$type=ticker$count=12$cols=4$cate=0

पर्सा–बारामा पनि धान दिवस मनाइयो

SHARE:

प्रस, वीरगंज, १५ असार/
    असार १५ गते मनाइँदै आएको राष्ट्रिय धान दिवस बुधवार पर्सा जिल्लामा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ।
    व्यावसायिक धानखेतीको आधार, सामुदायिक नर्सरीको विस्तार भन्ने नाराका साथ १३ औं राष्ट्रिय धान दिवस पर्सा जिल्लामा सरकारी तथा गैरसरकारी संस्थाको पहलमा मनाइएको छ। धान दिवसको अवसरमा जिल्ला कृषि कार्यालय, पर्साले वीउमनपाको अलौमा धान रोपाइँ गरी कार्यक्रम मनाएको छ।
    स्थानीय महिला कृषक समूह अलौद्वारा आयोजित धान दिवस समारोहको प्रजिअ केशवराज घिमिरेले धान रोपाइँ गरी उद्घाटन गरेका थिए । उनले नेपालीहरूको प्रमुख बाली धानखेती भएकोले यसको खेती उन्नत प्रविधिबाट गन सुझाव दिएका थिए। स्थानीय विकास अधिकारी विश्वप्रकाश अर्यालको अध्यक्षतामा आयोजित धान दिवस कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय, पर्साका प्रमुख वीरेन्द्रप्रसाद सिन्हा, कृषि सामग्री संस्थान क्षेत्रीय कार्यालयका प्रमुखलगायतले मन्तव्य व्यक्त गरेका थिए। वार्षिकरूपमा असार १५ का दिन मनाइने धान दिवसको अवसरमा बुधवार अलौमा सहभागी कृषक र सरोकारवाला सरकारी कर्मचारीहरूले हिलो छ्यापाछ्याप र धान रोपेर दिवस मनाएका थिए।
प्रमोद यादव, रङगपुर, १५ असार/
    धान दिवसको अवसरमा जिल्ला वन कार्यालय पर्सा, सामुदायिक वन उपभोक्ता महासङ्घ र खसिया गढीमाई वन उपभोक्ता समितिको संयुक्त आयोजनामा बगवन्ना गाविसको अतिक्रमित वन क्षेत्रमा बुधवार वृक्षरोपण गरिएको छ।
    पशुपतिनगरको २० हेक्टर जमिनमा सिमल, अमला, खैर, साल, मसाला, तेजापात, बकैनो, टिक, सिसौ, अर्जुन, डाले घाँसलगायत तीन हजार बिरुवा रोपिएको हो।
    कार्यक्रमका प्रमुख अतिथि जिल्ला वन कार्यालय पर्साका प्रमुख चन्द्रदेव लाल कर्ण तथा वक्ताहरूले वन अतिक्रमण, चरिचरन र अवैध चोरी निकासी रोक्न जोड दिएका थिए।
    वनसम्पदाको चोरी निकासी नियन्त्रणको लागि सामुदायिकलाई जिम्मेवारी दिए स्थानीय तस्करी नियन्त्रण गर्न सजिलो हुने जिल्ला वन कार्यालय, पर्साका प्रमुख चन्द्रदेवलाल कर्णले बताए। उनले वन क्षेत्र अतिक्रमण गरी किसानले धान, मकै बाली लगाएकोमा सो कार्य अविलम्ब नरोके कारबाई गर्ने बताए। वन क्षेत्रमा ९ लाखको तारबार लगाएर साना बिरुवा जोगाउने प्रयास भइरहेको उनले बताए ।
    सबैया साझेदारीका संयोजक लखनलाल साह, कोइलाभार विन्दवासिनी साझेदारीका शैलेन्द्रप्रसाद यादव, सामुदायिक प्रकोप व्यवस्थापन समितिका राष्ट्रिय सञ्जाल, पर्साका अध्यक्ष भगिरथ गिरी, वासुदेव चौधरी, कैलाश महतो, पार्वती तिवारीलगायतको कार्यक्रममा उपस्थिति थियो ।  कार्यक्रम मधुवन मथवल सेक्टर वन कार्यालय बढनिहारका सहायक वन अधिकृत सरजुगप्रसाद चौरसियाको सभापतित्वमा सम्पन्न भएको थियो।
प्रस, परवानीपुर/
    क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरले पनि १३ औं राष्ट्रिय धान दिवस धान रोपाइँ  गरी मनाएको छ। अनुसन्धान केन्द्रको परिसरमा रहेको खेतमा कर्मचारी तथा कामदारहरूको सहभागितामा धान रोपाइँ गरिएको थियो ।
    कार्यक्रमको उद्घाटन केन्द्रका प्रमुख तुफैल अख्तरले गरेका थिए। कार्यक्रममा परवानीपुर आसपासका किसानहरूको समेत सहभागिता थियो।
प्रस, पथलैया/
    राष्ट्रिय धान दिवसको अवसरमा जिल्ला कृषि कार्यालय बारा र समाज सुधार कृषि सहकारी संस्थाले बुधवार डुमरवानामा धान रोपाइँ र दही–चिउरा खाने कार्यक्रम गरेको छ।
    कार्यक्रमको बारा क्षेत्र नं. ६ का सभासद् पुरुषोत्तम पौडेलले उद्घाटन गरेका थिए। कार्यक्रमको उद्घाटन गर्दै पूर्व युवा तथा खेलकुदमन्त्री पौडेलले कृषि क्षेत्रमा विभिन्न चुनौती भए पनि यान्त्रिक प्रविधिले किसानलाई राहत मिलेको बताए ।
    राज्यले किसानका समस्या हेर्ने भन्दै पौडेलले व्यावसायिकरूपमा अघि बढ्नका लागि यान्त्रिक प्रविधि प्रयोग गर्न आग्रह गरे। कृषि क्षेत्रमा भित्रिएको प्रविधि प्रयोगका लागि राज्यले किसानलाई सहयोग गर्न जरुरी रहेको उनको भनाइ थियो। कार्यक्रम उद्घाटनपछि पौडेलले खेतमा पुगेर यान्त्रिक मेसिनले रोपाइँ समेत गरेका थिए।
    सांसद पौडेलसँगै बाराका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङगानाले समेत मेसिनले रोपाइँ गरे। पूर्वमन्त्री र प्रजिअले रोपाइँ शुरु गरेपछि कार्यक्रममा सहभागीले गीत गाउँदै रोपाइँ गरेका थिए । रोपाइँका क्रममा एकअर्कालाई हिलो छ्यापाछ्याप गरेको दृश्य हेर्नलायक थियो। रोपाइँपछि सहभागीले दही–चिउरा खाएर नाचगान गरेका थिए।
    जिल्ला कृषि कार्यलयका प्रमुख जितेन्द्र यादव र समाज सुधारका अध्यक्ष नारायणदत्त अधिकारीको संयुक्त अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वसभासद जयराम दहाल, नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य क्षेत्रबहादुर श्रेष्ठ, बाराका प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेती, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घका सञ्चालक कृष्ण पौडेल, नेकपा एमाले बाराका प्रशिक्षण विभाग प्रमुख मनोज पौडेललगायत विभिन्न सहकारी संस्थाका अध्यक्ष र प्रतिनिधिको सहभागिता रहेको थियो।
    यस अघि समाज सुधारले धान काट्न प्रयोग गरिने यान्त्रिक प्रविधि सहभागीलाई अवलोकन गराएको थियो। धान काट्न प्रयोगमा ल्याइने यन्त्रबाट धान काटेर देखाइएको थियो। समाज सुधारले अहिले धानको बीउ छर्न, बीउ रोप्न, गोड्न, औषधि छर्न, काट्न र धान झार्नसमेत यन्त्र प्रयोग गर्न किसानलाई सिकाउँदै प्रयोगमा ल्याउन थालेको छ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : पर्सा–बारामा पनि धान दिवस मनाइयो
पर्सा–बारामा पनि धान दिवस मनाइयो
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj-Kscxr0ZGxO5WmYICdMfOMbCp-LrtLSjTV_PElW1hIfjvRWBv8JKqkhPNx0kqilRb_DYvUKu8IUTqYvuWi204jKuZ4mnmg65qJ8woD2cwYCFfLyqgzsQODyvUc8caSCfguD_Fv-_1fI4/s400/dhan.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj-Kscxr0ZGxO5WmYICdMfOMbCp-LrtLSjTV_PElW1hIfjvRWBv8JKqkhPNx0kqilRb_DYvUKu8IUTqYvuWi204jKuZ4mnmg65qJ8woD2cwYCFfLyqgzsQODyvUc8caSCfguD_Fv-_1fI4/s72-c/dhan.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2016/06/blog-post_733.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2016/06/blog-post_733.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy