प्रस, रौतहट, १४ असार/
जिल्ला विकास समिति, रौतहटद्वारा यस वर्ष पहिलोपटक अनुगमन अभ्यास थालनी गरेको छ । जिविसको अनुदान रकम र संसदीय विकास कोषद्वारा हुने विकास निर्माण कार्यमा भ्रष्टाचार न्यूनीकरणका लागि अनुगमन थालनी गरेको जनाइएको छ ।
विकास निर्माणमा व्यापक अनियमितता हुने चलन रहेको अवस्था हटाउन पहिलोपटक यस वर्ष अनुगमन रिपोर्टको आधारमा भुतmानी हुने जिविसले जनाएको छ । जिल्लाका ६ वटा विकास क्षेत्रमा राजनैतिक दल, जिविस प्रतिनिधि, इन्जिनियर, ओभरसियर, नेपाल पत्रकार महासङ्घ रौतहटका प्रतिनिधि र गैरसरकारी संस्थाका प्रतिनिधिहरूको टोलीले अनुगमन गरिरहेको छ ।
यसै क्रममा आज क्षेत्र न २ मा अनुगमन भएको छ । फतुवा महेशपुर हुलाकी सडकमा मिक्सग्रेभल कार्य, राजपुर डमारदेखि शेख इद्रिश प्रावि सम्मको सडक ग्रेभल, मस्जिदको पर्खाल निर्माण, वसन्तपट्टी–इनरवारी–तेजापाकड सडक विस्तार तथा ग्रेभल कार्य, शिव मन्दिरको गुम्बज निर्माणलगायत योजनाको अनुगमन भएको छ ।
विन्देश्वर राय यादवको संयोजकत्वमा पत्रकार शैलेन्द्र झा, प्राविधिक कार्यालयका इन्जिनियर रामनरेश साह, लोकतान्त्रिक गैरसरकारी सस्था महासङ्घ नेपालका जयप्रकाश यादव र जिविसका सदस्य सचिव कीर्ति राज सुवेदीको टोलीले अनुगमन गरेको हो ।
अनुगमनको क्रममा योजनास्थलमा होर्डिंग बोर्ड नभएको, उपभोक्ता समितिका पदाधिकारी अनुपस्थित रहेको, कार्यमा सुधार ल्याउनुपर्ने जस्ता सुझाव दिइएको थियो ।