नुन समुद्रमा मात्र पाइन्न, नुनको पहाड पनि हुन्छ। पुरानो समयमा पहाडमा बस्ने मानिसहरू यस्तै नुनको पहाड फोडेर आफ्नो गर्जो टार्ने गर्दथे। नुनको पहाड नेपालमा पनि छ भन्ने कुरा बाबुबाजेको पालादेखि सुनिंदै आएको हो । २०२७ सालमा भारतले नेपालमा नाकाबन्दी लगाउँदा पञ्चायतीमन्त्रीहरू बरु पहाडको नुन खाउँला, भारतको अगाडि झुक्दैनौं भन्थे। आज पहाडको नुन खोजी गर्ने कुरा झन्डै आधा शताब्दी बित्न लागेको छ, नुन भने खोजी नै भइरहेको छ। ४५ वर्षदेखि नुनको खोजी भइरहेको र नपाइएको भने होइन, खोजी नै नगरेको हो। पछि भारतले नाकाबन्दी हटाएर नुन पठाउन थालेपछि, नुन खोज्ने कुरा सेलाएको हो। कुरा नुनको मात्र होइन। भनिन्छ नेपालमा फलाम, तामा, पेट्रोल, प्राकृतिक ग्याँस त छ, छस युरेनियमको खानी पनि छ। भएर मात्र के गर्नु ? तिनको उत्खनन र उपयोग हुनुपर्यो अनि पो हुनुको सार्थकता १ अस्ति भर्खर भारतले अघोषित नाकाबन्दी गर्दा पेट्रोलखानी खोज्ने, चीनबाट पेट्रोलियम पदार्थ मगाउने, चीन टाढा पर्ने हुँदो निकटतम बाटो निर्माण गर्ने यावत् बुद्धिमानीका कुरा उठेको हो। तर भारतले नाका खोल्नेबित्तिकै सबैथोक बिर्सियो। तत्विशेष सरकारले नुनखानी खोज्ने कुरा बिर्सेको रहेन छ।
भनिन्छ नेपालमा स्रोतको कमी नभए पनि साधनको कमी छ। हामी आज विकसित मुलुकहरूसँग साधनको भरमार हेरेर आफूलाई साधनहीन ठान्छौं। तर एक समय ती मुलुकहरू पनि नेपालजतिकै साधनहीन थिए। तिनलाई पनि साधनको कमी थियो, प्रविधिको कमी थियो, दक्षताको कमी थियो। कसरी पार पाए त यतिका भडखालोबाट ? किनकि उनीहरूमा उद्यमशीलता थियो। समाज र राष्ट्रको लागि केही गर्ने अदम्य उत्साह थियो। हामीमा हुति नभएर नै जहिले पनि पूँजी, प्रविधि र साधनको कमीको गुनासो गरिरहन्छौं। आज भारतको निगाहमा रक्सौल–अमलेखगंज पेट्रोलियम पाइपलाइनको आवश्यकता बोध भयो, त्यो कुरा त २०२७ सालको नाकाबन्दीकै बेला चीनबाट पाइपलाइन ओच्छयाएर ल्याउने कुरा थियो।
यसैलाई नदी तर्यो लौरो बिस्र्यो भनिन्छ। समस्या समाधान भयो कि आफ्नो आवश्यकता बिर्सियो। यो पशु प्रवृत्ति हो। एक छाक खाएपछि पशुले अर्को छाकको चिन्ता गर्दैन। हामीमा पशु प्रवृत्ति हावी छ। अन्यथा स्रोत त के छैन ? विश्वमा दोस्रो सर्वाधिक जलविद्युत् उत्पादन गर्ने क्षमता छ, सौर्य ऊर्जाको अपार भण्डार छ। प्राइमरी तहमा अध्ययन गर्ने आजको विद्यार्थीले पनि भन्न सक्छ, मुक्तिनाथमा ज्वालामुखी देवी अरू केही होइन, भूसतह फोडेर निस्केको प्राकृतिक ग्याँस हो। तातोपानी कुनै देवताको प्रसन्नताबाट प्राप्त वरदान होइन, पानी तताउन सक्ने रसायनको कमाल हो। खोइ खोजी भएको र त्यसबाट लाभ लिन सकेको ? अहिले पनि चेत गर्ने हो भने भोलिको सुनौलो नेपाल टाढा छैन। तर प्रचारका लागि, मन्त्रीहरूको भ्रमण भत्ताका लागि मात्र नुनखानीको खोजी गरिन्छ भने त्यो नेपाली जनतामाथि क्रूर मनोवैज्ञानिक प्रहार हो। खानी खोज्ने टोलीमा मन्त्रीको सहभागिताले यस्तै सङकेत दिएको छ । खानी खोज्ने र त्यसको व्यापारिक उपलब्धिको गणना गर्ने काम विज्ञहरूको हो। सम्बद्ध क्षेत्रका विज्ञहरूले प्रतिवेदन पेश गरेपछि मन्त्रीहरूले नीति नियम बनाएर त्यसको दोहन गर्ने र नेपालको मुहार हँसिलो बनाउने हो। खानी खोजी गर्दै हिंड्ने होइन।