$type=ticker$count=12$cols=4$cate=0

अपराध नियन्त्रण र प्रभावकारी अनुसन्धान पद्धति

SHARE:

अधिवक्ता वीरेन्द्रप्रसाद यादव
    अपराध र अपराधीले दुई कुरामा अवरोध गर्छ । सामाजमा अमनचयन, शान्ति कायम गर्न र विकासको काम गर्न । यसर्थ अपराध नियनत्रण नभएसम्म न शान्ति कायम हुन्छ, न देश विकास नै हुन्छ । यसै कारणले ठूला एवं विकसित मुलुकले अन्य विषयभन्दा बढी अपराध नियनत्रणमा केन्द्रित हुन्छन् । विश्व अनुभवले पनि स्थापित गरेको कुरा के हो भने जुन मुलुकले अपराध र अपराधीलाई बढी नियन्त्रण गर्न सकेको छ त्यो बढी विकसित एवं लोकतान्त्रिक साबित भएको छ । जसले अपराध र अपराधी नियन्त्रण गर्न सकेको छैन त्यो अधोगतिमा रहेको छ, जस्तै पाकिस्तान, अफगानिस्तान, नाइजेरिया आदि । यसर्थ राज्यले अपराध वृद्धि हुने कुनै कार्य गर्नुहुँदैन भन्ने मान्यता अपराधशास्त्रले सड्ढेत गर्छ । अपराध नियन्त्रण राज्यको प्राथमिक दायित्व भएको हुँदा विकसित मुलुकहरूले अपराधको स्रोतको अनुसन्धान र अपराध नियन्त्रण गर्ने कानुन निर्माणका लागि सुझाव दिन संस्थागत संयन्त्र नै विकसित गरेका छन् । एकजनाको प्रतिवेदन वा विज्ञताको भरमा बनेको कानुन संस्थागत प्रतिवेदनको आधारमा बनेको कानुनभन्दा बढी लाभदायी हुन सक्दैन । अमेरिकामा सन् १९०९ मा द अमेरिकन इन्स्टिच्युट अफ क्रिमिनल लांं एन्ड क्रिमिनोलजीको, भारतमा सन् १९७१ मा इन्स्टिच्युट अफ क्रिमिनोलजी एन्ड फोरेन्सिक साइन्स तथा बेलायतमा इन्स्टिच्युट अफ क्रिमिनोलजीको स्थापना भएको छ ।
    सदरल्यान्डका अनुसार अपराध नियन्त्रणका लागि अपराधको वैज्ञानिक अध्ययन अपरिहार्य हुन्छ जसमा सोसियोलजी अफ ला, इटियोलजी अफ क्राइम र पेनोलजीको वैज्ञानिक अध्ययन हुनैपर्छ । सोसियोलजी अफ क्राइममा फौजदारी कानुनको निर्माण, विकास र संशोधनबारे अध्ययन गर्नुका साथै देश विदेशको फौजदारी कानुनको तुलनात्मक अध्ययन गरिन्छ । इटियोलजीमा अपराध हुने कारण र अपराधलाई प्रभावित पार्ने तत्त्वको अध्ययन गरिन्छ भने पेनोलजीमा दण्डको उद्देश्य, दण्ड प्रणाली एवं पुन: समाजीकरण गर्ने विधिको विशेष अध्ययन गर्नुपर्छ । यसले अपराध नियन्त्रणमा सहयोग मात्र पुग्दैन वैज्ञानिक पद्धतिको पनि निर्माण हुन्छ । लगभग अढाई सय वर्षको इतिहासमा हामीले गर्न नसकेको कुरा यही हो ।
    लामो राजतन्त्र कालमा एउटा व्यक्ति र परिवारको सोच अनुसार कानुन बन्ने, कार्यान्वयन हुने र सजाय दिने प्रवृत्तिले अन्याय त हुन्थ्यो नै, अपराध नियन्त्रणमा पनि उतिकै समस्या थियो । लोकतनत्रको अभ्यास हुन थालेदेखि अझ बढी एवं जटिल प्रकृतिको अपराध हुने गरेको हुँदा गहन खोज र अनुसन्धानको अपरिहार्यता बढायो तर दुर्भाग्य भनौ एउटा पनि आधुनिक एवं वैज्ञानिक पद्धतिको विकास हुन सकेको छैन । हामीले अभ्यास गरेको ७ वटा संविधान र ०१२ सालमा बनेको नागरिक अधिकार ऐनले एउटा बडो मीठो एवं लोकतान्त्रिक व्यवस्थालाई मानेको छ । त्यो हो समानताको अधिकार । कानुनको अगाडि सबै समान छन् भन्ने हाम्रो वर्तमान संविधान तथा कानुनको मूलमन्त्र हो, तर व्यवहारमा हात्ती आयो हात्ती फुस्सा सरह नै छ । सानोतिनो अपराधमा कुनै निमुखाले सजाय पायो भने तुरन्त जेल हालिन्छ । फेला परेन भने जहाँबाट पनि प्रक्राउ गरिन्छ, तर ठूला ओहदाका, कर्तव्य ज्यान जस्ता मुद्दामा सर्वस्वसहित जन्मकैद ठहर भए पनि सजाय भोग्न न राजी हुन्छन्, न राज्यले बाध्य पार्न सक्छ । मुलुकी ऐनको प्रावधानले भन्छ–१८ वर्ष उमेर नपुगेकी महिलासँग विवाह गर्न/गराउन हुँदैन । महिलाको इच्छाविपरीत विवाह गराउनुहुँदैन । बहुविवाह गर्न हुँदैन । गरे अपराध हुन्छ । यस्ता कार्य केही जिल्लामा गरियो भने तुरन्त पक्राउ र सजाय हुन्छ, तर हामीलाई थाहा छ केही जिल्लामा अद्यापि बहुपति प्रथा कायम छ । अहिले पनि अभिभावकलाई खुशी पारी किशोरीलाई अपरहण गरी बलपूर्वक विवाह गर्ने प्रचलन छ । महिलाको इच्छा होस् नहोस् अभिभावकले मन्जुरी दियो भने जस्तोसुकै उमेर समूहका पुरुषले घर, बाटोघाटो, घर जुनसुकै ठाउँबाट महिलालाई उठाई विवाह गर्छन् । चाहे बालिका होस् वा नबालिका ।
    यसले अद्यापि समाजमा महिला वस्तु र पशु हो भन्ने ठानेको छ, तर राज्यले कार्यवाही गरेको एउटा पनि दृष्टान्त सुनिंदैन । प्रथा पनि कानुनको स्रोत हो भन्ने तर्क गर्न सकिन्छ तर त्यही प्रथा कानुन बन्न सक्छ जुन समाजको हित प्रतिकूल छैन  र वर्तमान कानुनविपरीत छैन । यो प्रथा त समाजको हित र वर्तमान कानुन दुवैको प्रतिकूल हुँदाहुँदै पनि निरन्तरता पाइरहनुले संविधानको समानता सम्बन्धी अधिकारमाथि कुठाराघात नै हो । केही वर्ष पहिलेसम्म पुरुषको अधिकार महिलाभन्दा धेरै गुणा बढीे थियो तर अहिले महिलाको अधिकार पुरुषभन्दा कैयौं गुणा बढी छ । पहिले पुरुषको अधिकार बढी हुँदा महिला प्रताडित थिए भने अहिले पुरुषहरू प्रताडित छन् । यस्तो कानुनको अवैज्ञानिक मापदण्डले भएको हो । यसले वैधानिक रूपमा बदलाको भावना संरक्षण गरेको छ । सबै नागरिकलाई अधिकारसम्पन्न बनाउनुपर्छ तर एउटालाई अधिकार दिंदा अर्कोलाई अधिकारविहीन बनाउनुहुँदैन । पुरुषले सम्बन्ध–विच्छेद नगर्दै विवाह गर्‍यो भने बहुविवाहको अपराध हुने तर महिलाले गरे जारीको खत साबित नहुने । महिलाले चाहे जुन बेला पनि सम्बन्ध विच्छेद गर्न सक्ने, पुरुषले पीडा सहेर पनि गर्न नसक्ने ।
    अपराधबाट अधिकारको सिर्जना हुँदैन भन्ने अपराध शास्त्रको विश्वव्यापी मान्यता छ तर हाम्रो कानुन अनुसार अपराधबाट अधिकारको सिर्जना हुन्छ । कसैले पहिले पत्नी हुँदै अर्को केटीसँग विवाह गर्‍यो भने बहुविवाहको अपराधमा सजाय हुन्छ तर विवाह चाहिं बदर हुँदैन । अपराधबाट पत्नी बनेकी महिलाले पनि अंश पाउने प्रावधान छ । कानुनले अविवाहित छोरीको अंश मात्र कायम गरेको छ तर संविधानले विवाहिता छोरीलाई अंश दिने प्रावधान राखेको छ । मुलुकी ऐनमैं एकभन्दा बढी पत्नी भए लोग्नेको हकबाट अंश पाउने व्यवस्था छ । एकातिर  एकभन्दा बढी पत्नी राख्नुहुँदैन भनिन्छ, अर्कोतर्फ एकभन्दा बढी पत्नी भए लोग्नेबाट अंश पाउने प्रावधान आफैंमा विरोधाभासपूर्ण छ । यस्तो विरोधाभासले अपराध घट्नेभन्दा बढने प्रवृत्ति जन्माउँछ । सजाय भोगेरै अधिकार पाइन्छ भने अपराध किन नगर्ने ?
    असोज ३ गते जारी भएको नयाँ संविधानले एक वर्षभन्दा बढी सजाय हुने मुद्दा जिल्ला अदालतको क्षेत्राधिकार भित्र पार्‍यो । जिल्ला प्रशासन कार्यालयबाट सुनवाइ हुँदै आएको कालो बजारी मुद्दामा पाँच वर्षसम्म सजायको  प्रावधान थियो, हात हातियार खरखजाना मुद्दामा तीन वर्षसम्म सजाय थियो, सार्वजनिक अपराध सम्बन्धी मुद्दामा दुई वर्षसम्म कैदको व्यवस्था थियो, ती सबै मुद्दा अदालतमा सारियो, तर संविधान जारी भएको ६ महिना नपुग्दै उपरोक्त गम्भीर अपराधको सजाय एकाएक घटाइयो । पाच वर्ष, २ वर्ष र तीन वर्षसम्म सजाय हुने मुद्दालाई एक वर्ष भन्दा कम सजाय हुने गरी प्रावधान राख्नु आफैमा आश्चर्यजनक छ । जबकि पहिलेको तुलनामा ती अपराध दिनानुदिन बढेको बढयै छ । वैज्ञानिक पद्धतिले सजाय घटाउन अनुमति त दिन्छ तर त्यसका लागि केही शर्तहरू छन् । जस्तै अपराधको अनुपात घटेको, अपराधीको सङ्ख्या घटेको र ती अपराधले शान्ति, अमनचयनमा त्यति प्रतिकूलता पारेको छैन भने मात्र ।
    कालोबजारी, हात हतियारजस्ता अपराध जनताको ज्युज्यानसँग सम्बन्धित मात्र छैन, राज्यको ढुकुटीसँग पनि सम्बन्धित छ । कालोबजारी अत्यधिक बढेको, उपभोक्ता एकदमै चरम सास्तीमा रहेको बखत राज्यले सजाय घटाउनुले अपराध र अपराधीलाई निरुत्साहित होइन, उत्साहित बनाउँछ । यसबाट विनाअनुसन्धान र बिनाविश्लेषण कानुन बनाउने प्रवृत्तिले बढावा पाएको पुष्टि हुन्छ । यसको प्रमुख कारण मुलुकको शक्तिकेन्द्र एक ठाउँमा मात्र केन्द्रित हुनु र केन्द्रमा बस्नेहरूको विश्लेषणको आधारमा मात्र मुलुकको भाग्य रेखा कोर्ने प्रवृत्ति हो ।
    सङ्घीयता आए पनि केन्द्रीकृत निर्णय अझ बढी हुनु र मोफसललाई महत्त्व नदिनुले उपलब्धिलाई शून्य तुल्याएको छ । लोकतन्त्र आएको आज एक दशक पूरा भएको छ । एक दशकमा कागजीरूपमा मात्र अधिकार सुनिश्चित भए पनि व्यवहारमा उल्टो देखिएको छ । जुन लोकतन्त्रको लागि घातक छ । यसर्थ लोकतन्त्रको मर्म अनुसार व्यावहारिक रूपमा काम गर्नु सबैको दायित्व हो । कानुनभित्रको विरोधाभास प्रथमत: हटाउने राज्यको दायित्व हो । अहिले पनि वैज्ञानक अनुसन्धान पद्धतिको विकास नहुनु, ब्लडमनीको व्यवस्था नहुनु, साक्षीको संरक्षणको प्रभावकारी उपाय नहुनु, गलत फैसला गर्नेलाई उत्तरदायी बनाउने प्रभावकारी संयन्त्रको वैज्ञानिक पद्धति निर्माण नहुनु, राजधानी बाहिरका नागरिक र विज्ञलाई प्राथमिकतामा नराख्नु, क्षेत्रीय र वर्गीयरूपमा विभेद हुनु लगायत अपराध एवं विभेदका स्रोत हुन् । जसले उपलब्धिलाई गौण तुल्याएको छ । आशा गरौ अर्को दशकसम्म त्यो कमी हट्ला ।
    करोडौं लगानी गरी चिकित्सक बनी दशकौंदेखि सेवा गरेका र राज्यलाई कर समेत तिरेका केही चिकित्सकलाई राज्यले  अनुसन्धानको घेरामा लिएको छ । जसलाई अन्यथा लिन मिल्दैन तर प्रश्न छ हाम्रो अनुसन्धान पद्धतिको सक्षमताको । लगभग दुई दशक अघि प्रवीणता तहको सर्टिफिकेट नक्कली रहेको दाबी गरिएको छ । विदेशमा पढेको डिग्रीबाट नेपालमा थप अध्ययन गर्नुपर्दा सम्बन्धित निकायले इक्युभेलेन्ट गर्नुपर्छ । माइग्रेसन सर्टिफिकेट पेश गर्नुपर्छ । भर्ना लिने निकायले पनि ती प्रमाणपत्रको छानबिन गरी लिनुपर्छ भने डिग्री हासिल गरिसकेपछि काउन्सिलले पनि प्रमाणपत्र चेक गरी अनुमति दिन्छ । जागिर दिने बेलामा पनि लोक सेवा आयोग लगायतले लिखित मौखिक परीक्षा लिनुभन्दा पहिले निवेदकले पेश गरेको प्रमाणपत्रको परीक्षण गर्छ । तमाम परीक्षणबाट पास भएका व्यक्तिको प्रमाणपत्र दशकौंपछि नक्कली दाबी गर्नु वा ठहर हुनु निकै दुर्भाग्यपूर्ण हो ।
    यस्तो कुरा निकै गम्भीर एवं संवेदनशील भएकोले आम जनताको मनोविज्ञानमा नकारात्मक असर पर्ने खालको प्रचारप्रसार गर्नुहुन्न । कुनै पनि कुराको प्रमाणीकरण गर्ने विभागले औपचारिकता मात्र निर्वाह गर्ने होइन, पेश गरिएको चीज–वस्तु सकली हो कि नक्कली सूक्ष्म अनुसन्धान गर्नुपर्छ । जुन चिकित्सकलाई नक्कली भनेर सरकारले दाबी गरेको छ, ती चिकित्सकले आफ्नो योग्यताबाट कमाएको रकमबाट राज्यको कर पनि तिरेको छ । आपराधिक कार्यबाट भएको आयमा राज्यले कर लिन मिल्छ कि मिल्दैन । एउटा छुट्टै प्रश्न त छ नै, तत्काल प्रमाणपत्र प्रमाणीकरण गर्ने निकाय र पदाधिकारी पनि जिम्मेवार बन्नुपर्ने हो कि होइन ?  ती पदाधिकारी जिम्मेवार भएनन् भने ती चिकित्सकमाथि मुद्दा चलाउनुको अर्थ हुँदैन । कानुनको अगाडि समानताको सिद्धान्त प्रतिकूल हुन्छ । राज्यले कर लिई वैधता प्रदान गरेको चिकित्सकलाई अस्वीकार गर्न पनि विवन्धित हुने अवस्था छ । यसर्थ अपराध नियन्त्रणको लागि प्रारम्भिक अनुसन्धान पद्धति बलियो हुनैपर्छ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : अपराध नियन्त्रण र प्रभावकारी अनुसन्धान पद्धति
अपराध नियन्त्रण र प्रभावकारी अनुसन्धान पद्धति
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiFBa5-R35pml5PGzK4c__BXPQIt-L3C_zT9sj1PRPIQD6PQghv84hK2ubTXL9ubjMBlUMkGzzRUfPiF9inA8UYpBj0Tp7yk6gaz3iaD7bCtXFWl1raIfPiKOVRIP90YSYr2ZgnVB5Et14/s200/birendra+yadav.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiFBa5-R35pml5PGzK4c__BXPQIt-L3C_zT9sj1PRPIQD6PQghv84hK2ubTXL9ubjMBlUMkGzzRUfPiF9inA8UYpBj0Tp7yk6gaz3iaD7bCtXFWl1raIfPiKOVRIP90YSYr2ZgnVB5Et14/s72-c/birendra+yadav.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2016/06/blog-post_966.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2016/06/blog-post_966.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy