प्रस, गंजभवानीपुर, १४ असार/
स्थानीय सडक उपभोग्क्ता समिति र ग्रामीण सडक समन्वय समितिको लागि जनचेतना तथा अभिमुखीकरण एक दिवसीय तालिम सम्पन्न भएको छ ।
कबहीगोठ, बरियारपुर, १३ किलोमिटर सडक स्तरोन्नति उप आयोजनामा पर्ने बरियारपुर, गंजभवानीपुर, दहियार र सिहोर्वा गाविस क्षेत्रका स्थानीय, सडक समितिको साथमा जिल्ला प्राविधिक (एसएनटिपी बारा) का पदाधिकारीहरूबीच महागढीमाई नगरपालिका–१० मा आज जनचेतना, अभिमुखीकरण तालिम सम्पन्न भएको सगुन पराजुलीले बताए ।
पन्द्र महिनाभित्र कार्य सम्पन्न गर्नेगरी बरियारपुरदेखि सिहोर्वासम्म निर्माण हुने ६ दशमलव ७५ मिटर सडकको चौडाइ र ७ दशमलव ७५ किलोमिटर लम्बाइमा रु ५७,४४४,९६४/– विनियोजित भएको कार्यक्रममा बताइएको छ । यसैगरी सडक भित्र कल्र्भट तथा बस्तीमा पक्की नाला निर्माण कार्य सम्पन्न गरिने छ ।
सम्झौता अनुसार सडक कार्यमा कम असल निर्माण साम्रगी प्रयोग भए तुरुन्त जिल्ला प्राविधिक वा जिविसको कार्यालयमा जानकारी दिन कार्यक्रममा सहभागीहरूसित कार्यक्रम प्रस्तोता प्रमुख इन्जिनियर रवीन्द्रप्रसाद देवले अनुरोध गरेका थिए ।
राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण, व्यवस्थापन एकाइ हेटौंडाको आयोजना, विश्व बैंकको सहयोगमा सम्पन्न कार्यक्रममा जिविस बाराका डिइ. राजेशलाल कर्ण, रविप्रसाद गुप्ता, रवीन्द्र प्र.यादव, प्रकाशचन्द्र पौडेल, भीष्मराज चौलागाईं, महेशराज गौतम, अनवरबाबू मंसुरीलगायत ४० जनाको सहभागिता थियो ।