प्रस, वीरगंज, १४ असार/
बिरुवागुठीको बढनिहारस्थित खेल मैदानमा एकता युवा क्लब बिरुवागुठी द्वारा सञ्चालित बिरुवागुठी गोल्डकप २०७३ अन्तर्गत मङ्गलवार दिउँसो भएको खेलमा एकता युवा क्लब बिरुवागुठीले युवा स्पोटर््स क्लब वीरगंजलाई शून्यका विरुद्ध चार गोलले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ । आजको क्वार्टर फाइनल खेलमा एकता युवा क्लबका तर्फबाट नील मगर र रमेश चुनाराले २–२ गोल गरेका थिए ।
आजको खेलमा एकता युवा क्लबका नील मगर म्यान अफ द म्याच घोषित भए । उनलाई स्थानीय समाजसेवी बेलबहादुर उप्रेतीले पुरस्कृत गरे ।
बुधवारदेखि सेमिफाइनलका खेलहरू शुरु हुनेछ । बुधवार पहिलो सेमिफाइनल बीएफसी क्लब भरतपुर र एफसी पोतला क्लब हेटौंडाबीच हुने आयोजकले जनाएको छ ।
असार १९ गतेसम्म सञ्चालन हुने बिरुवागुठी गोल्डकप प्रतियोगितामा पर्सा, बारा, चितवन, मकवानपुर जिल्लाका ९ टिमको सहभागिता छ । प्रतियोगिताका विजेताले पचास हजार नगदसहित शिल्ड, मेडल र उपविजेयताले पच्चीस हजार नगदसहित शिल्ड, मेडल, प्रमाणपत्र पाउने प्रतियोगिता आयोजक कमिटीका अध्यक्ष सन्दीप तामाङले बताए ।