सञ्जय साह ‘मित्र’
हाम्रो समाजमा दुई किसिमका युवा समुदायको विकास भएको छ । पहिलोथरी आफ्नो भविष्यप्रति चिन्तित छन् र दोस्रोथरी आफ्नो दैनिक जीवन बिल्कुल लापर्बाहीपूर्वक बाँचिरहेका छन् । हरेक दिन आफ्नो जिन्दगीको भाग कटाइरहेका छन् । जिन्दगी जसोतसो कटाइरहेका युवाहरूलाई समाजले समयमैं सचेत गराउनु आवश्यक छ ।
मुख्यरूपमा ग्रामीण युवाहरूमा यस प्रकारको प्रवृत्ति रहेको छ । ग्रामीण समुदायमा आफ्नो जीवनप्रति गम्भीर हुने प्रवृत्तिको विकास भइसकेको छैन । अझै पनि ग्रामीण समुदायमा बालविवाहको प्रचलन रहेको छ । बालविवाहले गर्दा सानैमा जिम्मेवारी काँधमा आउने हुन्छ । अधिकांशमा यही प्रवृत्ति देखिएकोले अहिलेसम्म ग्रामीण युवामा गम्भीरता आउन नसकेको देखिएको हो । ग्रामीण युवामा देखिएको यही समस्याले गर्दा शहरी युवा शिक्षा र चेतनालगायतका व्यावहारिक जीवनमा विश्वमा प्रतिस्पर्धाको बारेमा सोच्न लागेको अवस्थामा पनि ग्रामीण युवा भने जीवनको कुनै पनि क्षेत्रमा गम्भीर हुन सकेका छैनन् ।
गाउँमा चेतना पस्न नसकेको भन्न मिल्दैन । हरेकको हातमा मोबाइल पुगेको छ । मोबाइलको उपयोग र दुरुपयोग निरन्तर गरिरहेका छन् । सामान्य शिक्षा लिएका ग्रामीण युवामा आफूलाई जान्ने भनी देखाउनबाटै फुर्सद छैन । उसले केही गर्न नसक्दा गाउँकै कुनै एजेन्टसित मिलेर विदेशमा कामदार बन्न बाध्य भएको छ । गाउँकै अन्य युवकसरह आफूलाई उभ्याउन परिरहेको छ । यसले गर्दा अधिकांशले आफूलाई जीवनको वास्तविक सङ्घर्षबाट टाढा राखिरहेका छन् । आफूभित्रको प्रतिभालाई चिन्न सकिरहेका छैनन् । आफूलाई चिन्न नसकेको अवस्थामा केही अपवादबाहेक गाउँका सबै युवाको हबिगत एकै हुने गरेको छ ।
साँच्चिकै भन्ने हो भने गाउँका युवाहरू अझै पनि सानैमा पैसा कमाउनुलाई ठूलो कार्य मानिरहेका छन् । जो सानैमा कतै पुगेर कुनै सीप सिकेर आफूलाई युवावस्थामा सबैका अगाडि पैसा कमाएर सक्षम बनाएका छन्, त्यो कुरा सबैका लागि उदाहरणीय बनेका हुन्छन् । उसैको पछि लाग्नेहरू धेरै हुन्छन् । कुनै युवाले यदि काममा असफलता प्राप्त गरेको छ भने असफलताको कारण पत्ता लगाएर त्यसमा सुधार गर्नुभन्दा अरू युवाहरू त्यो असफल भएको बाटोलाई नै छोड्ने गर्दछन् । यस किसिमको भेंडा प्रवृत्तिले युवाहरू वास्तवमा कहींको पनि भइरहेका छैनन् ।
युवाहरूमा न कुनै क्रेज छ र न त कुनै नवीनताप्रति आकर्षण । जे हुन्छ देखा जाला भन्ने प्रवृत्ति हावी छ । जस्तो पर्छ त्यस्तै टर्छ भन्ने सोचाइले युवा जनशक्तिको उपयोग हुन सकेको छैन । आपैंmले आपैंmलाई चिन्न नसक्दा युवा जनशक्तिले यथार्थमा बाटो बिराएको छ । आफ्नो परिश्रमलाई खेर जान दिने, आफ्नो परिश्रमको मूल्य नबुझ्ने तथा आफूलाई चिन्न नसक्ने युवालाई सही बाटोमा ल्याउनु जरुरी छ । देश र समाजमा सुधारको लागि केही चिन्तन गर्ने दार्शनिक, चिन्तक तथा नीतिनिर्माताहरूलाई यस कुराप्रति ध्यानाकर्षण हुन आवश्यक भइसकेको छ । ग्रामीण युवाहरूमा आफूप्रति तथा आफ्नो भविष्यप्रति प्रेम जगाउनु जरुरी छ, आफ्नो भविष्यलाई लिएर चिन्ता गर्न सक्ने बनाउनु जरुरी छ ।
गाउँ नबनी देश बन्दैन । युवाहरू जागरूक नबनी गाउँ बन्दैन । युवाहरू आपैंm नजानिंदो निराशाको अनन्य खाडलमा छन् । भविष्यको आकाशमाथि बाक्लो कुहिरो लागिरहेको भएपनि त्यसलाई देख्न सकिरहेका छैनन् । युवालाई आफूभित्र जागरणको कमीको आभास छैन । जीवनप्रति खासै कुनै आश छैन, न भविष्यसित कुनै त्रास नै छ । जे आउँछ मज्जाले पचाउँछ भन्ने भविष्यको बारेमा सोच्ने ग्रामीण युवा समुदायमा यस प्रकारको विकृतिजन्य चिन्तनको भुमरीबाट निकालेर बाहिरको प्रतिस्पर्धी संसार र संस्कारमा ल्याउन सबैको सकारात्मक चिन्तन आवश्यक छ ।