प्रस, वीरगंज, १४ असार/
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, वीरगंजको आयोजनामा म·लवार ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नेपालका निर्देशक राजयोगिनी राजदिदीले बिर्तामा निर्माण हुन गइरहेको ओम् शान्ति भवन को शिलान्यास गरेकी छन् ।
राजयोगीनी राजदिदीले भवनको शिलान्यास गरेकी थिइन् भने उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य विजयकुमार सरावगी, ब्रह्माकुमार गुणराज लामिछाने र रामचन्द्र मिश्रले नरिवल फोडी शिलान्यास कार्यक्रमको शुभारम्भ गरेका थिए ।
भवनको शिलान्यास गर्दै नेपालका निर्देशक राजयोगिनी राजदिदीले निर्माण हुन गइरहेको भवन कुनै साधारण तथा दुनियावी भवन नभएको बताइन् । उनले संसारको दु:खी, अशान्त आत्माहरूलाई विषय विकाररूपी असाध्य रोगबाट मुक्ति प्रदान गरी सम्पूर्ण स्वस्थ बनाउने सर्वोच्च सर्जन परमात्माको आध्यात्मिक हास्पिटल निर्माण हुन गइरहेको दाबी गरिन् । उनले सबै तह, तप्का तथा वर्गका व्यक्तिलाई वास्तविक ज्ञान प्रदान गर्ने परम सर्वोच्च शिक्षकको आध्यात्मिक विश्वविद्यालय भएको पनि बताइन् । उनले भवन निर्माणमा सहयोग गरी पुण्यलाभ लिन पनि आग्रह गरिन् ।
क्षेत्रिय सञ्चालिका रविना दिदी, वरिष्ठ उद्योगपति चिरञ्जीवी सरावगी, वीरगंज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष गणेश लाठ, नेरेसो पर्सा उपाध्यक्ष मधु राणा, नीलम सिंहलगायतले सो अवसरमा मन्तव्य व्यक्त गरेका थिए ।