Posts

Showing posts from July, 2016

२०७३ साउन १७ गते सोमवारको प्रतीक दैनिक

२०७३ साउन १७ गते सोमवारको प्रतीक दैनिक

लागूऔषध कारोबारमा संलग्न उद्योगीसहित चारजना सार्वजनिक

Image
प्रस, पथलैया, १६ साउन/     लागू औषध कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका वीरगंजका उद्योगी मोहित हलानलाई इलाका प्रहरी कार्यालय, सिमराले आइतवार सार्वजनिक गरेको छ ।     लागू औषध अनुसन्धान ब्युरो काठमाडौंको टोलीद्वारा गत बुधवार पक्राउ परेका हलानलाई सिमरा प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । ब्युरोको टोलीले हलानलाई पक्राउ गरी काठमाडौं लगे पनि पुन: सिमरा ल्याएर कारबाई प्रक्रिया अघि बढाएको छ ।     गढीमाई नगरपालिका छातापिपरा स्थित आर्या फार्मास्युटिकल्सबाट पक्राउ गर्ने क्रममा प्रहरीले २० किलोग्राम लागू औषध–प्रतिबन्धित सिउडोइफ्रेडिन नामक रसायन बरामद गरेको प्रहरी निरीक्षक गोविन्दकुमार कार्कीले बताए । हलानको बा.७.च.४२३१ नम्बरको कारबाट प्रहरीले रसायन बरामद गरेको हो ।     हलान आर्या फार्मास्युटिकल्स सञ्चालक शड्ढर हलानका छोरा हुन् । हलानलाई पक्राउ गरेलगत्तै प्रहरीले उनको बाबु शड्ढरको समेत खोजी गरिरहेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए । हलानलाई १० दिनको म्याद थप गरेर अनुसन्धान शुरु गरिएको र कारोबारमा संलग्नको खोजी भइरहेको प्रहरीको भनाइ छ ।     यसैगरी प्रहरीले पत्रकार सम

ठेकेदारले काम नगर्दा ग्रामीण जनजीवन सास्तीमा

धर्मेन्द्र चौरसिया, पोखरिया, पर्सा, १६ साउन/     धोरेदेखि पोखरिया नगरपालिका हुँदै सोनबर्सा जोड्ने करिब २८ किमी सडक बनाउने ठेक्का लिएका ठेकेदार कम्पनी रोशन रञ्जन जेभीले काम नगर्दा सो क्षेत्रका बासिन्दाले सास्ती भोग्नुपरेको छ ।     २०७२ माघ २८ गते सम्झौता गरी काम शुरु गरेको ठेकेदारले २०७३ कार्तिक मसान्तभित्र कार्य सम्पन्न गर्नुपर्ने सम्झौता गरेको छ । तर कार्यको प्रगति हेर्दा हालसम्म ठाउँठाउँमा ग्रेभल मात्र भण्डारण गरेको देखिन्छ । हाल वर्षाका कारण सुर्जाहा गाविसको मानिकपुर पोखरिया नपा–१, वनकटवा, परसौनी, निचुटा, देवरिया सोजबर्सालगायत गाउँमा बाटो बिग्रेर ठूला चार पाङ्ग्रे सवारी तथा मोटरसाइकल समेत आवागमन गर्न कठिनाइ परिरहेको निचुटाका विनोद दासले बताए ।     २ करोड ४ लाख १६ हजार ५ सय मा ठेक्का सकार गरेको ठेकेदारले ६ महिना बितिसक्दा पनि हालसम्म ग्रेभल भण्डारणबाहेक अरु काम नदेखिएकोले समयमा कार्य सम्पन्न हुन सक्ने सम्भावना कम रहेको बताइन्छ । सो सम्बन्धमा जिविसका सब इन्जिनियर विजयकुमार गुप्तासँग बुझ्दा अहिले वर्षायाम भएको र माटो नपाउने भएको हुँदा काम बन्द भएको बताए ।

सवारी दुर्घटनामा ९ जनाको मृत्यु, ३१ घाइते

प्रस, वीरगंज, १६ साउन/     मकवानपुर जिल्लाको मनहरि गाविस–३ रमनटारमा आज बिहान सवा १२ बजे दुई यात्रीवाहक बस एकआपसमा ठोकिंदा ९ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रवक्ता प्रनाउ वामदेव गौतमले काठमाडौंबाट उदयपुरका लागि हिडेको ना ५ ख ५०५५ नम्बरको बस र काकडभिट्टाबाट काठमाडौंंतर्फ गइरहेको ना ५ ख ४०६४ नम्बरको बस एकआपसमा ठोकिंदा बसमा सवार ९ जनाको मृत्यु भएको र ३१ जना घाइते भएको बताए ।     प्रवक्ता गौतमले मृत्यु हुनेमा उदयपुर निवासी २५ वर्षीय विनोद चौधरी, १० वर्षीय मणिरत्न चौधरी, ३ वर्षीया मुस्कान चौधरी, ३० वर्षीया मेनिसा तामाङ, झापाका ३९ वर्षीय लक्ष्मीप्रसाद अधिकारी, २७ वर्षीय सन्तोष चौधरी, बाराका २१ वर्षीय विशाल धामी र सनाखत हुन नसकेका अन्दाजी ४० वर्षका दुईजना पुरुष रहेको जानकारी गराएका छन् ।     दुर्घटनामा घाइते हुनेहरूमध्ये १४ जनाको चुरेहिल अस्पतालमा र एकजनाको आँखा अस्पतालमा उपचार भइरहेको तथा १६ जना घाइते उपचारपछि घर फर्किसकेका प्रवक्ता गौतमले बताए ।

जस्तो बीउ छरिन्छ, त्यस्तै बाली भित्र्याइन्छ

Image
अनन्तकुमार लाल दास     प्राय: विद्यालयमा शिक्षकले–कसैले केही सोध्न चाहन्छ, भनेपछि एक वा दुई विद्यार्थी उठेर त्यस्तो प्रश्न सोध्छन् जसको जवाफ उनीहरूलाई थाहा हुन्छ । के यो देखावटीरूपमा सोध्नका लागि गरिएको प्रश्न होइन ? धेरैले किन प्रश्न सोध्न रुचाउँदैनन् ? यो एउटा जटिल प्रश्न हो जसको जवाफको खोजीमा यो आलेख मार्फत् छलफल गर्ने प्रयास गरिएको छ । आश्चर्य त त्यस बेला हुन्छ, जब तपाईंलाई यो थाहा हुन्छ जवाफ जसले दिए पनि, प्रत्युत्तर, गलत जवाफ हो भन्ने आउँछ । प्राय: यस्तो घटना हाम्रो विद्यालयमा घटिरहेको हुन्छ । विद्यालयमा प्रश्न सोध्ने अधिकार शिक्षकहरूलाई मात्र हुन्छ र जवाफ पनि उनीहरूले दिएजस्तै हुनुपर्छ नत्र परीक्षामा राम्रो अड्ढ प्राप्त हुँदैन । यस परिवेशमा एउटा विद्यार्थी जो विद्यालयमा केही सिक्न आउँछ कसरी धैर्यता साथ पढिराख्न सक्छ ? दोस्रो कुरो विद्यालयमा एकतर्फी प्रश्न सोधिन्छ । प्राय: केटाकेटीहरूले प्रश्न सोध्ने छुट विरलै पाउँछन् । यदि प्रश्न गर्ने छुट दिइन्छ भने पनि त्यो वास्तविक जीवनसँग सम्बन्धित नभई पाठ्यपुस्तकको सीमित घेराभित्रको हुन्छ । यसभन्दा बाहिरको प्रश्न भनेको परीक्षामा सोधिने सम

दु:ख दियो बाढीले

    अनायास परेको, नियमितभन्दा बढी परेको पानीले दु:ख दिने त संसारमा सबै ठाउँमा हुन्छ । जापान र अमेरिकाजस्ता विकसित र सक्षम, सदैव दूरदृष्टि राखेर काम गर्ने मुलुकमा पनि कहिलेकाहीं असम्भव परिस्थिति आइदिन्छ । अनपेक्षित पानीले दु:ख दिने मात्र होइन, धनजनको क्षति पनि गर्छ । त्यो भनेको मानिसको बुद्धि र सोचभन्दा बाहिरको विषय हुन्छ । तर मानिसले सोचेर पनि जाँगर चलाउन नसक्दा यस्तो दु:ख आइलाग्छ भने त्यसलाई मानिसको बुद्धिको बलिहारी मात्र भन्न सकिन्छ । पानी पर्ने मौसममा बाढी आउँछ, बाढी कहिले बढी र कहिले थोरै हुन्छ । बाढी आउँदा कुन ठाउँमा कसरी क्षति पुर्‍याउँछ भन्ने कुरा मानिसले निरन्तर अभ्यास र अध्ययनले थाहा पाउँछ । यसको लागि बाढी–शास्त्र नै पढ्नुपर्छ भन्ने छैन । नदी किनार बसेको नगर बस्ती होचो छ भने बाढीले पिरोल्छ । कुन ठाउँमा बाढी आएपछि कतिसम्म क्षति पुर्‍याउँछ भन्ने आकलन हाम्रा पुर्खाहरूले पढेर होइन, भोगेर थाहा पाएका थिए । त्यसैले प्राय: पुराना बस्तीहरूमा आज पनि बाढी प्रवेश गर्दैन । शास्त्रले पढेर ज्ञान दिन्छ, व्यवहारले भोगेर ज्ञान दिन्छ, तर मूर्ख र अकर्मण्यलाई कुनै प्रकारले ज्ञान दिन सकिंदैन ।    

२०७३ साउन १६ गते आइतवार को प्रतीक दैनिक

२०७३ साउन १६ गते आइतवार  को प्रतीक दैनिक

अविरल वर्षाको कारण पर्साको थरुहट क्षेत्रमा आवागमन प्रभावित

Image
प्रस, र·पुर, १५ साउन/     एक सातादेखिको अविरल वर्षाले ज·ली सोतामा आएको बाढीले थरुहट क्षेत्रका सडकमा आवागमन बन्द भएको छ । हरपुर–रमौली सडकखण्डको सिंहयाही नदीमा पुल नभएको कारण वर्षायाममा सो नदीमा आएको बाढीले सडक बन्द भएको हो ।     यसैगरी  एकटा·ाको तिलावे नदीमा आएको बाढीले एक सातादेखि बाटो बन्द गराएको छ । पाँच वर्ष पहिले तिलावे नदीमा पुल निर्माणको ठेक्का लिएको पप्पु कन्स्ट्रक्सनले अहिलेसम्म निर्माण कार्य पूरा गरेको छैन । वर्षायाममा तिलावे नदीमा पानीको सतह बढ्न गई सो नदी भएर जाने सडक बन्द हुने गरेको छ । पप्पु कन्स्ट्रक्सनले एक करोड ३५ लाख रुपैयाँमा सडक डिभिजन कार्यालय हेटौंडाबाट उक्त पुल निर्माणको ठेक्का लिएको थियो । १५ महिनामा पुल निर्माण गरिसक्नुपर्नेमा पाँच वर्षमा पूरा भइसक्दा पनि अझै सम्पन्न भएको छैन ।     यता एकटा·ाको चोर्का खोलामा  दुई वर्षअघि मात्र निर्माण सम्पन्न भएको पुल भत्किएको छ । पुल भत्किएकोले चार पाङ्ग्रे सवारी साधनको आवतजावत बन्द भएको छ । श्रीपुर पँचगावाबाट कल्याणपुर जाने बाटोमा रहेको सो पुल भत्किएपछि सवारी साधन सञ्चालनमा समस्या आएको स्थानीय प्रभु यादवले प्रतीकलाई बताए ।  

गत वर्षको कुल बजेट फ्रिज, गाविसमा कुनै काम भएन

Image
प्रस, परवानीपुर, १५ असार/     बाराको रामपुर टोकनी गाविसको गत वर्षको कुल बजेट फ्रिज भएपछि गाविसको सबै काम नराम्ररी प्रभावित भएको छ ।     गाविसको गत वर्षको कुल बजेट करिब ३० लाख रुपैयाँ फ्रिज भएको हो । बजेट फ्रिज भएर गाविसमा विकास निर्माण र सामाजिक सेवातर्फ कुनै काम नभएको गाविसवासीले गुनासो गरेका छन् । तत्कालीन गाविस सचिव आशमहम्मद मियाँको लापर्बाहीले कुल बजेट फ्रिज भएको गाविसवासीले बताएका छन् ।     पूर्व गाविस सचिव आशमहमद मियाँ गत वर्षको बजेट निकासा गराउने बेलामा अख्तियारमा परेका थिए । सोही बेला करिब ३ महिना जिल्ला विकास समिति बाराले अर्को सचिवको व्यवस्था नगर्दा बजेट निकासा हुन नसकेर फ्रिज भएको अहिलेको गाविस सचिव प्रकाश अधिकारीले जानकारी दिए ।     बजेट फ्रिज भएर सो गाविसमा नाला, सडक, विद्यालय भवन मर्मत सम्भारका कार्य भएको छैन । रामपुर टोकनी गाविसका हजारी साहका अनुसार लिपनीदेखि मुसहरी जाने बाटो एकदमै खराब भएको छ । यात्रुहरूलाई आउजाउमा समस्या भइरहेको उनले बताए । गाविसमा गएर बुझ्दा बजेट नै फ्रिज भएको गाविस सचिव अधिकारीले बताएपछि गाविसवासी नै निराश बनेका साहले बताएका छन् ।

अढाई वर्षीया बालिका बलात्कृत

प्रस, परवानीपुर, १५ असार/     बारामा अढाई वर्षकी अबोध बालिकाको बलात्कार भएको घटना सार्वजनिक भएको छ । कलैयास्थित शिवम् स्वीट्समा मिठाइ खरिद गर्न गएकी सो बालिकालाई मिठाइपसलमा काम गर्ने मजदुरले बलात्कार गरेको आरोप लगाइएको छ ।     बारा, हर्दिया गाविस घर भई हाल सो मिठाइपसलमा काम गर्दै आएका ११ वर्षीय नाबालकले कलैया–६ घर भएकी अढाई वर्षीया बालिकालाई गत बुधवार बिहान साढे १० बजे पसल छेउमैं बलात्कार गरेको प्रहरीले प्रारम्भिक अनुसन्धानपछि बताएको छ । सो घटना शुक्रवार सार्वजनिक भएको हो ।     बालिकाले आफ्नो अभिभावकलाई घटनाबारे जानकारी गराएपछि घटना सामुन्ने आएको हो । बारा प्रहरीका प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार प्रहरीले बालिकाको मेडिकल परीक्षण गराएपछि घटना सत्य भएकोले अभियुक्त नाबालकमाथि जबरजस्ती करणीको मुद्दा चलाइएको बताए ।

सत्ता परिदृश्य : सकस र समाधान

Image
ओमप्रकाश खनाल     मौजुदा राजनीतिक शक्ति सन्तुलनको हिसाबमा कुनै चामत्कारिक स्वार्थसूत्रले प्रवेश पाएन भने अबका केही दिनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल मुलुकको कार्यकारी प्रमुखको कुर्सीमा विराजमान हुने पक्कापक्की छ । सत्तासञ्चालन समीकरणको निर्माण र त्यसको कार्यान्वयनका डिजाइन कुन कुनाबाट तय हुन्छन् भन्ने कुरा राजनीतिमा सामान्य रुचि लिनेहरूका लागि अब रहस्यको विषय होइन । यसअघि पर्दापछाडिबाट हुने खेल अब पर्दाबाहिरै देखिन थालेका छन् ।     संविधानसभाबाट संविधान जारी हुनुअघि र त्यसयताको राजनीतिमा सतहमैं पोखिएको बाह्य रुचिले रहस्यको पर्दा च्यातिइसकेको छ । यसले घगडान राष्ट्रवादीका देशप्रेमको ओज र लम्पसार राजनीतिक आचरणलाई पनि जनताको अघिल्तिर छताछुल्ल पारिदिएको छ । अहिलेको नयाँ सत्तासमीकरणको जगका बारेमा पनि सचेत जनता बेखबर छैन । सत्तागमनका लागि जस्तोसुकै सर्तका अघिल्तिर नतमस्तक हुने र आफूप्रतिकूल अवस्था आँकलन हुने बित्तिकै सत्तोसरापमा उत्रिएर प्रखर राष्ट्रवादी बन्ने द्वैध आचरणको अवसान नभएसम्म आन्तरिक मामिलामा बाह्य चलखेलको अद्यावधिक रमिता अन्त्य हुनेछैन ।     सत्ताको लागि यतिखे

असन्तोष र ईष्र्याबाट दु:ख

    तपाईंलाई के कुराको कमी छ ? पत्नी छ, छोरा छ, घर छ, ठूलो व्यापार, मान–इज्जत छ । तर पनि तपाईं दु:खी हुनुहुन्छ–यस कारण कि तपाईंसँग जतिथोक छ, त्यसबाट सन्तोष छैन र अरूसँग योभन्दा पनि बढी छ, किन तपाईंसँग छैन– यो डाहा हो । अत: तपाईं अरूभन्दा पनि बढी पाउनको लागि बेचैन हुनुहुन्छ तथा विवेक छोडेर घोडदौडमा अगाडि बढ्न चाहनुहुन्छ । यस्ता सज्जनहरू पनि छन्, जसले स्नेहको सम्बन्ध राख्छन्, सबै प्रकारको धन–सम्पत्ति, मान–कीर्ति भएपनि असन्तोषवश ठूल्ठूला नयाँ व्यापार गर्छन् र नराम्ररी फस्छन् र पहिलेको सम्पत्ति–कीर्ति गुमाउनुका साथै नयाँ विपत्तिबाट पिण्ड छुटाउन कठिनाइमा पर्छन् । त्यसमध्ये केहीलाई सम्झाए पनि उनीहरू यस्ता नशामा थिए कि कुरा बुझ्नै सकेनन् र अहिले पछुताउँदै छन् ।     प्रकृतिको विस्तारको अन्त्य छैन र प्रकृतिको प्रत्येक पदार्थ, प्रकृतिको प्रत्येक परिस्थिति अपूर्ण र अनित्य–फलत: परिणाम दु:खप्रद हुन्छ । यसबाट कतै पनि, कुनै पनि स्थितिमा पुग्नुस्, कमी थाहा हुन्छ, अभावको अनुभव हुनेछ । त्यस अभाव मेटाउन खोज्दा या त तपाईं आपैंm मेटिनुहुन्छ अथवा कदाचित त्यो मेटाउनुभयो भने त्यसभन्दा पनि ठूलो अभाव तुरुन्त उप

२०७३ साउन १५ गते शनिवार को प्रतीक दैनिक

२०७३ साउन १५ गते शनिवार  को प्रतीक दैनिक

सुखचैनाको छठघाट चर्किन थाल्यो, कारबाईका लागि स्थानीय अख्तियारमा जाने

Image
प्रस, परवानीपुर, १४ असार/     वीरगंज–२१ भवानीपुरमा गत आर्थिक वर्षको असारको अन्तिम साता निर्माण कार्य सम्पन्न भएको सुखचैनाको अधुरो छठघाटमा व्यापक अनियमितता भएको जनगुनासो आएको छ ।     बजेट सिध्याउन छठघाटको काम गुणस्तरहीन भएको वडावासीहरूले बताएका छन् । क्षेत्र नं. २ का सांसद विचारी यादवको संसदीय कोषको १५ लाख ३४ हजार रुपैयाँमा निर्मित सो कार्यमा उपभोक्ता समितिले व्यापक अनियमितता गरेको उपभोक्ता समितिका सदस्य सुरेन्द्र यादवले खुलासा गरे । उनका अनुसार मुस्किलले १२ लाख रुपैयाँको काम भएको छ, तीन लाख जति भ्रष्टाचार भएको उनले बताए । जिविस पर्साले इस्टिमेट गरेको करिब १५ लाख ३४ हजार रुपैयाँमा खर्च पनि त्यतिकै भएको देखाइएको छ । उपभोक्ता समिति सदस्य यादवले कार्य फछ्र्योट निर्णय प्रतिमा आफ्नो किर्ते हस्ताक्षर गरी रकम निकासा गरी बाँडफाँड गरिएको आरोप लगाए।     वडाका सचेत नागरिकहरूको एक समूह जिविस पर्सामा डेलिगेसन जाँदा सो कार्य हेर्ने इन्जिनियर तथा ओभरसियरहरूले आफूहरूले समयको अभावमा कामलाई सूक्ष्म तरिकाले नहेरी मूल्याड्ढन बिल पास गरेर गल्ती गरेको स्वीकारे । वडावासीले सो कार्यमा भएको व्यापक अनियमितताको

पत्नीको हत्या गरी फरार पति पक्राउ

Image
धर्मेन्द्र चौरसिया, पोखरिया, १४ साउन/     पत्नीको हत्या गरी खेतमा गाडेर फरार भएका भेडिहारी–९ गदियानी निवासी परमा मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।     गएराति मण्डलले २० वर्षीया पत्नी रमावती देवीको घाँटी थिचेर हत्या गरी घरनजिकको धानखेतमा गाडेर फरार भएका थिए ।     मण्डलका ससुराली पक्षले शुक्रवार सोधखोज गर्दा रमावती देवी घरमा नभेटिएको र घरका सबै पुरुष सदस्यहरू फरार भएको पाएपछि प्रहरीमा खबर गरी आफूहरूले मण्डलको खोजी शुरू गरेको बताएका थिए ।     पत्नीको हत्या गरी फरार मण्डललाई ससुराली पक्षले भारतको सेनवरियाबाट पक्राउ गरी इप्रका पोखरियाको जिम्मा लगाएको थियो ।     मण्डल भारत सेनवरियामा मामाघरमा लुकेर बसेका थिए ।     मण्डल पक्राउ परेपछि निजको बयानको आधारमा रमावती देवीको शव धानखेतबाट शुक्रवार साँझ प्रहरीले उत्खनन गरेको थियो ।     घरदेखि २०० मिटर दक्षिण धानखेतमा रमावती देवीको शव गाडिएको अवस्थामा फेला परेको र पोस्टमार्टमको लागि नाउक्षे अस्पताल वीरगंज पठाइएको इप्रका पोखरियाले जनाएको छ । परमा मण्डलका पिता र दुईजना भाइ फरार छन् ।     प्रहरीले तत्काल हत्याको कारण खुलिनसकेको बताएको छ । रमावती देवीका

मौका परीक्षामा ३१७ जना अनुपस्थित

प्रस, गंजभवानीपुर, १४ साउन/     यस वर्षको (एसएलसी) प्रवेशिका परीक्षाको मौका परीक्षामा पहिलो दिन शुक्रवार बारामा अङ्ग्रेजी विषयको परीक्षा शान्तिपूर्णरूपले सम्पन्न भएको छ ।     पूरक परीक्षाको लागि जिल्लामा दुईवटा परीक्षा केन्द्र तोकिएको तथा आजको विषयमा २५६ जना विद्यार्थी सहभागी भएका थिए भने ३१७ जना अनुपस्थित रहेका जिल्ला शिक्षा कार्यालय बाराको परीक्षा फाँटका प्रमुख अशोक रौनियारले बताए ।     यसैगरी थुनामा रहेका एकजना विद्यार्थी आजको पूरक प्रवेशिका परीक्षामा सहभागी थिए । जिल्लाका ३ विद्यालयमा परीक्षा केन्द्र तोकिएको जिशिअ घनप्रसाद पोखरेलले बताए ।

बाढीका कारण ठोरी–भरतपुर सडक सम्पर्क विच्छेद

Image
प्रस, ठोरी, १४ साउन/     चितवनसँग पर्साको तीन गाविस सुवर्णपुर, निर्मलबस्ती र ठोरीको सडक सम्पर्क शुक्रवार टुटेको छ । अविरल वर्षाको कारण ठोरी–माडी–भरतपुर सडकखण्डको माडीदेखि ठोरीसम्मको सडकखण्ड बाढीले बिगारेपछि ठोरी–भरतपुर सडक सम्पर्क शुक्रवार बिहानैदेखि विच्छेद भएको छ ।     सुवर्णपुर–ठोरी–माडी हुँदै काठमाडौं चल्ने रात्रिबस सेवासमेत शुक्रवार अवरुद्ध भएको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले बताए । उनले भने,“काठमाडौंबाट शुक्रवार बिहान आउने दुईवटा रात्रिबस आएन ।” दिवा तथा रात्रि सेवासमेत अवरुद्ध भएपछि सुवर्णपुर–ठोरी–भरतपुरको सडक सम्पर्क विच्छेद हुँदा आवतजावत प्रभावित भएको उनले बताए ।     दुईवटा रात्रिबससहित दैनिक ५ वटा यात्रुवाहक बस काठमाडौं तथा चितवनदेखि आउने र त्यतिकै सङ्ख्यामा सुवर्णपुर तथा ठोरीबाट यात्रुवाहक बस सुवर्णपुर–माडी–भरतपुर सडकखण्डमा चल्ने उनले बताए ।     ठोरीको ढेडुखोला, अमुवाखोला लगायत चितवन राष्ट्रिय निकुञ्जको ज·ल खण्डको सडक तथा माडी क्षेत्रको खोलामा आएको बाढी र सडक भत्किएका कारण सवारी साधन आवतजावतमा समस्या आएको गुनासो बस व्यवसायीहरूले गरेका प्र

प्रहरीकै निगरानीमा मदिराभट्टी

प्रस, गंजभवानीपुर, १४ साउन/     छिमेकी मुलुक भारतको विहारमा मदिराजन्य पदार्थमा सरकारले रोक लगाइ कडा कानुन लागू गरेपछि त्यसको पूर्ण असर नेपालको दशगजा क्षेत्रमा परेको छ ।     बाराका गाविस र नगरपालिकामा प्रहरीकै संरक्षणमा अवैध मदिराभट्टीहरू सञ्चालनमा रहेका देख्न सकिन्छ । सीमा क्षेत्रका गाउँहरूमा भने अहिले व्यापकरूपमा मदिराभट्टीहरू सञ्चालनमा आएकाबारे स्थानीयवासीहरूले गुनासो गरे पनि प्रहरीले त्यसतर्फ ध्यान नदिएको महागढीमाई नगरपालिका दहियार टोलका वेदानन्द शुक्लाले बताए । प्रहरीकै संरक्षणमा घरेलु मदिराभट्टीहरू सञ्चालन आएका उनले दाबी गरे।     शुक्लाका अनुसार प्रहरीले गंजभवानीपुर, दहियार, मटिअर्वा, बसतपुर, कबहीगोठ, नरही, बगडमपुर, बरियारपुर, कलैया, मधुवन, मनहर्वालगायतका ठाउँबाट महिनावारी लिएर जिल्लादेखी चौकीसम्म खाने गरेको छ ।     घरेलु मदिराभट्टीहरू सीमा क्षेत्रका प्रत्येक गाविसमा दर्जनभन्दा बढी रहेको तथा सीमा क्षेत्रमा विहारबाट आएका व्यक्तिहरूले मदिरासेवन गरी रातिसम्म गाउँघरमा होहल्ला मचाउने गरेको स्थानीयहरूले बताएका छन् ।

उद्योगपर्व–६

उमाशङ्कर द्विवेदी     एक दिन इन्द्रले साँझपख वृत्रासुरलाई समुद्रको किनारामा डुलिरहेको देखे । त्यति बेला उनले वृत्रासुरलाई दिएको वरदानबारे विचार गर्न थाले– यस बेला दिन पनि छैन र राति पनि होइन, यो गोधुली बेला हो । यति बेला मैले आफ्नो शत्रुको वध अवश्य गर्नुपर्दछ । यदि आज मैले धोकाले भएपनि आफ्नो शत्रुलाई मार्न सकिनँ भने मेरो भलो हुनेछैन । यस्तो विचार गरेर विष्णु भगवान्को स्मरण गर्ने बित्तिकै उनले समुद्रमाथि पर्वतको समान फिंज उठिरहेको देखा पर्‍यो । उनी सोच्न थाले– यो फिंज भिजेको पनि छैन र सुकेको पनि छैन र कुनै अस्त्र वा शस्त्र पनि होइन । अत: यदि मैले यो पिंmजलाई उचालेर उसमाथि हाने भने ऊ एकै छिनमा नष्ट भइहाल्नेछ । यो सोचेर उनले तुरुन्तै पिंmज उठाएर आफ्नो बज्रमाथि राखी वृत्रासुरमाथि फाले । उत्ति नै खेर आफ्नो पूर्ववचन अनुसार विष्णु भगवान् त्यस पिंmजभित्र छिरेर वृत्रासुरलाई मारिदिए । वृत्रासुर मर्ने बित्तिकै सम्पूर्ण प्रजा खुशी भए तथा देउता, गन्धर्व, यक्ष, राक्षस, नाग र ऋषिहरू जम्मैजना इन्द्रको स्तुति गर्न थाले ।     हुनत इन्द्रले देउताहरूको भयको कारण बनेको वृत्रासुरलाई मारिदिए तर पहिला त्रिश

खप्तड: जीवित स्वर्गको यात्रा–७, स्मृति र अनुभूतिका पाइलाहरू

Image
शङ्करमान श्रेष्ठ     सीतापाइलामा केही वर्षअघि भएको एउटा घटना गाइड भाइले सुनाउने थाले । दुईजना भरिया सीतापाइला पुग्दा एक्कासि चिसो बढेछ । जाडोले बच्न ती दुवै मन्दिरभित्र पस्न खोजेछन् । एकजना कठ्याङ्ग्रिएर मन्दिरको ढोकामैं कक्रक्क परेछन् । एउटा खुट्टा ढोकाभित्र अर्को खुट्टा बाहिर । जाडोले कठ्याङ्ग्रिएर ती भरिया त मूर्ति नै बनेछन् । अर्का भरिया दौडिंदै ब्यारेक पुगी उद्धारका सामानका साथ सेनाको सहयोगबाट साथीलाई जोगाएछन् । स्वर्गको बाटोमा पनि यस्ता घटनाहरू १ सुनेर सबै एक क्षण स्तब्ध भयौं । सीतापाइलादेवीलाई ढोग गरी यात्रालाई जारी राख्यौं । ४:३५ बजेतिर हामी एउटा पवित्रस्थल त्रिवेणी आइपुग्यौं । त्रिवेणीमा जेष्ठ शुक्ल पक्षको दशमी तिथिमा मेला लाग्दो रहेछ । प्रत्येक वर्ष त्यस भेगका बासिन्दाहरू आआफ्नो मौलिक पोशाकमा मेलामा आउने गर्छन् । सो अवसरमा पितृश्राद्ध गर्ने चलन रहेछ । त्रिवेणीधाममा स्नान गरी पूजा गरेमा पछिल्लो जुनीमा गरेको पापबाट मुक्ति पाउने जनविश्वास रहने गरेको छ । साथै मेलाको मुख्य आकर्षण त्यस क्षेत्रको प्रसिद्ध नृत्य देउडा जुन मेला अवधिभरि निरन्तर रातदिन चलि नै रहन्छ । नृत्यमा गीत भने

गाउँका युवासित

Image
सञ्जय साह ‘मित्र’     हाम्रो समाजमा दुई किसिमका युवा समुदायको विकास भएको छ । पहिलोथरी आफ्नो भविष्यप्रति चिन्तित छन् र दोस्रोथरी आफ्नो दैनिक जीवन बिल्कुल लापर्बाहीपूर्वक बाँचिरहेका छन् । हरेक दिन आफ्नो जिन्दगीको भाग कटाइरहेका छन् । जिन्दगी जसोतसो कटाइरहेका युवाहरूलाई समाजले समयमैं सचेत गराउनु आवश्यक छ ।     मुख्यरूपमा ग्रामीण युवाहरूमा यस प्रकारको प्रवृत्ति रहेको छ । ग्रामीण समुदायमा आफ्नो जीवनप्रति गम्भीर हुने प्रवृत्तिको विकास भइसकेको छैन । अझै पनि ग्रामीण समुदायमा बालविवाहको प्रचलन रहेको छ । बालविवाहले गर्दा सानैमा जिम्मेवारी काँधमा आउने हुन्छ । अधिकांशमा यही प्रवृत्ति देखिएकोले अहिलेसम्म ग्रामीण युवामा गम्भीरता आउन नसकेको देखिएको हो । ग्रामीण युवामा देखिएको यही समस्याले गर्दा शहरी युवा शिक्षा र चेतनालगायतका व्यावहारिक जीवनमा विश्वमा प्रतिस्पर्धाको बारेमा सोच्न लागेको अवस्थामा पनि ग्रामीण युवा भने जीवनको कुनै पनि क्षेत्रमा गम्भीर हुन सकेका छैनन् ।     गाउँमा चेतना पस्न नसकेको भन्न मिल्दैन । हरेकको हातमा मोबाइल पुगेको छ । मोबाइलको उपयोग र दुरुपयोग निरन्तर गरिरहेका छन् । सामान्य शिक्

शहरको पहिचान– प्राज्ञिक प्रवचन

Image
चन्द्रकिशोर एउटा सुसंस्कृत शहर हुनको लागि आजभोलि त्यस शहरमा कतिको प्राज्ञिक प्रवचनहरू हुने गर्छन्, त्यसको आधारमा शहरविशेषको प्राज्ञिकता निर्धारण हुन्छ । वीरगंज शहरको एउटा आर्थिक पहिचान त छँदैछ, यसलाई प्राज्ञिक विमर्शहरूको शहर पनि बनाउने प्रयत्न गरिनुपर्दछ । वीरगंजमा साना, मझौला वा ठूला विमर्शहरूको लागि सभाकक्षहरू पनि छन्, अन्य पूर्वाधारहरू पनि छन् तर प्राज्ञिक विमर्शहरूको गतिविधि न्यून नै छ ।     प्राज्ञिक प्रवचन जसलाई अङ्ग्रेजीमा एकेडेमिक लेक्चर भन्न सकिन्छ । यो कुनै विषयका उच्च ज्ञाताले दिने सम्भाषण हो । यसमा विषय र वक्ताको निर्धारण पहिले नै भइसकेको हुन्छ । विज्ञले नै केवल आफ्ना कुरा प्रस्तुत गर्दछन् । सहभागीहरूले विषयसँग जोडिएका र वक्ताको स्तर अनुसारको प्रश्नहरू राख्छन् । हलुका र हावादारीका प्रश्नहरू राखिंदैन । सहभागीहरू पनि विषय र वक्ताका बारेमा पूर्वसूचना पाएका हुन्छन् र आफूले सोध्न सकिने सम्भावित प्रश्नहरूको बारेमा पनि थोरबहुत पूर्वतयारी गरेका हुन्छन् । यसरी गरिएको विमर्शले सम्बन्धित विषयमा एक प्रकारको गहिरो र फराकिलो बुझाइ निर्माण गर्न सहज बनाउँछ । एउटा विशिष्ट प्राज्ञिक वक्ता

कुशासन नै सुशासन हुन गएको छ

Image
वैद्यनाथ ठाकुर     संसारका सबै जाति, सम्प्रदायले राज्यसँग सुशासनको अपेक्षा राख्दछ । कतिपय सन्दर्भमा सुशासनको निमित्त ठूल्ठूला आन्दोलन र बलिदानसमेत हुने गरेको इतिहास साक्षी छ तर पनि सुशासन भन्ने शासन भेट्न बडो कठिन छ । राजनीतिशास्त्रको पुस्तकहरूमा सुशासनको जति राम्रो व्याख्या गरिए तापनि वास्तविक जीवनमा राज्यभित्र नागरिकले सुशासन पाउन वा भेट्न आकाशको फल जतिकै हुन गएको छ । वास्तवमा सुशासन भन्न वा भाषण गर्न वा प्रतिबद्धता जाहेर गर्न जति सजिलो छ, त्यत्ति नै कठिन छ, यसको कार्यान्वयन । मात्रात्मकरूपमा घटीबढी जे भएपनि संसारका सबै देश कुशासनबाट पीडित छन् भन्दा फरक अर्थ वा कुनै आग्रह–पूर्वाग्रह भएको ठहरिनेछैन ।     सुशासन शब्द सन् १९९० को दशकपछि पश्चिमा देशहरूमा प्रयोगमा ल्याइएको एक व्यापक र समसामयिक अवधारणा हो । सुशासन नचाहने कोही पनि हुँदैन । यहाँसम्म कि कुशासन गर्ने शासकसमेत सुशासन कायम गरिरहेको छु भन्ने मत बारम्बार दोहोर्‍याइरहेको हुन्छ । बिहानदेखि अबेर राति सुत्ने बेलासम्म पनि राज्यका सञ्चार माध्यमहरूले सुशासनको पक्षमा लाखौं करोडौं रुपैयाँ प्रचारप्रसारमैं खर्चेको हुन्छ । अर्थात् कुशासनलाई

समयमा ध्यान दिनुपर्‍यो

    बारा जिल्लाको ग्रामीण क्षेत्रमा सञ्चालित बस व्यवसायीहरू सडक मर्मतको माग गर्दै आन्दोलित छन् । कलैयाबाट बारा जिल्लाका विभिन्न स्थानमा सञ्चालित बसका व्यवसायीहरूले खराब बाटो मर्मतका लागि जिल्ला विकास समिति बारामा दबाब दिंदादिंदा थाकेपछि आन्दोलनमा उत्रिएका हुन् । जिविस बाराले जिल्लाका बाटाहरूमा गुड्ने सवारी साधनहरूसँग पटके सवारीकर असुल्दै आएको छ । कर असुलेको आधारमा त्यहाँको सडकको अवस्था सुधार गर्ने जिम्मेवारी पनि जिविस बाराको हो । तर बर्सेनि वर्षायामको समयमा बारामा खराब सडकको मर्मत माग गर्दै बस व्यवसायीहरूले आन्दोलन गर्नुपर्ने अवस्था छ ।     वीरगंज–कलैया सडकखण्ड सडक विभाग अन्तर्गत परेकोले सो सडकबाहेक कलैयाबाट सञ्चालन हुने नहरबाटो तथा अन्य बाटोको अवस्था अहिले जर्जर छ । वर्षायाममा त्यहाँको सडकमा सवारी साधनहरू सञ्चालन गर्नु भनेको दुर्घटना निम्त्याउनु हो, बस व्यवसायीहरू बताउँछन् । सवारीकर असुल्ने जिविसले सडक मर्मत गर्नुका साथै विकासको गतिलाई तीव्र बनाउन र सदरमुकामसँग ग्रामीण क्षेत्रको सम्पर्क साँघुरो बनाउनका लागि बर्सेनि सडकको स्तरोन्नति गर्दै जानुपर्ने हो । जिल्लाको विकासका लागि अन्य क्षेत

२०७३ साउन १४ गते शुक्रवार को प्रतीक दैनिक

२०७३ साउन १४ गते शुक्रवार  को प्रतीक दैनिक

कार्यविधिबारे रायसङ्कलन कार्यक्रम औपचारिकतामा सीमित

Image
प्रस, वीरगंज, १३ साउन/     स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले कार्यविधिबारे आयोजना गरेको कार्यक्रम औपचारिकतामा सीमित हुन थालेको छ ।     हिजो राजनीतिक दलसँग छलफल गर्दा मधेसी दलहरूले कार्यक्रम बहिष्कार गरेका थिए भने नेकपा एमालेका सभासद्हरूले स्थानीय तह पुनर्संरचनाप्रति टीकाटिप्पणी गर्दै प्रश्न तेस्र्याएका थिए ।     बिहीवार जिविसको सभाहलमा सम्पन्न कार्यक्रममा कार्यालय प्रमुख, सामाजिक क्षेत्रका प्रतिनिधि तथा पत्रकारहरूबीच रायसुझाव सड्ढलन कार्यक्रम रहेकोमा न्यून उपस्थिति रहेको थियो ।     माओवादी केन्द्र र नेपाली काङ्ग्रेसको नेतृत्वमा बन्ने सरकारले स्थानीय तह पुनर्संरचना आयोगमा फेरबदल आवश्यक रहेको भनाइ सार्वजनिक भएपछि आयोगमाथि प्रश्नचिन्ह् खडा भएको बेला पर्सामा छलफल तथा रायसुझाव सड्ढलन गर्ने कुनै औचित्य नरहेको सहभागीहरूले बताएका थिए ।     कार्यक्रममा बोल्दै स्थानीय विकास अधिकारी विश्वप्रकाश अर्यालले आयोगले दिएको निर्देशन अनुरूप जिल्ला विकास समिति पर्सा अगाडि बढिरहेको बताए ।     आयोगले जारी गरेको निर्देशिका अनुसार जिल्ला विकास समिति, पर्साले तहगत छलफल गर्दै गाउँसम्म पुग्ने उद्दे

रङ्गपुर–जीतपुर सडक कालोपत्र गर्ने काम सुस्त गतिमा

Image
प्रमोद यादव, र·पुर, पर्सा, १३ साउन/     गादी गाविसको र·पुरदेखि बाराको जीतपुर जोड्ने १८ किलोमिटर जनता सडक बनाउने ठेक्का लिएको ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनले सुस्त गतिमा काम गरिरहेकोले वर्षायाममा सो क्षेत्रमा मानिसलाई कठिनाइ भोग्नुपरिरहेको छ ।     २०७२ फागुनमा सम्झौता गरी चैतदेखि काम शुरु गरेको पप्पु कन्स्ट्रक्सनले १५ महिनामा काम पूरा गर्नुपर्ने सम्झौता गरेको थियो । तर कार्य प्रगति हेर्दा तोकिएको मितिभन्दा दोब्बर समयमा पनि काम सम्पन्न हुने लक्षण देखिएको छैन । ठेकेदार कम्पनीले वर्षायाममा र·पुर भौरीमाई नदीको पुलदेखि ५ सय मिटरको दूरीमा रहेको अर्को जमुनिया नदी, खजुरिया खोला, कोइलाभार नदी, बडेर्वा, करजनिया खोलालगायत ६ स्थानमा कलभर्ट तथा पुल निर्माण गर्नुपर्ने कार्य पनि सम्पन्न गर्न नसकेकोले बाढी आएर बाटो बन्द भएको छ ।      १४ करोड ३१ लाखमा सडक कालोपत्र र कलभर्ट पुलसमेत निर्माण गर्ने जिम्मा लिएको ठेकेदार कम्पनीले कति ठाउँमा काम शुरु पनि गरेको छैन । काम शुरु गर्न र·पुरदेखि टेडा जीतपुरसम्मको बाटोमा ठेकेदारले जथाभवी थुपारेको निर्माण सामग्रीले पनि सो क्षेत्रमा मानिसहरूलाई आवतजावत गर्न कठिना

पर्सामा ५ सय हेक्टर धानबाली वर्षा र बाढीले नष्ट

Image
प्रस, परवानीपुर, पर्सा, १३ असार/     गत शुक्रवार र सोमवार परेको अविरल वर्षाको कारण विभिन्न स्थानमा बाढी तथा पहिरोले ठूलो धनजनको क्षति भइरहँदा पर्साको धानबालीमा पनि असर पारेको छ । पर्साको करिब ५ सय हेक्टर जगगामा लगाइएको धानबाली बाढीको चपेटमा परेको जिल्ला कृषि विकास कार्यालय, पर्साले जनाएको छ ।     कृषि प्राविधिक सुरेश चौरसियाले मिर्जापुर, सम्भौता, जयम·लापुर, भिस्वा, लहावरथकरी, सबैठवा, परसौनीभाठा, धोबिनी, हरिहरपुर, असवारी, धोरे, पकाहामैनपुर, अमरपट्टि, झौवागुठी, बगही, लालपर्सा, बस्डिल्वालगायत दर्जनौं गाविसमा धानबाली डुबानमा परी नष्ट भएको बताए । भेडहा र ओरिया खोलामा आएको बाढीले पनि सो खोला आसपासमा पर्ने किसानको धानबाली नष्ट गरेको छ । बढी क्षति पर्साको दक्षिणी भेगमा पर्ने गाविसका किसानहरूको रहेको उक्त कार्यालयले जनाएको छ । चौरसिया भन्छन–“कुनै गाविसको खेतको पानी अहिले पनि जमेर बाली नष्ट भएको छ ।     बाढीको चपेटमा परेका किसानहरूको खेत पुन: रोप्नुपर्ने आवश्यक छ । तर धानको बीउ नपाउनाले बाली नै सखाप भएको उनीहरूले बताएका छन् ।

सशस्त्र प्रहरी अलौको भवन उद्घाटन

Image
प्रस, वीरगंज, १३ साउन/     सशस्त्र प्रहरी बिओपी अलौको नवनिर्मित भवनको उद्घाटन सशस्त्र प्रहरीका डिआइजी बाबूराम पाण्डेले गरेका छन् ।     सुगौलीबिर्तामा स्थानीय व्यापारी तथा चन्दादाताको सहयोगबाट ५० लाखको लगानीमा निर्मित भवनको उद्घाटन गर्दै पाण्डेले जनता र प्रहरी नमिलेसम्म समाज सुरक्षित नरहने बताए ।     समाज सुरक्षित भए समाज विकासतर्फ उन्मुख हुँदै देश विकास हुने बताएका थिए । सशस्त्र प्रहरीले सीमा क्षेत्रको जिम्मेवारी पाएको बताउँदै नेपाल–भारतको सीमा क्षेत्रमा आपराधिक गतिविधि रोक्न सशस्त्र प्रहरी लागिपरेको बताएका थिए ।     वीरगंजका उद्योगी, व्यापारी तथा समाजसेवीहरूको सहयोगबाट नवनिर्मित भवन उद्घाटना भएकोमा धन्यवाद ज्ञापन गर्दै पर्सा जिल्लाका अन्य बेसहरूलाई पनि सहयोग गरिदिन उद्योगी–व्यापारीहरूसँग उनले आग्रह गरेका थिए ।     कार्यक्रममा बोल्दै वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रदीप केडियाले ड्राइपोर्टदेखि पोखरियासम्म दोस्रो कोरिडोर स्थापित हुँदै गएको क्रममा सुरक्षा अतिआवश्यक रहेको बताएका थिए ।     विगतमा तिलावे वरिपरि डरले मानिसहरू आउनजान धक मान्थे भने अहिले दर्जनौं उद्योगहरू स्थापित भएको

वीउमनपाद्वारा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

प्रस, वीरगंज, १३ साउन/     वीरगंज उपमहानगरपालिका कार्यालयले आन्तरिक राजस्व लक्ष्यभन्दा बढी सड्ढलन गरेको छ ।     मधेस आन्दोलन २०७२ मा ६ महिना बन्दी–नाकाबन्दीको बावजुद लक्ष्य १३ करोड २९ लाख भन्दा बढी सड्ढलन गरेको राजस्व प्रमुख मनोज कर्णले बताए ।     आव २०७२/०७३ मा लक्ष्यभन्दा २४ लाख राजस्व बढी सड्ढलन भएको उनले बताए । मधेस आन्दोलन–२०७२ शुरु हुनुभन्दा अगाडि साउनमा रु १ करोड ६२ लाख राजस्व सड्ढलन भएकोमा भदौंमा १५ लाख, असोजमा २४ हजार, कात्तिकमा ९ हजार, मङ्सिरमा ८ लाख, पुसमा २४ लाख, माघमा ४९ लाख र फागुनमा १ करोड, चैतमा १ करोड ४० लाख, वैशाखमा १ करोड ३५ लाख, जेठमा २ करोड १४ लाख र असारमा ४ करोड ९२ लाख राजस्व सड्ढलन भएको कर्णले बताए ।     मधेस आन्दोलनपश्चात् कार्यालय सञ्चालन भएपछि वीउमनपाले कर सड्ढलनको लागि ५२ जना कर्मचारी सम्मिलित टोली बनाएको थियो । यसैगरी कर सड्ढलनको लागि सामाजिक परिचालक–परिचालिका समेतलाई खटाइएको परिणामस्वरूप राजस्व सड्ढलन हुन सकेको प्रमुख कर्णले बताए ।     वीउमनपाले एकीकृत सम्पत्ति करबाट रु ६ करोड ४८ लाख, व्यवासायी करबाट रु ५७ लाख र सवारी करबाट रु १ करोड ८० लाख तथा नगरसभागृह, स

कर्पोरेट गभर्नेन्सको अवधारणा

Image
ई. गोपाल श्रेष्ठ     कर्पोरेट शब्दले निजी क्षेत्रलाई जनाउँछ भने गभर्नेन्सले सुशासन । सुशासनबारे आजकल हामी धेरै सुन्छौं र पढ्छौं । तर यसको खासै अभ्यास भने भएको देखिंदैन । हाम्रो देशमा सरकारीदेखि निजी क्षेत्रसम्म जहाँतहीं भ्रष्टाचार छ । अनि यस्तो भ्रष्ट देशमा सुशासन केवल एउटा कागजको पानामा लेखिएको शब्दमा मात्र सीमित हुँदा र हरेक नेताको भाषणमा पनि सुन्दा अचम्म मान्नुपर्दैन । देश नै भ्रष्ट भएपछि देश भित्रका निजी क्षेत्र पनि भ्रष्ट हुनु अस्वाभाविक होइन । सुशासनले भ्रष्टाचार–मुक्त समाजको परिकल्पना गर्छ । यो परिकल्पना पूरा गर्न हाम्रो काममा पारदर्शिता हुनुपर्छ, कुनै काम बिग्रियो भने त्यसको जिम्मेवारी लिन सक्नुपर्छ । अनि आफूसँग सम्बन्धित सूचना, तथ्याड्ढ बिना हिचकिचाहट समाजको सामु ल्याउनुपर्दछ । कर्पोरेट गभर्नेन्सको गरिमा त्यति बेला बढ्छ जब कर्पोरेट सेक्टर/निजी क्षेत्रले राज्यको ऐन—कानुन, नियम—विनियम पूर्ण पालना गरी काम गर्दछ, कामको पारदर्शितामा विश्वास गर्छ, आफ्नो कामको परिणाम सकारात्मक–नकारात्मक जे जस्तो भए पनि जिम्मा लिन्छ र आफूसँग सम्बन्धित जानकारी–तथ्याड्ढ खुशी साथ आदान–प्रदान गर्दछ ।   

श्रम बजारको निराशा र आर्थिक विकास

Image
शीतल महतो     मुलुकमा देखिएको राजनीतिक अस्थिरता, सुशासनको कमी, दरिलो युवा नीतिको अभाव र रोजगारका क्षेत्रमा बढ्दो राजनीतिक स्वार्थका कारण सक्षम र दक्ष युवाले पनि स्वदेशमा काम पाउन सकेको छैन । फलस्वरूप पढेलेखेका दक्ष युवा मात्र होइन, अदक्ष र अर्धदक्षहरू प्नि रोजगारका लागि विदेशिने गरेका छन् । त्यसमा पनि अर्धदक्ष झन् बढी विदेशिने गरेका छन् । यसरी रोजगारको सीमित अवसर र न्यून आर्थिक वृद्धिदरका कारण प्रतिवर्ष श्रम बजारमा आउने पाँच लाखभन्दा बढी युवाहरूलाई रोजगारको अवसर उपलब्ध गराउने ठूलो चुनौती राज्यसँग छ । बेरोजगार, अर्धबेरोजगार, श्रमको अल्पउपयोग दर तथा कृषिमा लुकेको बेरोजगारीसमेतलाई दृष्टिगत गरेर हेर्ने हो भने मुलुकमा प्रत्येक वर्ष ७/८ लाखको हाराहारीमा रोजगारका अवसर सिर्जना गर्नुपर्ने आवश्यकता छ । रोजगार विभिन्न क्षेत्रमा सृजना हुने भएकोले पनि यसलाई अन्तर्सम्बन्धित विकास नीतिले समेट्नु पर्ने हो । हुनत रोजगार सृजनामा सरकारी, गैरसरकारी र निजी क्षेत्रका सबै निकायको प्रत्यक्ष–अप्रत्यक्ष योगदान रहेको हुन्छ । केन्द्रीय तथ्याड्ढ विभागद्वारा गरिएको राष्ट्रिय श्रमशक्ति सर्वेक्षण २००८ अनुसार मुलुकक

विकासमैत्री सोच एवं वित्तीय संरचनाको अपरिहार्यता

अधिवक्ता वीरेन्द्रप्रसाद यादव     सङ्घीय संविधान जारी भएको लगभग एक वर्ष पुग्न लाग्दा पनि राज्य पुनर्संरचना हुन सकेको छैन ।जुन सङ्घीय संरचनाप्रति उदासीनता हो । लामो समयपछि सरकारले स्थानीय तहको संरचना आयोग बनाएको छ । जसले छलफल, अन्तक्र्रिया थालेको छ । जुन सकारात्मक भए पनि अत्यधिकले विरोध गर्नु दुर्भाग्यपूर्ण छ । यद्यपि स्थानीय तहको संरचनाको मापदण्ड केही अव्यावहारिक रहेको दाबी गरिंदैछ । जे होस् यसलाई छलफल, बहस तथा विश्लेषणबाट सच्याउने ठाउँ छ । सङ्घीयतामा जानुको मुख्य उद्देश्य नै आर्थिक विकास एवं जनताको सहज पहुच स्थापित गर्नु हो । जसको लागि व्यावहारिक एवं उपयुक्त संरचना चाहिन्छ । व्यावहारिक एवं उपयुक्त संरचनाको लागि ठूलो बहस र छलफल आवश्यक हुन्छ, सबै दल र शक्तिको । यो भावी विकाससँग जोडिएकोले यस्ता छलफल कुनै पनि कारणले बहिष्कार एवं रोक्नुहुँदैन । उपयुक्त मोडेल वा उपाय प्रस्तुत गर्नुपर्छ तय गरिएको नीतिमा कमजोरी छ भने औल्याएर सच्याउने मार्ग देखाउनुपर्छ । हरेक कुराको विरोध गर्नु राजनीति होइन । राजनीतिक अधिकारसँग जनताको आर्थिक अधिकार पनि उत्तिकै जरुरी छ । मधेसको लाइफलाइनको रूपमा हुलाकी राजमार्ग

ओली सरकारको ९ महिना

Image
श्रीमन्नारायण     लोकतन्त्र तथा संसदीय व्यवस्थाको स्वाभाविक प्रक्रिया अन्तर्गत नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको माओवादी सम्मिलित साझा सरकारको बहिर्गमन भएको छ । ओली नेतृत्वको साझा सरकारलाई समर्थन दिइराखेको दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले सरकारबाट आफ्नो समर्थन फिर्ता लिनेबित्तिकै सरकार स्वत: नै अल्पमतमा आइपुगेको थियो । हुनत प्रधानमन्त्रीको राजीनामा त्यति बेला नै आउनुपर्दथ्यो तर तीन दिनको पर्खाईपछि पनि राजीनामा नआएपछि माओवादी केन्द्रको नेतृत्वमा नेपाली काङ्ग्रेससहित दलहरूले ओली नेतृत्वको सरकारमाथि अविश्वास प्रस्ताव लगाए । त्यसपछि पनि राजीनामा आउने अपेक्षा गरिएको थियो, आएन । प्रधानमन्त्रीको पार्टीले आफ्नै भ्रातृ स·ठनका कार्यकर्ताहरूलाई सडकमा उतार्ने काम गर्‍यो । संविधानमा नयाँ सरकार गठनको व्यवस्था नभएको भन्दै थर्काउने कामसमेत भयो । अल्पमतमा परेर पनि सरकार नछाड्ने अडानमा रहेको ओली सरकारले आफ्ना समर्थक कार्यकर्ताहरूलाई धमाधम नियुक्ति पनि दिन थाल्यो जबकि राजनीतिक नैतिकताको आधारमा त यस्तो अवस्थामा मन्त्रालयसम्म जानुहुँदैन । तर भारतको आम आदमी पार्टी र नेपालको नेकप