाजसेवी र सुधारक डाक्टर अरू कोही देखिएनन् । आआफ्नो क्षेत्रमा यी दुवै खप्पिस छन् । अनि लोकमानले आँखा लगाउने र कारबाई गर्ने स्तरको सम्पत्ति पनि डाक्टरसाहबसँग छैन । भनिन्छ, डाक्टर र कार्कीबीच कुनै पुरानो र नयाँ रिसइबी पनि छैन रे । अनि एकाएक महाभियोगको कुरा आउँदा आम नागरिकको कान ठाडो हुनु स्वाभाविकै हो ।
अब प्रश्न उठ्छ, डाक्टरसाहबको आरोप ठीक हो कि कार्की पक्षधरले भनेभैंm बकवास मात्र हो । अनि यस्तो गम्भीर आरोपको छानबिन गरी सत्यतथ्य उजागर गर्ने अधिकार नेपाल सरकारको कुनै निकायलाई छ कि छैन ? २०७२ को नयाँ संविधान नै लर्याकलुरुक्क देखिन्छ, कसको के र कति अधिकार छ भन्ने अन्योल नै छ शायद ? चानचुने मानिसलाई होइन, अख्तियार प्रमुखलाई चानचुने मान्छेले होइन डा. गोविन्द केसीले हदैसम्मको आरोप लगाउनु कदापि चानचुने कुरा होइन । तर के गर्नु नेपाली प्रकृतिको सार्वभौमसत्ता सम्पन्न हामी नेपाली जनता अझै पनि त्यही रमिते प्रजा छौं, जो २००७ सालमा राजा त्रिभुवन दिल्ली कुलेलम ठोक्दा कायर राजा भन्थ्यौं तर दिल्लीबाट फर्केपछि राष्ट्रपिता भन्न थाल्यौं । लोकमान र डा. गोविन्द केसीको कहानी पनि यही हो । यी दुईमध्ये जसले जित्छ त्यसलाई हामी सिकन्दर मान्न तयार छौं ।
डाक्टरसाहबले भनेभैंm कार्कीलाई महाभियोग लाग्नुपर्ने हो अथवा कार्कीले भनेभैंm डाक्टर केसी पागल हुन्, यसको छिनोफानो हुनु जरुरी छ । महाभियोग प्रमाणित भए जेल र पागल घोषित भए पागलखाना नै गन्तव्य हो ।