प्रस, ठोरी, १४ साउन/
चितवनसँग पर्साको तीन गाविस सुवर्णपुर, निर्मलबस्ती र ठोरीको सडक सम्पर्क शुक्रवार टुटेको छ । अविरल वर्षाको कारण ठोरी–माडी–भरतपुर सडकखण्डको माडीदेखि ठोरीसम्मको सडकखण्ड बाढीले बिगारेपछि ठोरी–भरतपुर सडक सम्पर्क शुक्रवार बिहानैदेखि विच्छेद भएको छ ।
सुवर्णपुर–ठोरी–माडी हुँदै काठमाडौं चल्ने रात्रिबस सेवासमेत शुक्रवार अवरुद्ध भएको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले बताए । उनले भने,“काठमाडौंबाट शुक्रवार बिहान आउने दुईवटा रात्रिबस आएन ।” दिवा तथा रात्रि सेवासमेत अवरुद्ध भएपछि सुवर्णपुर–ठोरी–भरतपुरको सडक सम्पर्क विच्छेद हुँदा आवतजावत प्रभावित भएको उनले बताए ।
दुईवटा रात्रिबससहित दैनिक ५ वटा यात्रुवाहक बस काठमाडौं तथा चितवनदेखि आउने र त्यतिकै सङ्ख्यामा सुवर्णपुर तथा ठोरीबाट यात्रुवाहक बस सुवर्णपुर–माडी–भरतपुर सडकखण्डमा चल्ने उनले बताए ।
ठोरीको ढेडुखोला, अमुवाखोला लगायत चितवन राष्ट्रिय निकुञ्जको ज·ल खण्डको सडक तथा माडी क्षेत्रको खोलामा आएको बाढी र सडक भत्किएका कारण सवारी साधन आवतजावतमा समस्या आएको गुनासो बस व्यवसायीहरूले गरेका प्रनि अधिकारीले बताए । ठोरी–वीरगंज चल्ने बिहानको दुईवटा बस भने ठोरीबाट वीरगंज हिंडेको उनले बताए ।