धर्मेन्द्र चौरसिया, पोखरिया, १४ साउन/
पत्नीको हत्या गरी खेतमा गाडेर फरार भएका भेडिहारी–९ गदियानी निवासी परमा मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।
गएराति मण्डलले २० वर्षीया पत्नी रमावती देवीको घाँटी थिचेर हत्या गरी घरनजिकको धानखेतमा गाडेर फरार भएका थिए ।
मण्डलका ससुराली पक्षले शुक्रवार सोधखोज गर्दा रमावती देवी घरमा नभेटिएको र घरका सबै पुरुष सदस्यहरू फरार भएको पाएपछि प्रहरीमा खबर गरी आफूहरूले मण्डलको खोजी शुरू गरेको बताएका थिए ।
पत्नीको हत्या गरी फरार मण्डललाई ससुराली पक्षले भारतको सेनवरियाबाट पक्राउ गरी इप्रका पोखरियाको जिम्मा लगाएको थियो ।
मण्डल भारत सेनवरियामा मामाघरमा लुकेर बसेका थिए ।
मण्डल पक्राउ परेपछि निजको बयानको आधारमा रमावती देवीको शव धानखेतबाट शुक्रवार साँझ प्रहरीले उत्खनन गरेको थियो ।
घरदेखि २०० मिटर दक्षिण धानखेतमा रमावती देवीको शव गाडिएको अवस्थामा फेला परेको र पोस्टमार्टमको लागि नाउक्षे अस्पताल वीरगंज पठाइएको इप्रका पोखरियाले जनाएको छ । परमा मण्डलका पिता र दुईजना भाइ फरार छन् ।
प्रहरीले तत्काल हत्याको कारण खुलिनसकेको बताएको छ । रमावती देवीका काका बारा फेटा निवासी उमेश महतोले भने परमा मण्डल अपराधी मनोवृत्तिको भएको र दैनिक मदिरासेवन गरी घरमा पत्नीलाई कुटपिट गर्दै आएको बताए । उनले यसअघि झगडा हुँदा रमावतीका भाइहरू बहिनीलाई लिन गएको तर सासूले घरेलु झगडा घरमैं सल्टाउने भनी नपठाएको बताए । उनले मदिरासेवन गरी ज्वाइँले भतिजीको हत्या गरेको दाबी गरे ।