ई. गोपाल श्रेष्ठ
कर्पोरेट शब्दले निजी क्षेत्रलाई जनाउँछ भने गभर्नेन्सले सुशासन । सुशासनबारे आजकल हामी धेरै सुन्छौं र पढ्छौं । तर यसको खासै अभ्यास भने भएको देखिंदैन । हाम्रो देशमा सरकारीदेखि निजी क्षेत्रसम्म जहाँतहीं भ्रष्टाचार छ । अनि यस्तो भ्रष्ट देशमा सुशासन केवल एउटा कागजको पानामा लेखिएको शब्दमा मात्र सीमित हुँदा र हरेक नेताको भाषणमा पनि सुन्दा अचम्म मान्नुपर्दैन । देश नै भ्रष्ट भएपछि देश भित्रका निजी क्षेत्र पनि भ्रष्ट हुनु अस्वाभाविक होइन । सुशासनले भ्रष्टाचार–मुक्त समाजको परिकल्पना गर्छ । यो परिकल्पना पूरा गर्न हाम्रो काममा पारदर्शिता हुनुपर्छ, कुनै काम बिग्रियो भने त्यसको जिम्मेवारी लिन सक्नुपर्छ । अनि आफूसँग सम्बन्धित सूचना, तथ्याड्ढ बिना हिचकिचाहट समाजको सामु ल्याउनुपर्दछ । कर्पोरेट गभर्नेन्सको गरिमा त्यति बेला बढ्छ जब कर्पोरेट सेक्टर/निजी क्षेत्रले राज्यको ऐन—कानुन, नियम—विनियम पूर्ण पालना गरी काम गर्दछ, कामको पारदर्शितामा विश्वास गर्छ, आफ्नो कामको परिणाम सकारात्मक–नकारात्मक जे जस्तो भए पनि जिम्मा लिन्छ र आफूसँग सम्बन्धित जानकारी–तथ्याड्ढ खुशी साथ आदान–प्रदान गर्दछ ।
हाम्रो कर्पोरेट सेक्टर/निजी क्षेत्र अहिले शैशवकालमा नै छ । त्यसैले पनि होला ‘टप मेनेजमेन्ट’ को मनोविज्ञान नै मूलत: आफूभन्दा तलकोलाई आदेश–निर्देशन दिनुपर्छ र तलकाले आफ्नो आदेश–निर्देशनको पालना गरी काम गर्नैपर्छ भन्नेमा सीमित छ । अनि तलको मनोविज्ञान पनि माथिको आदेश–निर्देशन अक्षरश: पालना गर्नुपर्छ र आदेश–निर्देशनबाहेक अन्य कुनै काम गर्नुहुँदैन भन्नेमा छ । केही गरी आदेश दिनेले नीति–नियमविपरीत आदेश दियो भने त्यो त्यसरी नै कार्यान्वयन हुन्छ–जुन कुनै पनि पक्षको हितमा छैन । कर्पोरेट गभर्नेन्सले त सबै तह र तप्काका रोजगारकर्मीलाई आफ्नो जिम्मेवारीप्रति सचेत गराई आफ्नो बुद्धि–विवेक, परिकल्पनात्मक दूरदर्शी–शक्ति प्रयोग गरी काम गर्न अभिप्रेरित गर्दछ । हो, कामको अनुगमन भने लगातार हुनु नै पर्छ ।
काममा पारदर्शिता अपनाएपछि भ्रष्टाचार न्यून हुँदै जान्छ । कामलाई पारदर्शितामा ढाल्न समाजको पनि उत्तिकै भूमिका हुन्छ । जस्तो: समाज शिक्षित मात्र भएर पुग्दैन, चेतनशील र विवेकशील पनि हुनुपर्दछ । जहाँ भ्रष्टाचार हुन्छ, जहाँ काम नीति–नियम अनुरूप पारदर्शी ढ·ले हुँदैन— त्यहाँ समाजले जनचेतनामूलक खबरदारी गर्नुपर्छ । शिक्षा र ज्ञानको दुरुपयोग अनि लापरवाहीलाई चेतनशील समाजले मात्र सही मार्गदर्शन गर्न सक्छ । कम्प्युटर सफ्टवेयरको प्रयोगमा व्यापकता आएपछि त भ्रष्टाचार झन् न्युन भएर जान्छ । कर्पोरेट गभर्नेन्सले इन्टेग्रिटी/मूल्य–मान्यता–नैतिकतामा विश्वास गर्छ र कार्यस्थलमा जहाँतहीं इन्टेग्रिटीमा प्रश्न गर्ने ठाउँ भएन भने गभर्नेन्स त्यसै पनि बलियो भएर जान्छ । कामको लगातार अनुगमन र नियमनले कामलाई चुस्त राख्छ । कर्पोरेट गभर्नेन्सको साथसाथै सरकारी गभर्नेन्सको पनि स्तर सुधार हुँदै गए राष्ट्रभित्र लगानीको वातावरण सिर्जना हुँदै जान्छ जसले अन्ततोगत्वा देशको आर्थिक क्षेत्रमा नै क्रान्ति ल्याइदिन सक्छ ।
सरकारी गभर्नेन्स स्तरीय भएन भने राष्ट्र नै कमजोर हुने खतरा हुन्छ भने कर्पोरेट गभर्नेन्स स्तरीय भएन भने निजी क्षेत्र कमजोर हुने खतरा रहन्छ । सरकारी गभर्नेन्स बिग्रँदा ग्रिस सम्पन्न राष्ट्र हुँदाहुँदै पनि झन्डै दिवालियाको अवस्थामा पुग्यो । हाम्रो देशको निजी क्षेत्रमा कर्पोरेट गभर्नेन्सको अवधारणाले स्थान नपाएकोले गर्दा बहुराष्ट्रिय कम्पनीहरूको दाँजोमा कमजोर अवस्थामा छ । भारतको निजी क्षेत्रले कर्पोरेट गभर्नेन्सको अवधारणा आत्मसात गर्यो र आज बहुराष्ट्रिय कम्पनीहरूसँग प्रतिस्पर्धा गर्दै अगाडि बढिरहेको छ । हाम्रो देशको निजी क्षेत्रलाई यो वास्तविकता थाहा भए तापनि उनीहरूको सोचमा खासै परिवर्तन आएको पाइँदैन । समय बित्दै जाँदा हाम्रो निजी क्षेत्र पनि भारतको जस्तै परिवर्तनमुखी हुनु नै पर्छ । आज भारतमा बिजिनेस स्कूल, कलेजहरू प्रशस्त खुलेका छन् । नेपालमा पनि खुल्ने क्रम बढ्दै गएको छ । हुन सक्छ हाम्रो बिजिनेस स्कूल/कलेजहरूको शिक्षा समयानुकूल नहोला । समस्या आएपछि मात्र तात्ने हाम्रो संस्कार छ — जुन हामीले बदल्नुपर्छ । पछि आउन सक्ने समस्यालाई पहिले नै प्रक्षेपण गरेर काम गर्ने संस्कारमा हामी रूपान्तरित हुनुपर्छ । यो संस्कारले कर्पोरेट गभर्नेन्सलाई साथ दिन्छ । कर्पोरेट गभर्नेन्स रोजगारदाता, रोजगारकर्मी तथा राष्ट्र सबैको हितमा छ । यसको अवधारणा हामी सबैले आत्मसात गर्नुपर्छ ।