ई. गोपाल श्रेष्ठ
आजकल आइएसओ सर्टिफिकेशनको जमाना आएको छ । आइएसओ सर्टिफाइड उद्योग भनेपछि त्यस्तो उद्योगको उत्पादित तयारी माल बजारमा बिक्री गर्न सजिलो भएको छ । अन्तर्राष्ट्रिय योजना परियोजनाहरूले त आइएसओ सर्टिफिकेशन नभएका उद्योगहरूबाट उत्पादन गरिएको तयारी माल, विशेषगरी निर्माण सामग्री जस्तो: फलामे डन्डी, सिमेन्ट खरिद पनि गर्दैनन् । यो सर्टिफिकेशन म्यानुफ्याक्चरिङ तथा सर्भिस सेक्टर दुवैमा दिने तथा लिने चलन भएकोले अहिले केही बोर्डिङ स्कूल, कलेज, बैंक, तारे होटलहरू तथा ठूला–ठूला सपिङ–मलहरूमा समेत लिएको जानकारीमा आएको छ । आइएसओ सर्टिफाइड स्कूल, कलेज, बैंक, होटल तथा सपिङ मल भनेपछि अवश्य पनि स्तरीय नै होला भनी सबैले आशा गर्छन् । र आशा गरिए अनुसार केही न केही थप सन्तुष्टि पनि पाएका छन् ।
आइएसओ भनेको अन्तर्राष्ट्रिय मापदण्ड संस्था अर्थात् क्ष्लतभचलबतष्यलब िक्तबलमबचम इचनबलष्शबतष्यल हो । अन्तराष्ट्रियस्तरको मापदण्ड अनुसार काम गर्ने भन्ने बित्तिकै स्वत: स्तरीय होला भनी अन्दाज गर्न सकिन्छ । यसले उत्पादित मालभन्दा पनि मेनेजमेन्टलाई बढी फोकस गर्छ । क्वालिटी मेनेजमेन्ट भएपछि यस्तो कम्पनी संस्थाले उत्पादन गर्ने माल तथा दिने सेवा अवश्य पनि क्वालिटीकै हुन्छ भन्ने यसको मान्यता भएको बुझिन्छ । हुन पनि यसको मान्यता अनुसार योजना नबनाई सोझै काम गर्न मिल्दैन । सानो ठूलो जे काम गर्दा पनि योजना तयार गर्नु नै पर्छ । योजना तयार भएपछि जब हामी यसलाई कार्यान्वयनमा ल्याउँछौं, लगातार अनुगमन गर्नुपर्छ । कार्यान्वयन पछि योजना अनुसार काम भयो भएन चेक गर्नुपर्छ । र चेक गर्दा जे जति त्रुटि तथा कमजोरी देखिन्छ, त्यसलाई सुधार गर्दै लानुपर्छ ।
आइएसओले तथ्याड्ढमा आधारित निर्णय गर्न प्रोत्साहित गर्छ । हड्याङ–बड्याङमा निर्णय गर्न यसले हतोत्साहित गर्छ । तथ्याड्ढ सड्ढलन, तथ्याड्ढ प्रमाणीकरण तथा प्रशोधन यसको मुटु हो । यसले प्राप्त जानकारीलाई सकेसम्म तथ्याड्ढमा रूपान्तरण गर्न प्रयास गर्छ । तथ्याड्ढमा आधारित निर्णय बलियो हुन्छ र यसलाई चुनौती दिन पनि गार्हो हुन्छ । आइएसओले ग्राहकलाई अति नै महत्त्व दिन्छ । हो पनि, ग्राहक छ र पो व्यवसाय छ । ग्राहकबिनाको व्यवसायको कल्पना पनि गर्न सकिंदैन । तर यसले आफ्नो कार्यस्थलभित्र अर्को एकाइको सहकर्मीलाई पनि ग्राहक सरह मानी उच्चतमस्तरको व्यवहार प्रदर्शन गर्न प्रोत्साहन गर्छ । आइएसओले उत्पादित माल, माल उत्पादन गर्ने प्रक्रिया तथा व्यवसायले प्रदान गर्ने सेवामा सूक्ष्म भए पनि सुधार गर्दै लानुपर्छ भन्ने कुरामा जोड दिन्छ । सुधारको अन्त्य भनेको व्यवसायको पनि अन्त्य नै सम्झनुपर्छ ।
आइएसओ सर्टिफिकेशन भएपछि पनि यसको सिद्धान्त अनुसार काम भएको छ छैन भनी आइएसओ सर्टिफिकेट दिने संस्थाबाट बराबर अडिट भइरहन्छ । अडिट गर्दा सानोतिनो बेरुजु भए सुधार गर्ने मौका दिइन्छ । तर ठूलो खालको गम्भीर बेरुजु देखिएमा सर्टिफाइ गर्ने संस्थाले सर्टिफिकेशन बदर गर्न सक्छ । आइएसओले ग्राहकको सन्तुष्टिलाई बढी फोकस गर्छ । ग्राहकले कुनै सामान खरिद गर्दा अथवा व्यवसायीबाट कुनै पनि सेवा प्राप्त गर्दा आफू ठगिएको महसुस नहोस् भन्ने तथ्यलाई महत्त्व दिन्छ । ग्राहकको गुनासो प्राप्त हुने बित्तिकै यसको कसरी निराकरण गरियो यसको डिटेल विवरण राख्न बाध्य गराउँछ । आइएसओले सहभागितामूलक निर्णय प्रक्रियालाई महत्त्व दिन्छ । साथै ज्ञान तथा सीप वृद्धिलाई पनि त्यत्तिकै महत्त्व दिन्छ । ज्ञान तथा सीप समयानुकूल हुनु नै पर्छ । हामी जे गर्छौं त्यो लेखिनुपर्छ । अनि जे लेख्छौं त्यो अनुसार गर्नुपर्छ भन्ने आइएसओ को मान्यता छ । आइएसओले व्यक्ति होइन, प्रणालीलाई मान्यता दिन्छ । प्रणालीले व्यवसायलाई ड्राइभ गर्नुपर्छ भन्ने यसको मान्यता हो । आइएसओ मा विश्वास गरौं । र सकेसम्म सबै उद्योग, व्यवसाय आइएसओ सर्टिफाइड होस् भनी आशा गरौं । आइएसओले राम्रो नै गर्छ, नराम्रो पक्का पनि गर्दैन ।