प्रमोद यादव, र·पुर, पर्सा, १३ साउन/
गादी गाविसको र·पुरदेखि बाराको जीतपुर जोड्ने १८ किलोमिटर जनता सडक बनाउने ठेक्का लिएको ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनले सुस्त गतिमा काम गरिरहेकोले वर्षायाममा सो क्षेत्रमा मानिसलाई कठिनाइ भोग्नुपरिरहेको छ ।
२०७२ फागुनमा सम्झौता गरी चैतदेखि काम शुरु गरेको पप्पु कन्स्ट्रक्सनले १५ महिनामा काम पूरा गर्नुपर्ने सम्झौता गरेको थियो । तर कार्य प्रगति हेर्दा तोकिएको मितिभन्दा दोब्बर समयमा पनि काम सम्पन्न हुने लक्षण देखिएको छैन । ठेकेदार कम्पनीले वर्षायाममा र·पुर भौरीमाई नदीको पुलदेखि ५ सय मिटरको दूरीमा रहेको अर्को जमुनिया नदी, खजुरिया खोला, कोइलाभार नदी, बडेर्वा, करजनिया खोलालगायत ६ स्थानमा कलभर्ट तथा पुल निर्माण गर्नुपर्ने कार्य पनि सम्पन्न गर्न नसकेकोले बाढी आएर बाटो बन्द भएको छ ।
१४ करोड ३१ लाखमा सडक कालोपत्र र कलभर्ट पुलसमेत निर्माण गर्ने जिम्मा लिएको ठेकेदार कम्पनीले कति ठाउँमा काम शुरु पनि गरेको छैन । काम शुरु गर्न र·पुरदेखि टेडा जीतपुरसम्मको बाटोमा ठेकेदारले जथाभवी थुपारेको निर्माण सामग्रीले पनि सो क्षेत्रमा मानिसहरूलाई आवतजावत गर्न कठिनाइ परिरहेको छ ।
स्थानीय मधुवन मथवलका वासुदेव चौधरीले वर्षायाममा निर्माण कार्य ठप्प राखी ठेकेदारले सडक छेउमा जथाभावी निर्माण सामग्री थुपारेको कारण सवारी आवागमनमा निकै अप्ठेरो परेको प्रतीकलाई बताए ।
जिविस, पर्साका वरिष्ठ इन्जिनियर दीपक दासले ठेकेदारको लापरवाही देखिएको स्विकारेका छन् । उनले ५ महिना काम रोकिएको बताउँदै निर्माण सम्बन्धी केही प्राविधिक त्रुटि रहेको र सो सच्याएर ठेकेदार कम्पनीले रिपोर्ट पेश गरिसकेको हुँदा अविलम्ब निर्माण कार्य शुरु हुने आश्वासन दिएका छन् ।