शङ्करमान श्रेष्ठ
सीतापाइलामा केही वर्षअघि भएको एउटा घटना गाइड भाइले सुनाउने थाले । दुईजना भरिया सीतापाइला पुग्दा एक्कासि चिसो बढेछ । जाडोले बच्न ती दुवै मन्दिरभित्र पस्न खोजेछन् । एकजना कठ्याङ्ग्रिएर मन्दिरको ढोकामैं कक्रक्क परेछन् । एउटा खुट्टा ढोकाभित्र अर्को खुट्टा बाहिर । जाडोले कठ्याङ्ग्रिएर ती भरिया त मूर्ति नै बनेछन् । अर्का भरिया दौडिंदै ब्यारेक पुगी उद्धारका सामानका साथ सेनाको सहयोगबाट साथीलाई जोगाएछन् । स्वर्गको बाटोमा पनि यस्ता घटनाहरू १ सुनेर सबै एक क्षण स्तब्ध भयौं । सीतापाइलादेवीलाई ढोग गरी यात्रालाई जारी राख्यौं । ४:३५ बजेतिर हामी एउटा पवित्रस्थल त्रिवेणी आइपुग्यौं । त्रिवेणीमा जेष्ठ शुक्ल पक्षको दशमी तिथिमा मेला लाग्दो रहेछ । प्रत्येक वर्ष त्यस भेगका बासिन्दाहरू आआफ्नो मौलिक पोशाकमा मेलामा आउने गर्छन् । सो अवसरमा पितृश्राद्ध गर्ने चलन रहेछ । त्रिवेणीधाममा स्नान गरी पूजा गरेमा पछिल्लो जुनीमा गरेको पापबाट मुक्ति पाउने जनविश्वास रहने गरेको छ । साथै मेलाको मुख्य आकर्षण त्यस क्षेत्रको प्रसिद्ध नृत्य देउडा जुन मेला अवधिभरि निरन्तर रातदिन चलि नै रहन्छ । नृत्यमा गीत भने खप्तडको महत्ताका साथै त्यस क्षेत्रका वेदना पनि व्यक्त हुने गर्दछ । एकातिर पुरुषहरू हातमा हात मिलाइ खुट्टाको चालमा गीत गाउँदै नृत्य प्रस्तुत गर्दछन् भने अर्कोतिर महिलाहरू परम्परागत भेषभूषा, गहना लगाइ नृत्यमा भाग लिने गर्दछन् भन्ने कुरा त्यहाँका स्थानीय व्यक्तिबाट थाहा पायौं । हामीहरूले भने वैशाख महिनामा यात्रा थालेको हुँदा उक्त अवसर भने प्राप्त गर्न पाएनौं । जे भएपनि त्रिवेणीधामको पूजा अर्चना गरेर हामीहरू अब आफ्नो गन्तव्यतिर पथिक भयौं । यहाँ एउटा कुरा के ध्यान दिनुपर्छ भने त्रिवेणीबाट दुईवटा बाटो छुट्टिने गर्दछ । एउटा पूर्वतिर जान्छ सहर्षलि·, अर्को बाटो खप्तड मुख्य केन्द्र । कतिपय बेला गोठालाहरूले सड्ढेत चिह्न हटाइदिंदा यात्रीहरू बाटो बिराइ दु:खसमेत पाउने गर्दछन् । दुईजना विदेशी यात्री यस्तै सड्ढेत चिह्न नहुँदा रातभरि दु:ख पाएका रहेछन् । दु:ख मात्र कहाँ हो र १ खप्तड जाने बाटो बिराइ उनीहरू त सहर्षलि· जाने बाटोतिर पो लागेछन् । साँझ झमक्क त्यही परिसकेको । बीच बाटोमा पुग्दा त अँध्यारोले छोपिसकेछ उनीहरूलाई । अनि त्यहाँबाट त्रिवेणी फर्कन लाग्दा ज·ली बँदेलले आक्रमण पो गरेछ । जसैतसै ज्यान जोगाइ त्रिवेणी पुगेछन् । यो कथा पनि गाइड भाइले हामीलाई सुनाए । खप्तड यात्राका कथाहरू १ बिचरा विदेशी पर्यटकलाई सम्भँmदै हामीहरू भने उत्तर दिशातिर लम्क्यौं । ४:४५ बजे हुँदो हो, घुमाउरो बाटो हुँदै अग्लो भीरको बाटो हिंड्दै थियौं । एउटा ठि· उभेको ठूलो मानिस देख्यौं । नजिक पुग्दा त त्यो मान्छेजस्तो देखिने आकार ठूलो ढु·ाको मूर्ति पो रहेछ । जसलाई केदारढु·ा भनिंदो रहेछ । प्रकृतिले बनाएको देवताको मूर्ति, अलौकिक १ केदारढु·ालाई हेर्दा प्रकृतिको रचनाबाट प्रभावित नहुने कुरै थिएन । एकदम ज्यूँदो देवता बसेको प्रतीत भयो, त्यस बेला ।
अब भने हामी खप्तडनजिक आइपुगेका थियौं । तर जति गन्तव्य नजिकिंदै थियो, पाइलाले गति भने सुस्तरी चाल्न खोज्ने । जेहोस्, पाइला अब छिटो नबढे पनि हामी भने स्वर्गको भूमिमा आइपुगेका थियौं । स्वर्ग मरेपछि देखिन्छ भन्छन्, त्यो पनि असल कर्म गरेपछि मात्र । हामीहरूले यस बेला स्वर्ग देखिसकेका थियौं–जस्तोसुकै कर्म गरेको भएपनि । मैले त स्वर्ग देखें, आफ्नो मनमस्तिष्कबाट । स्वर्गको ढोका आइपुग्दा जतिजति खप्तडका दृश्यहरू एकपछि अर्को देख्थें । महसुस गर्थें, दृश्यलाई अनुभूति गर्थें । स्वर्ग र नर्क त अनुभूतिका वस्तु हुन् । साँच्चै, खप्तड भूमि देवभूमि जस्तो भएको अनुभूत गरें । मैले यस्तो भन्दा, यस्ता शब्द लेख्दा सबैलाई अचम्म लाग्न सक्छ । तर हैन, समुद्रभित्र जो पस्छ, उसको गहिराइलाई जसले नाप्छ, उसैले मोती पाउँछ । ठीक त्यस्तै, स्वर्गलाई बुझ्ने । अनुभूति त व्यक्तिको मनले नै गर्छ । मैले आज स्वर्गलाई साक्षात्कार गरें, खप्तडको भूमि स्पर्श गर्दा, पाइलाले ती कोमल माटोलाई स्पर्श गर्दा, वरिपरिका रूखबिरुवा अनि वातावरणलाई महसुस गर्दा । स्वर्ग छ, हाम्रै देशमा छ । हाम्रो देशको भूमि खप्तडमा छ । यस्तै भावनालाई समेट्दै हाम्रा पाइला ५:३० बजे रोकिन पुग्यो खप्तड क्षेत्र पुगेर ।
खप्तडमा उपसेनानी शुभराज गुरुङसँग बाटोमा भेट भयो । हाम्रा सर बसन्त रिजालले धेरै पहिले भीमफेदी सैनिक क्याम्पसमा अध्यापन गराउनु भएको र त्यस बेला अध्ययन गर्नेहरूमध्ये एकजना त सेनाकै उच्च तहमा पुगिसकेको बारे कुरा हुँदा उपसेनानी गुरुङले बडो सहृदयताका साथ खप्तडमा स्वागत गरे र खप्तडको बसाइमा आवश्यक सहयोग गर्ने भावनासमेत व्यक्त गरे । खप्तड बासस्थल पुगेपछि हामीले एकअर्कालाई हेरी भन्न थाल्यौं, साँच्चै खप्तड आइपुग्यौं है ।
जाडो थियो । वरपर खप्तड पाटन फैलिएको, अनि चारैतिर ज·लका वृक्षहरू । अलि पर हिउँ सुतेका देखिन्थे । चियाको चुस्की लिई अब भने हामीले खुट्टालाई विश्राम दियौं । साँझ झमक्क पर्दा वातावरण झन् शान्त । चिसो बढेपछि मैले पानी छुने प्रयास गरिनँ । तर बमबहादुर सरले खुट्टा धोएर सुत्नुपर्छ भनी कर गरे । गेस्ट हाउसबाहिर पानीको धारा । खुट्टा धोएँ, मुख पनि धोएँ । तर २ घण्टाजति सिरकभित्र लम्पसार परें । चिसोले मलाई पूरै आफ्नो प्रभावमा पार्यो । अब बल्ल थाहा भयो, लेकको पानी अनि खप्तडको जाडोको असर । वैशाखको आरम्भमा यति जाडो छ यहाँ, अनि बिचरा ती भरिया किन न कठ्याङ्ग्रियोस् त जाडोयाममा प्रतिमा बनी । राति बाहिर जानसमेत आँट भएन, रिप्ेरmस हुनको लागि । तर बाहिर निस्कें । चिसो स्याँठले शरीर स्पर्श गर्यो । डर थियो मनमा कतै फेरि कठ्याङ्ग्रिने त हैन, कतै त्यही भरियाको कथा दोहोरिने त होइन । अनि ढोका ढ्याम्म ढप्काएँ । अब फेरि बाहिर फ्रेस हुन ननिस्किने गरी निद्राको देवीलाई बोलाए ।
अर्को कोठामा केटाहरू थिए । गीत र स·ीत घन्काउँदै थिए । तिनीहरू नेपालगंजबाट आएका रहेछन् । उनीहरूको गीत सुन्न मनले खोजेथ्यो तर तनले भने ओछ्यान छाड्न खोजेन । केही बेरसम्म मन र तनबीच द्वन्द्व चलिरह्यो । मनले खप्तड वरिपरिको वातावरणलाई अनुभूति गर्न थाल्यो, तनले ओछ्यानको तातोपनलाई खोज्न थाल्यो ।