$type=ticker$count=12$cols=4$cate=0

मानवी दुर्बुद्धि र आसन्न सङकट

SHARE:

    २७ जुलाई १९६७ को एक प्रसारणमा बीबीसी लन्डनले भनेको थियो– ‘लन्डनमा यातायातको यतिसम्म वृद्धि भएको छ कि ट्राफिक रोकिएपछि १७ मिलसम्मको सडकजाम हुन्छ। यहाँका ट्राफिक प्रहरीले ट्राफिक नियन्त्रण गर्न मुखमा मास्क लगाउनुपर्‍यो, यदि त्यसो नगरे सडकमा उडिरहेको मोटरवाहनहरूको धुवाँमा ५ घण्टा पनि उभिन कठिन हुन्छ। यी क्षेत्रमा स्थायी निवास गर्नेहरूको स्वास्थ्य मनोदशा र स्नायविक दुर्बलताको बारेमा भन्न सकिंदैन।’ आज इङगल्यान्डमा यति धेरै धुवाँ छाएको छ कि त्यहाँको प्रतिवर्गमिटर भूमिमा प्रतिवर्ष एक किलोग्राम खरानी जम्मा हुन्छ।
    मोटर, इन्जिन मिल र कारखानाहरू इङगल्यान्ड र अमेरिकामा मात्र होइन, पूरै संसारमा बढिरहेको छ। सन् १९०० को जाँच अनुसार संसारमा पहिलेदेखि नै २ खर्ब ६० अर्ब टन कार्बन ग्यास छाएको थियो, अब त्यसको मात्रा २० गुनाभन्दा बढी छ। रेडियो विकीरणको दुष्प्रभाव त्यसभन्दा अतिरिक्त छ। धुवाँको उडिरहेको बादलले एक दिन सारा पृथ्वीलाई नै मृत्युको घाँटीजस्तो तातो बनाइ बस्न अयोग्य बनाउनेछ। अति भएपछि रूखबिरुवाले त्यस धुवाँलाई पिउँछ तर मनुष्य लुप्तजीवको श्रेणीमा पुग्नेछ।
    कलकारखाना, रेलवे इन्जिन, ताप बिजुलीघर, मोटर, वायुयानको सङ्ख्या दु्रतगतिमा बढिरहेको छ। यसमा जल्ने पेट्रोल, डिजल, कोइलाबाट निस्किने कार्बन मोनोअक्साइड र सल्फर डाइअक्साइडजस्तो भयङकर ग्यासले वायुमण्डललाई दिनदिनै विषाक्त बनाउँदै छ। बढ्दो जनसङ्ख्या, वाहन र कारखानाको कारण हावामा हानिकारक तत्त्वको परिणाम बढ्दै गइरहेको छ। धूलो र धुवाँमा यी तत्त्वहरूको बाहुल्यता छ । साससँगै यी शरीरमा प्रवेश गर्छन् र शरीरलाई दुर्बल एवं रुग्ण बनाउँदै जान्छ ।
    दिल्लीमा ट्रक, बस, मोटर आदिको साइलेन्सरले प्रतिदिन २० हजार पाउन्डभन्दा बढी सल्फर डाइअक्साइड ग्यास हावामा फाल्छ। एउटा ताप बिजुलीले ९५ पाउन्ड यस्तो ग्यास नित्य पैदा गर्छ, जुन शरीरको लागि मात्र हैन भवन र फलामे पुलको लागि पनि त्यत्तिकै हानिकारक हुन्छ। आगराको ताजमहल  शहरको ग्यासको कारण गल्दै गइरहेको छ। ताजमहललाई सुरक्षित राख्नको लागि घोल पोत्ने कुरा सोचिंदैछ, जसबाट सुन्दर सङगमरमरको क्षरण रोकिन सकियोस्।
    कार्बन मोनोअक्साइड ग्यास हावाको सात सय भागमा भए, त्यो सास फेर्नेहरू मर्नेछन्। यदि त्यसको लाखौं भाग हुनेछ भने त्यस क्षेत्रको प्राणी रोगी हुनेछ ।
    औद्योगिक शहरमाथि मडारिरहेको छाइ धुन्ध जुनसुकै बेला पनि हेर्न सकिन्छ । त्यसमा कार्बन, सल्फेट, नाइट्ेरट, सीसा हाइड्रोकार्बनका यौगिकहरूको भरमार रहन्छ। धूलो र धुवाँ मिलेर एउटा यस्तो कुहिरोको तन्ना तानिएको छ, जसको मुन्तिर बस्ने मनुष्य, बोटबिरुवाको पनि दम घुट्दैछ। उनीहरूको स्वाभाविक विकास नराम्ररी अवरुद्ध भइरहेको छ।
    औद्योगिक कारखानाले निरन्तर कार्बन डाइअक्साइड, सल्फर अक्साइड, क्लोरिन, जलेको रबर जस्ता करिब ३ हजार प्रकारका विष उत्पन्न गर्छ। यो हावामा मिसिन्छ र प्रदेशमा बस्नेहरूले  त्यस विषमा सास फेर्न विवश हुन्छन्। शहरको चमकदमक हेर्नेहरूले थाहा पाउँदैनन् कि उनीहरूको स्वास्थ्यको जरा निरन्तर खोक्रो हुँदै गइरहेको छ।
    कारखानाबाट निस्किने हावामा सल्फर डाइअक्साइड, कार्बन मोनोअक्साइड, स्मग रिएक्टैन्ट कार्बन डाइअक्साइड, ओजोन र सूक्ष्म कणहरू पाइन्छन्। साथै कार्बन कण, सीसाको कण, धातुको कारखानाबाट निस्किने धातु कण आदि सामेल हुन्छन्।
    सल्फर डाइअक्साइड ग्यासबाट एम्फिसिमा, हृदयरोग आदि हुन्छ। हावा चिसो भएपछि यस ग्यासबाट सल्फ्युरिक अम्ल बन्छ, जसले भवन र वनस्पतिलाई क्षति पुर्‍याउनुका साथै फलामलाई पनि बर्बाद गर्छ।
    कार्बन मोनोअक्साइड ग्यास रक्तको हेमोग्लोबिनसँग मिसिएर रगतको अक्सिजन धारण क्षमतामा कमी ल्याउँछ । यसबाट मोटर चलाउँदा थकाइ लाग्छ, दुर्बलता बढ्छ र चक्कर लाग्ने घटनाहरू पनि बढ्छ।
    त्यसपछि यी विषालु ग्यासको धुवाँको धुन्ध बनिरहन्छ, जसबाट  क्यान्सर, श्वसनतन्त्रका विभिन्न रोग, हृदयरोग आदि फैलिन्छ। ओजोनबाट वनस्पति क्षतिग्रस्त हुन्छ। सूक्ष्म कणबाट वस्तुहरू मैला हुन्छन्, आँखाको हेर्ने शक्तिमा प्रतिकूल प्रभाव पर्छ र श्वसनतन्त्रमा विकार आउँछ । इन्जिनलाई धक्का दिनको लागि पेट्रोलमा सीसा मिसाइएको हुन्छ तर त्यसबाट जुन विषालु धुवाँ उत्पन्न हुन्छ, त्यसले वायुमण्डलको विषाक्तता दिनदिनै बढाउँदै गइरहेको छ।
    वायुमा धुवाँ बढ्नुको अर्थ हो, त्यसको कीटाणुनाशक शक्तिको नाश। स्पष्ट छ, वायुमा कीटाणु मार्ने क्षमता नष्ट भएपछि कीटाणु ठूलो मात्रामा वृद्धि हुन्छ र कृषि नष्ट गर्छ। अमेरिकाको सबैभन्दा बढी वायु प्रदूषण क्षेत्रमा कृषि कीटाणुहरूको यति धेरै बिगबिगी छ कि यदि कुनै खेतमा कीटाणुनाशक औषधि पुगेन भने एक दाना अन्न पनि जोगिंदैन । डिडिटी जस्तो कीटाणुनाशक औषधिको प्रयोगबाट अन्न विषालु बन्दैछ, दुवै समस्या भयङकर छ र त्यसबाट बचाउको एकमात्र उपाय छ, धुवाँ बढाउने उद्योगको स्थान लघुकुटीर उद्योग र हस्तशिल्पले लिनुपर्छ तथा यज्ञको विस्तार विश्वमा गरिनुपर्छ।
    क्यालिफोर्नियामा धुवाँको कुहिरोबाट १५ मिलियन डलर बराबरको बालीमा प्रत्यक्ष नोक्सान पुग्छ, अप्रत्यक्ष क्षति १३२ मिलियन डलर आँकलन गरिएको छ, यो समस्या अन्य राज्यमा पनि छ।
    जोन टि मिडिल्टन, डाइरेक्टर– युनिभर्सिटी स्टेटवाइड एयर पोलुसन रिसर्च सेन्टरको भनाइ छ, फोटो केमिकल्सको वायु प्रदूषणबाट सबै २७ स्टेट्स प्रभावित छन् तर कोलम्बियाका केही जिल्लामा बढी छ। यहाँको फसल पछिल्लो दिनमा नष्ट हुँदाहुँदै जोगिएको थियो। यसको अतिरिक्त डस्ट पार्टिकल्स, ठोस र द्रव केमिकल्स, जसमा तेल र कोइला पाइन्छन्, त्यसमा समिश्रित कुहिरोले पनि फसललाई प्रभावित गरिरहेको छ। ग्यासबाट हुने वायु प्रदूषण जसमा हाइड्रोकार्बन्स, नाइट्रोजन अक्साइड, फ्लोरिड्स सल्फर डाइअक्साइड सामेल छन्, त्यसले पनि फसललाई नष्ट गरिरहेको छ। सुडान घास शकरको कण, दाले पान अलफाफा ओट्स, बदाम, एप्रिकोट, सिटरस, अङ्गुर प्लम्बस अर्चिट्रस पेटु नियस, स्पैन ड्ेरगन्स लाकर्स र रे ग्रासको जाँच गर्दा यी वस्तुहरू वायु प्रदूषणबाट विशेषरूपले प्रभावित भइरहेका छन्। यदि यसलाई जोगाइएन भने यी पूर्णरूपमा विषाक्त हुन्छन् र यसलाई अन्य जङगली फल समान अखाद्य मानिनेछ ।
    कारखाना र वाहनमा इन्धन जति जलाइँदैछ र त्यति अतिरिक्त गर्मी उत्पन्न भइरहेको छ, त्यस सङकटलाई कम गरेर आँकलन गर्नुहुँदैन। वर्तमान क्रम चलिरह्यो भने आगामी २५ वर्षमा वातावरणमा कार्बन डाइअक्साइडको मात्रा अत्यधिक वृद्धि हुनेछ र त्यसको गर्मीबाट धु्रव प्रदेशको बरफ पग्लिन थाल्छ। यसको प्रभावले समुद्र तल र माथितर्फ उठ्ने क्रम बढ्दै जान्छ र यो क्रम यथावत चलिरहयो भने सबै बर्फ गल्नेछ र समुद्रको जल करिब ४ सय फुट अग्लो हुनेछ र यो सङकटले धर्तीको प्राय: आधा भाग पानीमा डुबाएर राख्नेछ। यो क्रम बढ्दै समुद्री सङकटलाई २५ वर्षपछि उत्पन्न गर्न शुरू गर्नेछ र ४ सय वर्षमा त्यो सङकट उत्पन्न हुनेछ। जसको कारण आजको वैज्ञानिक उत्साहलाई मानवी विनाशको लागि उदय भएको थियो, त्यसलाई अभिशाप नै मानिनेछ।
    शहरका सडकमा दौडिने दु्रतगामी वाहन, बिजुलीको प्रयोग, थोरै स्थानमा धेरै मात्रामा जल्ने आगो, घिचपिचको श्वास तथा शरीरको गर्मी, कलकारखाना आदिको कारणबाट तापमान ग्रामीण क्षेत्रको अपेक्षा धेरै बढ्नेछ। बिजुलीको पङ्खाले तापमान कम गर्दैन, केवल हावालाई यताबाट उता घुमाउँछ, चुस्त एवं एकमाथि अर्को कपडा लाद्ने फेसनले शरीर वरपरको गर्मी झनै बढाउनेछ। सडक र बसले गर्मीलाई बढाइरहेको छ । पक्की घर र पत्थरको सडकमा तपन रहन्छ। वृद्धि भएको तापमानले शहर निवासी आफ्नो स्वाभाविक शारीरिक क्षमता गुमाउँदै गइरहेका छन्।
    बढ्दो वायुप्रदूषणको परिणाम यो पनि हुन सक्छ कि पछिल्लो हिमयुग जस्तै फेरि अर्को हिम युग सामुन्ने खडा हुनेछ र लामो अवधिको लागि धर्तीको एक भाग प्राणी बस्न योग्य हुनेछैन। त्यसमाथि प्रचण्ड शीतको सत्ता स्थापित हुने देखिंदैछ ।
    यस प्रकारले अनेकानेक सम्भावनाहरू अडकल लगाइँदैछ। थाहा छैन कुन सत्य हो ? तर यति निश्चित छ कि यो
प्रदूषणले मानवीय स्वास्थ्यलाई बर्बाद गरेरै छाड्छ । जब स्वच्छ हावा
पाइँदैन, तब हर श्वासको साथ
फोहर मात्र होइन, विष शरीरमा
पुग्नेछ, तब स्वास्थ्य कहाँ जोगिन्छ ? जीवन कसरी सुरक्षित हुन
सक्छ ?
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : मानवी दुर्बुद्धि र आसन्न सङकट
मानवी दुर्बुद्धि र आसन्न सङकट
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2016/07/blog-post_11.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2016/07/blog-post_11.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy