–कुमार रुपाखेती
प्रधानमन्त्री ओलीले उखान टुक्का मात्र सुनाए, कमल थापाले मुमा बडामहारानी रत्नराज्यलक्ष्मी देवीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै ट्वीट गरे, चित्रबहादुर केसीले सङ्घीयताको विरोध गरे, टोपबहादुर रायमाझीले सरकारको विपक्षमा बोले, सिपी मैनाली कर्मचारी भर्ना गर्न र कमाउन व्यस्त भए, विजय गच्छदारको दोधारे नीति छ आदि इत्यादि आजकलका प्रमुख समाचार हुन् ।
माथि उल्लिखित सबै महानुभावहरू सरकारको नेतृत्वमा रहेका प्रधान र उपप्रधान हुन् । त्यस्तै सरकारको विपक्षमा रहेका देउवा काङ्ग्रेस पनि के जाती झर्ला र खाउँला गीत बजाएर मात्र बसेको छ । मधेसवादी दलहरू बासी मुद्दा उठाएर घर न घाटको, छन्द न छाँटको ढटुवा आन्दोलनमा रमाएका छन् ।
अब यस्तो अवस्थामा मुलुकमा अव्यवस्था, बेरोजगार, अशान्ति र भ्रष्टाचार मौलाउनु नौलो कुरा होइन । गणतन्त्र नेपालमा सबैभन्दा पीडित र शोषित छ आम जनता ।
राणाकाल श्री ३ हरूका खातिर, पञ्चायती व्यवस्था सक्रिय राजतन्त्र र श्री ५ का निम्ति, अनि गणतन्त्र राजनैतिक दलका भागबन्डाका लागि बदनाम छ ।
भागबन्डाकै चपेटमा परेर वीरगंज चिनी कारखाना, कृषि औजार कारखाना, जनकपुर चुरोट कारखाना, हेटौंडा कपडा उद्योग, चोभार सिमेन्ट उद्योगजस्ता नजाने कति उद्योगहरू अधोगतिमा पुगे । एकताका स्व. सलिम मियाँ अन्सारीलाई साइकलमा कुद्ने मास्टर पजेरोमा कुद्दैछ भन्थे । अचेल त मागेर सुर्ती खानेहरूको फुर्ती देख्दा जिब्रो टोक्न मन लाग्छ । भ्रष्टाचार गरेर, दुई नम्बरी गरेर, अर्कालाई मारेर, लुटेर, सरकारी खजाना स्वाहा पारेर धनी बन्नेहरू औंलामा गन्न सकिंदैन । राजनैतिक नेतृत्व नै ‘ग·ा नुहाउन थालेपछि’ सम्पूर्ण सरकारी संयन्त्र, गाविस, जिविस, नगरपालिका स्तरसम्ममा ‘हम किसी से कम नही’को स्तरमा भ्रष्टाचार गर्ने होडबाजी चलेको छ ।
नियम कानुनको भय, त्रास कसैमा छैन, जिसका लाठी उसका भैंसको त्राहिमामको वातावरणमा मेचीदेखि महाकाली बाँचिरहेको छ । अख्तियार, सिआइबी, स्थानीय प्रहरी, प्रशासन जति सक्रिय देखिए पनि असंवैधानिक कामलाई आयआर्जनको स्रोत बनाउनेहरू पटक्कै डराएको देखिंदैन । कर्मचारीको तलब पचीस प्रतिशत बढाएर ताली खान पल्केको सरकारले आफ्ना कर्मचारीबाहेक आम जनताको पक्षमा सौतेनी व्यवहार गरेको बजेटमा प्रस्ट झल्किन्छ ।
सरकार र प्रमुख प्रतिपक्षी काङ्ग्रेस मात्र होइन, सरकारमा सामेल दलहरूबीच नै छत्तीसको आँकडा रहेको कुरा सत्य हो । यो सरकार मुलुक र जनताको लागि नभई आआफ्नो दलको डम्फु बजाउन र आयु लम्ब्याउन सक्रिय छ । कमल थापाको मन्त्रालयमा काम गराउन राप्रपा बन्नुपर्ने, चित्रबहादुरकोमा पुग्दा सङ्घीयता विरोधी देखिनुपर्ने, गच्छेदारको मन्त्रालयमा पुग्दा मधेसी बन्नुपर्ने, अलि ठूलै काम गराउन एमाले नै बन्नुपर्ने चिन्ताजनक वातावरण छ मन्त्रालयहरूमा । खप्पीस कर्मचारीहरूले त आफूलाई त्यसै अनुरूप ढालेर दुनो सोझो पार्दैछन् भने आम नागरिकले अनाहकमा दु:ख पाउने, भौतारिरहनुपर्ने अवस्था छ । सरकारले गल्तीमाथि गल्ती गरेकै छ तर प्रतिपक्षी कमजोर र लाचार भएकाले गल्तीहरू झन् बढ्दै गएको देखिन्छ । गलतीको जो सुधारे उसे इन्सान कहते है, जो गलती के उपर गलती करे उसै शैतान कहते है भन्ने मुहावरा नै छ । राष्ट्रियताको सवालमा ओली सरकार दरिलो देखिन्छ, नेपालको स्वाभिमान खातिर कतै नझुक्ने प्रतीत हुन्छ तर आन्तरिक मामिलामा यो सरकार कमजोर र डामाडोल छ । कतिसम्म भने एउटा मन्त्रालयले अर्को मन्त्रालयसँग न सम्पर्क राख्छ न संवाद गर्छ । कतिपय बेला त प्रधानमन्त्रीलाई समेत टेरपुच्छर लगाइँदैन । अनुशासनहीनता यति चरम छ कि एउटा मन्त्री अर्कोसँग बोल्न मात्र होइन, अनुहार हेर्न पनि चाहँदैन । अब यस्तो अवस्थामा राष्ट्रियताको माला जपेर मात्र पनि हुँदैन ।
पृथ्वीनारायण शाहले भनेकै छन्– प्रजा मोटा भया, दरबार बलियो हुन्छ । दुई ढु·ाबीचको तरूल हाम्रो मुलुकले आन्तरिक कलहबाट निजात नपाएसम्म न प्रजा मोटो हुन्छ न दरबार बलियो हुन्छ । मधेसवादी दलहरूले अरूको उक्साहटमा होस् वा जोशमा होश गुमाएर होस् अथवा मधेसको हितको नाममा नै किन नहोस् लामो समयदेखि आन्दोलन गरिरहेका छन् । पत्यारलाग्दो होइन पट्यारलाग्दो आन्दोलन । सरकारले कि उनीहरूको जायज माग पूरा गरोस्, अथवा मधेस मात्र नेपाल होइन र सरकारमा बस्नेले मधेस, पहाड, हिमाल भनेर टुक्रे राजनीति गर्दैन, सबैलाई समान व्यवहार गर्छ भन्ने ठोस जवाफ देओस् । यो रात रहे, अग्राख पलाए वाला व्यवहारले लहरो तान्दा पहरो गर्जिने वातावरण सिर्जना भइरहेको छ ।
जो अगुवा उही बाटो हगुवाको नीति दलहरूले नत्यागेसम्म यहाँ परिवर्तनको सम्भावना न्यून हुन्छ । तसर्थ अगुवाहरूमा परिवर्तनको चाहना हुनुपर्यो । होइन भने नयाँ नेपालको नयाँ संविधानसमेत मेरा जीवन कोरा कागज कोरा ही रह गया भन्नेसम्म सीमित रहन्छ । जाबो एउटा स्थानीय निर्वाचन समयमा गराउन नसक्नेहरूबाट अन्य अपेक्षा गर्नु र बालुवाबाट तेल निकाल्नु उस्तै उस्तै कुरा हो ।
कागजमा ठूल्ठूला कुरा लेख्ने, भाषणमा अनापशनाप बक्नुको सट्टा सरकार र विपक्षीहरूले नेपाल र नेपालीलाई सर्वोपरि ठानी एकमतका साथ अगाडि बढ्ने हिम्मत देखाउनुपर्छ । राजनीतिमा को सानो को ठूलो भन्ने भेदभाव हुँदैन । राजनीतिले त हामीलाई समानताको पाठ पढाउँछ ।
खोइ हाम्रा नेता र दलहरूले कहिले यी कुरा बुझ्नेहुन् ? कहिले हामीले निर्धक्क भएर हामी नेपाली, हाम्रो नेपाल भनेर गर्व गर्न पाउने हो ? अहिलेसम्म त हात्ती आयो हात्ती आयो फुस्सा नै छ । नेपालको संविधान २०७२ मा नेपालको राष्ट्रिय झन्डाको आकारबारे –सिम्रिक र·को भुइँ र गाढा नीलो र·को किनारा भएको दुई त्रिकोण अलिकति जोडिएको माथिल्लो भाग खुर्पे चन्द्र भएको बीचमा सोर्हमा आठ कोण देखिने सेतो आकार र तल्लो भागमा बार्ह कोणयुक्त सूर्यको सेतो आकार अड्ढित भएको झन्डा नेपालको झन्डा हो भनी उल्लेख छ । कतिपय सरकारी कार्यालयहरूमा संविधानमा उल्लेख भए अनुसार झन्डा नराख्दा विवाद भई सच्याएर राख्नुपरेको तथ्य जगजाहेर हुँदा पनि वीरगंज उपमहानगरपालिका परिसरमा राखिएको नेपालको झन्डामा संविधानमा उल्लेख भएविपरीत चन्द्रमा बार्ह र सूर्यमा ८ कोण मात्र राखिएको छ । झन्डा शानले फरफराइरहेको देखिन्छ । आफूलाई विद्वान् ठान्ने विष्णु कोइरालाहरूसमेत सरकारी अन्योलताको फाइदा उठाई जथाभावी गरिरहेको यो एउटा महत्त्वपूर्ण प्रमाण हो । यस्ताहरूका लागि समेत संविधान हात्ती आयो हात्ती आयो फुस्सा भएको छ ।