$type=ticker$count=12$cols=4$cate=0

शहरको पहिचान– प्राज्ञिक प्रवचन

SHARE:

चन्द्रकिशोर
एउटा सुसंस्कृत शहर हुनको लागि आजभोलि त्यस शहरमा कतिको प्राज्ञिक प्रवचनहरू हुने गर्छन्, त्यसको आधारमा शहरविशेषको प्राज्ञिकता निर्धारण हुन्छ । वीरगंज शहरको एउटा आर्थिक पहिचान त छँदैछ, यसलाई प्राज्ञिक विमर्शहरूको शहर पनि बनाउने प्रयत्न गरिनुपर्दछ । वीरगंजमा साना, मझौला वा ठूला विमर्शहरूको लागि सभाकक्षहरू पनि छन्, अन्य पूर्वाधारहरू पनि छन् तर प्राज्ञिक विमर्शहरूको गतिविधि न्यून नै छ ।
    प्राज्ञिक प्रवचन जसलाई अङ्ग्रेजीमा एकेडेमिक लेक्चर भन्न सकिन्छ । यो कुनै विषयका उच्च ज्ञाताले दिने सम्भाषण हो । यसमा विषय र वक्ताको निर्धारण पहिले नै भइसकेको हुन्छ । विज्ञले नै केवल आफ्ना कुरा प्रस्तुत गर्दछन् । सहभागीहरूले विषयसँग जोडिएका र वक्ताको स्तर अनुसारको प्रश्नहरू राख्छन् । हलुका र हावादारीका प्रश्नहरू राखिंदैन । सहभागीहरू पनि विषय र वक्ताका बारेमा पूर्वसूचना पाएका हुन्छन् र आफूले सोध्न सकिने सम्भावित प्रश्नहरूको बारेमा पनि थोरबहुत पूर्वतयारी गरेका हुन्छन् । यसरी गरिएको विमर्शले सम्बन्धित विषयमा एक प्रकारको गहिरो र फराकिलो बुझाइ निर्माण गर्न सहज बनाउँछ । एउटा विशिष्ट प्राज्ञिक वक्ताको प्रवचन सुनेर सहभागीहरू उत्साहित र उत्प्रेरित भइराखेका हुन्छन् । यो शहरविशेषको लागि ज्ञानार्जनको अतिरिक्त अवसर पनि हो ।
    नेपाली सन्दर्भमा काठमाडौंमा यस्ता प्रवचनहरूको थालनी गरिएको लामो समय भइसक्यो । कैयौं नोबेल पुरस्कार विजेताहरू पनि आफ्ना विषयमा आएर सम्बोधन गरिसकेका छन् । भारतका प्रसिद्ध वैज्ञानिक एवं पूर्वराष्ट्रपति एपीजे अब्दुल कलामको पनि लेक्चर भइसकेको छ । काठमाडौंमा यसका लागि एउटा उत्साहित श्रोताहरूको जमात पनि खडा भइसकेको छ । प्राय: यस्ता कार्यक्रमहरूको लागि हाते निम्तोभन्दा पनि इमेलमार्फत् कार्यक्रमबारे जानकारी पठाइन्छ र सहभागीहरू आउँछन् पनि । यदाकदा मात्र निम्तो पठाउने गरिएको पाइन्छ । सञ्चारमाध्यममार्फत् खुला निमन्त्रण पनि गरिन्छ र रुचि भएका जो कोही पनि सहभागी भइराखेका हुन्छन् ।
    यस्ता प्राज्ञिक प्रवचनको समय पूर्वनिर्धारित हुन्छ, कति बजे शुरू हुने र समापन हुने । यसमा लम्बेतान भाषण हुँदैन र वक्ताहरूको भीड पनि हुँदैन । आयोजकको सामान्य शिष्टाचारपछि मुख्य वक्ताले बोल्छन् र सहभागीहरूबाट समयको चाप अनुसार प्रश्नहरू राखिन्छन् । त्यसैले होला, यस्ता कार्यक्रमहरूमा काठमाडौंमा निर्धारित समयमैं राम्रो सहभागिता जुटन थालेको छ । कैयौं प्रवचनहरूका बारे लामो समयसम्म चर्चा परिचर्चा भइराखेका हुन्छन् । केवल बाहिरी मुलुकका वक्ताहरू मात्र होइन, स्वदेशी विद्वानहरूबाट पनि बेलाबखत यस्ता परिचर्चाहरू भइराखेका हुन्छन् ।
    भारतमा यस्ता प्रवचनहरूलाई संस्थागतरूपमैं शृङ्खलाबद्धरूपमा चलाउने प्रचलन पनि छ । हामीकहाँ पनि काठमाडौंमा यसको सुरुआत भइसकेको छ । कुनै विशिष्ट व्यक्तिको नाममा प्रवचन शृङ्खलालाई समर्पित गर्ने चलन पनि छ । जस्तै काठमाडौंकै एक संस्था सोसल साइन्स वहाँले “महेशचन्द्र रेग्मी ब्याख्यानमाला” शृङ्खला शुरू गरेको छ । उसको कार्यक्रममा त प्रवचनकर्ताको “स्पीच”को प्रिन्ट प्रति नै वितरण गर्ने गरिन्छ । पहिले वक्ताले बोल्छन्, कार्यक्रम समापन हुन्छ र अन्तमा बिदा हुने बेला त्यसको छापिएको प्रति निश्शुल्क वितरण गरिन्छ । महेशचन्द्र रेग्मी उच्चकोटिका नेपाली विद्वान हुनुहुन्थ्यो । उहाँकै
स्मृति र सम्मानमा सोसल साइन्स वहाँले प्रवचन शृङ्खला चलाएको छ । यसलाई प्रवचन शृङ्खला एक, दुई भनेर अगाडि बढाउने गरिन्छ । अरू पनि संस्थाहरूबाट प्रयासहरू भइराखेका छन् । जसले काठमाडौंको बौद्धिक विमर्शलाई उचाइ दिएको छ ।
    माथिका सन्दर्भहरूले के देखाउँछ भने प्राज्ञिक प्रवचनका लागि शहरविशेषमा प्रयत्न हुनुपर्छ र त्यसका लागि शालीन श्रोता पनि हुनुपर्दछ । यस्ता प्रवचनहरू राजनीतिक भाषण जस्तो रसपूर्ण हुँदैनन् , यो त नितान्त विषयगत हुन्छ । यसमा सहभागीहरूले चाख लिएर आनन्दको अनुभूति गर्ने प्रयत्न गर्नुपर्छ । प्रवचनको विषयका बारेमा थोरबहुत जानकारी बटुलेर जानु‘भो भने, विषयको उठान भएपछि तपाईंको रुचि गहिरिंदै जान्छ । तपाईं धेरै कुराहरू सिक्न सक्नुहुन्छ । यस्ता कार्यक्रमहरूको अर्को विशेषता के हो भने यसमा कानेखुशी गरिंदैन, बीचमा कोही उठेर जाँदैनन्, सभाको मर्यादालाई ख्याल गरिन्छ । वास्तवमा एउटा विज्ञलाई सम्मान गर्न र उनीप्रति सद्भाव देखाउन सभाको मर्यादालाई ध्यान दिइन्छ । कस्ता श्रोता वा सहभागी छन्, तिनले कुन स्तरको प्रश्नहरू राख्छन्, त्यसले पनि शहरको बौद्धिकस्तरलाई प्रदर्शित गर्दछ ।
    काठमाडौंमा त अचेल युवाहरूको बाक्लो उपस्थिति यस्ता कार्यक्रमहरूमा हुने गरेको छ । सोध गरिराखेका, उच्च शिक्षा प्राप्त गरिराखेका वा बौद्धिक विमर्शमा रुचि राख्ने युवाहरू सहभागी हुन्छन् । त्यस्तै प्राध्यापक, पत्रकार, कानुन व्यवसायी, चिकित्सक, बौद्धिक उद्यमीहरू पनि सहभागी हुने गर्छन् । कस्तोसम्म देखिन्छ भने खुला सूचना पाएर सहभागीहरूको भीड बढी भइदिन्छ, त्यस अनुसारको कुर्सी नभए पनि चुपचाप बडो शालीन तरिकाले सहभागीहरू उभेर सुन्छन्, खाली ठाउँमा पलेटी कसेर बस्छन् र ज्ञान चर्चाबाट लाभ लिन्छन् । काठमाडौंमा हुने यस्ता प्रवचनहरूमा नामुद हस्तीहरू कुनै कुनामा उभेर सुनिरहेको दृश्य सामान्य मानिन्छ ।
    हाम्रो वीरगंजमा पनि यस्ता प्रयासहरू गरिनुपर्छ । अर्थशास्त्रमा नोबेल पुरस्कार पाएका व्यक्तिहरूको प्रवचन हुन पाए क्या गजब हुन्थ्यो । यी कुराहरू असम्भव छैनन् । केवल समयबद्ध सहभागी हुने, असल श्रोता हुने र गुणस्तरको प्रश्न सोध्ने व्यक्तिहरू चाहिएको छ । वीरगंजमा असल श्रोताको एउटा राम्रो जमात बनाउन सकियो भने बर्सेनि यस्ता प्रयासहरू गर्न सकिन्छ र यसबाट वीरगंजको बौद्धिक आयामलाई फराकिलो बनाउन सकिन्छ ।
    करिब दुई वर्ष पहिला वीरगंजमा प्रसिद्ध नेपाली लेखक सीके लालको प्रवचन आयोजन गरिएको थियो । त्यसमा अभूतपूर्व सहभागिता देखिएको थियो र त्यसलाई स्थानीय मिडियाले पनि राम्रो स्थान दिएको थियो । यसबाट के देखिन्छ भने वीरगंजमा यस प्रकारको बौद्धिक प्रवचनहरू गराउन सकिन्छ । एउटा समस्या के छ भने अन्तर्राष्ट्रिय विद्वानहरू प्राय: अङ्ग्रेजीमा बोल्छन्, वीरगंजमा अङ्ग्रेजी भाषामा गरिएको प्रवचन कतिको लाभकारी हुन सक्छ ? यसबारे अलि विचार गर्नुपर्ने हुन्छ । जबकि यहाँ पनि सार्वजनिक कार्यक्रमहरूमा अङ्ग्रेजी बोल्ने क्रम शुरू भइसकेको छ । अर्को विकल्प पनि छ, केही समयको लागि भारतकै विद्वान, विशेषज्ञ वा नामुद पेशाकर्मीको प्रवचन हिन्दीमा गराउन सकिन्छ, जो अपेक्षाकृत सहज हुन सक्छ । त्यस्तै नेपालीमा अनुवाद गरेर बोलिदिने व्यक्तिको प्रबन्ध गरेर पनि वीरगंजमा श्रोतामैत्री प्रवचन कार्यक्रम गराउन सकिन्छ ।
    शहरमा अन्य गतिविधिका साथै यस्ता गतिविधिहरूको क्रम बिस्तारै शुरू गरिनुपर्छ । मानौं कोही वक्ता काठमाडौंमा आमन्त्रित छन् भने तिनलाई वीरगंज बोलाउन सकिन्छ । उडानको सुविधाले गर्दा कार्यक्रम सकिएर त्यही दिन उनलाई काठमाडौं फर्काउन पनि सकिन्छ । तर यी सबका लागि सम्र्पक र समन्वय हुनुपर्दछ । स्थानीय बौद्धिक वर्गहरूको सक्रिय पहल र हार्दिकता हुनुपर्दछ । र, यस्ता गतिविधिहरूको क्रम बढ्दै गयो भने काठमाडौंबाहिर वीरगंज पनि प्राज्ञिक प्रवचन हुने केन्द्रको रूपमा चिनिन सक्छ । यस शहरको नयाँ पहिचान बन्न पुग्छ । यस्ता प्रयासहरूबाट स्थानीय बासिन्दाहरूले बढी लाभ लिन्छन् नै जानकारी पाएर छेउछाउका जिल्ला र सीमापारिबाट पनि मानिसहरू आउँछन् । यसले शहरको व्यावसायिकतालाई पनि अभिवृद्धि गर्छ । वीरगंज केवल आर्थिक शहर हो र यहाँ बौद्धिक क्रियाशीलता न्यून छ भन्ने आक्षेपबाट जोगिएर शहरको गौरव वृद्धि हुन सक्छ । त्यसैले प्राज्ञिक प्रवचनको क्रम कसरी विकसित गर्ने त्यसबारे सोच्नु जरुरी भइसकेको छ । यहाँका संवेदनशील व्यक्ति र जिम्मेवार संस्थाहरूको लागि यो एउटा चुनौती पनि हो ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : शहरको पहिचान– प्राज्ञिक प्रवचन
शहरको पहिचान– प्राज्ञिक प्रवचन
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhC1t8jjZVnqbdq0VMxLvYUzBbdmk-meGxXEeeozJd-UejBFl_2cQiVRZRnnfgitcWgm4qgR6rXzZBQo-gZtIC3HADQrvq5HYWzBnjve5wR4U6zR-KKDp5O8xmZZOu-xyAoWSAdvnJIENs/s200/chandrakishore.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhC1t8jjZVnqbdq0VMxLvYUzBbdmk-meGxXEeeozJd-UejBFl_2cQiVRZRnnfgitcWgm4qgR6rXzZBQo-gZtIC3HADQrvq5HYWzBnjve5wR4U6zR-KKDp5O8xmZZOu-xyAoWSAdvnJIENs/s72-c/chandrakishore.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2016/07/blog-post_487.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2016/07/blog-post_487.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy