–कुमार रुपाखेती
बर्सेनि नियमितरूपमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना भएझै नेपालमा बर्सेनि सरकार परिवर्तन प्रतियोगिता सम्पन्न हुने गर्दछ। कतिपयले यसलाई ‘राजनैतिक म्युजिकल कुर्सी प्रतियोगिता’ भन्ने गर्दछन्।
सरकार परिवर्तनको नाममा हुने यस्ता जालझेल वास्तवमा सरकार परिवर्तन नभई व्यक्ति परिवर्तनमा केन्द्रित रहन्छ। मिसनलाई सफल पार्न सरकार परिवर्तनको जामा भिराइन्छ तर टार्गेटमा व्यक्ति हुन्छ, त्यो व्यक्ति जो प्रधानमन्त्रीको कुर्सीमा बसेको हुन्छ।
बर्सेनि सरकार परिवर्तन नेपाली नेताहरूको पहिलो रोजाइ बन्ने गरेको छ । जसले मुँहजबानी, मँुहमाँगा पद दिन्छ, त्यसैले सरकार परिवर्तनको नाममा नयाँ नेतृत्व लिने परम्परा छ। सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दकालको कथा–व्यथा र अहिलेको यो खेल उस्तैउस्तै हो । त्यतिखेर दरबार रिझाउन नसक्ने हुत्तिन्थे, अचेल उत्तर–दक्षिण–पूर्व–पश्चिम चारै दिशा नजाने कता–कता रिझाउने कुरा चलन–चल्तीमा देखिएको छ। नेपाल गणतन्त्रसम्म पुग्दासमेत अन्य कतिपय जल्दाबल्दा समस्या ज्यूँका त्यूँ रहेको, परिवर्तन नभएको अवस्था जगजाहेर रहेको बेला सरकार परिवर्तनको नाममा व्यक्ति परिवर्तनको खेल धङल्लेले फस्टाउँदै गएको छ।
आन्दोलन, ढुङगामुढा, पार्टी प्रवेश कार्यक्रममा जनताको साथ खोज्ने, जनतालाई साक्षी राख्ने, जनतालाई निर्णायक शक्ति मान्ने जनता सहभागी हुन् भन्ने भाषण छाँट्ने यी महानुभावहरू सरकार परिवर्तनको नाममा जनसम्पर्कविहीन बन्दछन् र स्वर्य निर्णायक बन्दछन्। यतिखेर कार्यकर्ताको मनोभावना, मनोदशा, जान्नेबुझ्ने फुर्सद यिनमा हुँदैन। किनकि त्यतिखेर यिनलाई जनता होइन कुर्सीले लोभ्याइरहेको हुन्छ । राजशाहीमा देखिने हिटलरशाही प्रकृतिको तानाशाही “रोम–रोम में राम बसा हैं”, जस्तै यिनमा हावी रहन्छ ।
सरकार परिवर्तन भन्दै यिनीहरू कतै–कतै ‘चोर–चोर मौसेरा भाई’ त कतै–कतै चोर–पुलिसको भूमिकामा रहन्छन्।
यसरी व्यक्ति परिवर्तनको यो खेललाई खेलाँचीमैं भए पनि सरकार परिवर्तन भन्दै ढ््वाङ नफुके हुन्थ्यो भने आम जनचाहना रहेको छ। जुन जोगी आए पनि कानै चिरेको त हो नि !
डाक्टर श्री शिवशङकर यादव
कुनै जमानामा नारायणी अञ्चल अस्पतालमा डा. शिवशङकर प्रसाद यादव भन्ने मान्छे बिरामीहरूको ख्ष्मभय ह्–च्बथ जाँच गरिरहेका देखिन्थे तर अचेल पेशा परिवर्तन गर्दै उनी प्रतीक दैनिकका स्तम्भकारहरूको लेख–रचना चेकजाँच गर्ने, अङक दिने, पास–फेल गर्ने र अर्ती बुद्धि दिने पेशामा क्रियाशील देखिन्छन्। वीरगंजमा पाठक प्रतिक्रिया दिने चलन छैन। डा. साहब सधै, सबै काम छाडी पाठक प्रतिक्रिया दिन व्यस्त देखिनु खुशीको कुरा हो। तर सबैको बारेमा लेख्ने डाक्टरबारे कसैले प्रतिक्रिया दिएनन्, मलाई दिन मन लाग्यो।
उनी नाउक्षे अस्पतालमा कार्यरत रहँदा धेरैले उनलाई काङ्ग्रेसी भन्थे, जुन त्यतिखेर सही थियो। तर २०६३ र०७२ को मधेस आन्दोलनमा उनको जमीरले उनलाई कट्टर मधेसवादी बन्ने प्रेरणा दिएछ क्यारे। अनि त ‘बुढ तोता’ झै उनी चारैतिर मधेस–मधेस भन्छन्। राजा मिदासले न्यमि–न्यमि भने झै। सेवानिवृत्त भएर, क्लिनिक नचल्दा, निठल्ला भएर बस्नुभन्दा कलम चलाउनु राम्रो र सराहनीय कुरा हो। बुढेसकालसम्म डाक्टर साहेबको कलम चलिरहोस्, मधेसको सेवा गरिरहोस् मेरो पनि शुभकामना छ !