विनोद गुप्ता
ई.सं. २१ जून २०१६ अर्थात् वि.सं. २०७३ असार ७ गते वीरगंज योगमय भएको अनुभूति मिल्यो । जिल्ला आयुर्वेदको अग्रसरता एवं नेपाल आयुर्वेद मेडिकल कलेज वीरगंजको सहआयोजनामा बिहान प्रभातफेरिदेखि बेलुकी योगाभ्यासको कार्यक्रम भयो भने आर्ट अफ लिभिङको तर्फबाट आदर्शनगरमा योगाभ्यास भयो । त्यस्तै अर्को कार्यक्रम भारतीय महावाणिज्य दूतावासको आयोजनामा होटल भिस्वामा बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म सम्पन्न भयो । जिल्ला आयुर्वेद एवं भारतीय महावाणिज्य दूतावास गरी दुवैतर्फबाट निमन्त्रण भएको र आफू पनि योगबारे जान्न उत्साहित भएकोले बिहानको सत्रमा महावाणिज्य दूतावास र बेलुकीको सत्रमा जिल्ला आयुर्वेदको कार्यक्रममा सहभागी हुनेगरी बिहान ६ बजे नै होटल भिस्वा पुगे । भारतीय महावाणिज्य दूतावासको कार्यक्रम बिलकुल समयमा शुरु हुन्छ भन्ने सुनेको भए पनि कार्यक्रम करिब डेढ घण्टा ढिलो शुरु भयो । योगाभ्यासको सत्रमा सहभागी हुने क्रममा दुईवटा कुराहरू अत्यन्त महत्त्वपूर्ण लाग्यो । पहिलो योग गर्दा आफ्नो अयmायचत भिखभ िभन्दा बढी कहिले पनि गर्न नहुने र विभिन्न रोगहरूबाट ग्रसित व्यक्तिहरूको लागि वर्जित योग त बिलकुलै नगर्ने । योगाभ्यासपछि विभिन्न वक्ताहरूले आआफ्नो क्षेत्रबाट कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यपत्र सत्रमा विभिन्न रोचक जानकारीहरू पनि प्राप्त भयो । २१ जूनलाई नै विश्व योग दिवसको रूपमा मनाउनुको तात्पर्य अथ्र्याउँदै महावाणिज्यदूतले यो दिन वर्षकै सबैभन्दा लामो दिन भई सूर्यको प्रकाश पृथ्वीमा अन्य दिनहरूको तुलनामा करिब १ घण्टा १७ मिनेट जति बढी रहने भएकोले यस दिनलाई नै योग दिवसको रूपमा मनाउन थालिएको मन्तव्य राखेकी थिइन् भने डेपुटी काउन्सिलरले योग र इस्लामको सम्बन्धमा प्रकाश पार्दै मुस्लिम समुदायबाट सूर्य नमस्कार नगर्ने भनाइको प्रतिवाद गर्दै सूर्य र चन्द्र अल्लाहकै रचना भएकोले प्रतिवादको कुनै कारण नभएकोले मुस्लिम समुदायलाई समेत यसमा सहभागी हुन आग्रह गरेका थिए । योग र आहार विषयमा नेपाल आयुर्वेद मेडिकल कलेज एवं नेशनल मेडिकल कलेजबाट क्रमश: डा. देवेशचन्द्र पाठक र डा. अर्पिताले कार्यपत्र प्रस्तुत गर्दै स्वस्थ आहार–शाकाहार सम्बन्धमा प्रकाश पारेका थिए ।
त्यसैगरी जिल्ला आयुर्वेदको बेलुकीको सत्रमा समेत योगगुरुले ८० प्रतिशत रोगहरूलाई आधुनिक चिकित्सा पद्धतिले समेत मानसिक विकारसँग सम्बन्धित रोगहरूको वर्गमा राखेको र योगले शारीरिक विकारलाई मानसिक सन्तुलन ल्याई ठीक पार्ने भएकोले योग शरीरको लागि अपरिहार्य भएको भनाइ प्रस्तुत गरेका थिए ।
दुवै सत्रमा भाग लिइसकेपछि योगको अपरिहार्यता शरीरको लागि कति महत्त्वपूर्ण छ भन्ने त बुझें तर त्यसबाहेक पनि योगको महिमा हुन्छ कि हुँदैन भन्ने कौतुहूलता पलाएर आयो । ॐ शब्दको रचना भएको होइन यो स्वयं उत्पन्न भएको योगगुरुहरूको भनाइ र शिव निराकार हुन्छन् भन्ने मान्यतामा नै आधारित रहेर सोच्दा ॐ को उत्पत्ति शून्यमा सम्भव छैन र प्रकृति निराकार हुने भएकोले त्यही नै शिव हो, शक्तिको स्रोत हो भनेर मान्न मिल्छ कि मिल्दैन ? मानिसले आफ्नो ध्यान केन्द्रित गर्न र मन एकाग्र गर्न शक्तिलाई विभिन्न आकार दिन खोजेकोले मूर्तिपूजाको प्रचलन शुरु भएको हुन सक्छ । त्यसैले मनुष्य एवं प्रकृतिको सम्बन्ध पनि योग हुनुपर्छ । यसको सबैभन्दा जल्दोबल्दो उदाहरण नेपालकै चारकोसे झाडीलाई लिन सकिन्छ । चार कोसे झाडी हुँदा नेपालको जनसङ्ख्या बढीमा १ करोडसम्मलाई थेग्दा हरियो वन नेपालको धन भन्ने उक्ति चरितार्थ भइरहेकै हो । आज नेपालको जनसङ्ख्या ३ करोडको हाराहारीमा पुगिरहँदा चारकोसे झाडी १ कोसमा परिणत भएकोले पानी नपर्ने, बाढी, पहिरो, मरुभूमीकरणजस्ता तमाम समस्या नेपालले भोग्नुपरेको छ । अत्यन्तै विकसित मुलुकहरू–जस्तै अमेरिका र चीनमा पनि अझसम्म प्राकृतिक विपदाबाट हुने क्षति रोक्ने सामथ्र्य आइसकेको छैन । त्यसैले मनुष्यको शरीरको मस्तिष्कसँग जोडिनु योगको एउटा पक्ष हो भने मनुष्यको प्रकृतिसँग जोडिनु दोस्रो पक्ष हो ।
अब कुरा गरौं भारत र नेपालको बीचमा विकसित असहज सम्बन्धको । नेपालको संविधान जारी भएपछि भारतसँग नेपालको सम्बन्ध यतिबिघ्न बिग्रियो कि भारतले नेपालमाथि अघोषित नाकाबन्दी नै लगायो, जसमा मधेसी दलहरू प्रयोग भए । नाकाबन्दी केही दिन चल्यो तर जुन हिसाबले यसको अन्त्य भयो त्यो शुरु भएजस्तै असामान्य प्रक्रियाबाट नै भयो । किन यसो भयो होला भनेर विचार गर्दा सदीयौंदेखि जनस्तरमा रहेको नेपाल–भारत सम्बन्धले दुवैतर्फको नागरिकको कार्यशैली र सोचबीच विकसित भएको क्ष्लतचब एभचकयलब िर क्ष्लतभचउभचकयलब ि सम्बन्धको सन्तुलनलाई असन्तुलित बनायो जसले गर्दा दुवै देशका जनताले एकअर्काको परिपूरक भइरहन जुन बाटो अख्तियार गरे त्यस अगाडि सरकारी नीति असफल भयो र दुवै देश अब एकअर्काबीचको असमझदारी हटाएर अगाडि बढ्न सहमतितर्फ अग्रसर भइरहेका छन् । यो योगको तेस्रो पक्ष हो ।
मानिसको सङ्ख्या बढ्दै जाँदा समूह गठन हुँदै पछि प्राकृतिक सम्पदाको उपयोग र सम्पत्ति आर्जनको लागि राज्यको गठन भयो । आज हामी विश्वव्यापीकरणलाई आधुनिक युगको उत्पत्ति ठान्छौं तर त्यति बेला पनि सिल्क रोडको निर्माण व्यावसायिक प्रयोजनको लागि भइ नै सकेको थियो । यसको प्रयोगले आफूकहाँ बढी भएको उत्पादन कम उत्पादन हुने देशमा बढी मूल्यमा पठाउने र आफूसँग नभएको वस्तु बढी उत्पादन हुने देशबाट सकेसम्म कम मूल्यमा खरिद गर्ने प्रचलन नभएको होइन । यसै अन्तर्निर्भरतामा देखिएको बाधा व्यवधान हटाउन न्ब्त्त् हुँदै हामी ध्त्इ सम्म आइपुगेका छौं तर बाधा सम्पूर्णरूपमा अझै हट्न सकेको छैन । किनभने अहिले पनि मानिसले अर्को मानिसलाई आफूजस्तै मानिस ठान्न सकेको छैन । त्यसैले व्यापारको विश्वव्यापीकरणसँगसँगै योगको पनि विश्वव्यापीकरण आवश्यक छ ।
पहिला–पहिला देशहरूको उन्नतिको अवस्था प्रतिव्यक्ति आय र आर्थिक वृद्धिदरले हेर्ने गणितीय प्रचलनलाई अब न्चयकक ज्बउउष्लभकक क्ष्लमभह बनाएर हेर्ने प्रचलन आउन थालेको छ । जिएचआईबाट देशको उन्नतिको अवस्थाको गणना हुन थालेपछि शरीरको उत्पादकता बढाउने मस्तिष्कसँगको सन्तुलन बनाउन योगमन आवश्यक र अपरिहार्य हुन जानेछ । त्यसैले योग दिवसको सहभागिताबाट मैले सिकेको पाठ के हो भने अन्तर्निर्भरता नभइ नहुने भएकोले दुवै पक्ष त्यो शरीर वा मस्तिष्क होस्, दुई व्यक्ति वा दुई देशले एकआपसमा सृष्टिको सवै तत्त्वसँग सन्तुलन कायम राख्न सक्नुपर्छ र यही नै विकास हो अन्यथा विनाश अवश्यम्भावी छ ।