–कुमार रुपाखेती
अचेल प्राय: आपराधिक गतिविधिका कारण वीरगंज चर्चामा रहन्छ । दक्षिणी खुला सिमाना अपराधीहरूको निम्ति वरदान र दुवै मुलुकका स्थानीय प्रशासनका लागि अभिशाप बन्दै आएको छ । केही समयअघि भारतीय अपराधीहरूद्वारा सीमा क्षेत्रमा अपहरणमा परेका केडिया परिवारका सदस्य सुरेश केडियाको मुक्तिका खातिर स्थानीय प्रहरी प्रशासनको सक्रिय भूमिकालाई सबैले मुक्तकण्ठले प्रशंसा गर्नैपर्छ ।
तर आपराधिक चलखेलका बीच पनि सीमावर्ती शहर वीरगंजका बासिन्दाहरूले राम्रो काम गरेर वीरगंज पर्सालाई धोइपखाली गर्न प्रयत्नशील देखिन्छन् । कुरा ‘पाइला’ त्रैमासिक साहित्यिक पत्रिकाको हो । स्थानीय साहित्यिक पत्रिका ‘सगर’ बन्द भएको करिब करिब एक दशकपछि पाइला नामक त्रैमासिक साहित्यिक पत्रिकाको विमोचन शनिवार १५ जेठमा गीता मन्दिरको प्रा·णमा भयो । धु्रवचन्द्र गौतम, श्यामप्रसाद शर्मा, स्व. भीम विराग, विमल निभा र धनुषचन्द्र गौतम वीरगंजकै निधि हुन् । यिनीहरूको जन्मथलो पर्साको वीरगंज भएपनि अचेल यिनको कर्मथलो राजधानीको काठमाडौं बनेको छ ।
वर्तमान अवस्थामा वीरगंजमा साहित्यकार र साहित्यिक पत्रिकाको खडेरी नै परेको कसैसँग छिपेको छैन । भनिन्छ, वीरगंजमा बरु गाँजाखेती मौलाउन सक्छ, तस्करी मौलाउन सक्छ तर साहित्यिक फाँट बाझो नै रहन्छ । यहाँ साहित्य र साहित्यकार मौलाउने वातावरण नै छैन रे । तर उपरोक्त कुरालाई असत्य साबित गर्दै वीरगंज साहित्य परिवार पर्साले पाइलालाई जन्माएको छ । प्रभात काव्य–यात्रा, भोजपुरी साहित्य र लक्ष्मी साहित्य समाजले साप्ताहिक कार्यक्रम गरेर नेपाली साहित्यलाई वीरगंजमा जोगाउने प्रयत्न गर्दै आएको सबैलाई थाहै छ । साप्ताहिकरूपमा साहित्यिक कार्यक्रम गरेर, स्थानीय साहित्यकारहरूलाई भेला गरेर कथा, कविता वाचन गराएर आफ्नो अस्तित्व र पहिचान पाउन केही साहित्यिक संस्थाहरू यहाँ सक्रिय छन् । तर यस्ता साहित्यिक कार्यक्रमहरूमा स्थानीयरूपमा चर्चित साहित्यकारहरूको उपस्थिति भने न्यून देखिन्छ । मैले पनि त्रैमासिकको पहिलो अड्ढ हेरें । नवप्रतिभाहरूको कलमको तीखो प्रहार पनि देखें । पहिलो प्रयास वा भनौं पहिलो पाइला भएकोले अलिअलि भाषिक त्रुटिबाहेक यो साहित्यिक पत्रिकाको भविष्य उज्ज्वल देखें । यो पत्रिकामा वीरगंजमा नियमितरूपमा आयोजना हुँदै आइरहेका साहित्यिक गोष्ठीहरूमा सक्रिय सहभागिता जनाउँदै आएका कवि, कवयित्रीहरूको मार्मिक र देशभक्तिपूर्ण कविता, लेख र भावनाहरू समावेश गरिएका छन् ।
पत्रिकाले सम्पादकीयमा नै स्थानीय अग्रज साहित्यकारहरूलाई छोड्न नचाहेको तर स्थान दिने आँट नभएको जनाएर आफ्नो उदारता प्रकट गरेको छ । पत्रिकाले सानै आकारमा भएपनि आफ्नो ३६ पृष्ठमा करिब दुई दर्जनभन्दा बढी स्रष्टाहरूको लेख, रचना, कविता, लघुकथा, निबन्ध आदि छापेर आफ्नो सक्रियता प्रदर्शन गरेको छ ।
वीरगंज औद्योगिक नगरी हो । यो राजधानीपछि धनाढ्य र उद्योगपति बस्ने शहर हो । यहाँ राजनीतिक गतिविधिसमेत तीव्ररूपमा भइरहन्छ । मधेस आन्दोलनका बखत लामो समयसम्म उथलपुथल भएको ठाउँ हो, वीरगंज । राजनीतिक दलहरूले पार्टी सञ्चालनका लागि दरिलो आर्थिक दोहन र चन्दा उठाउने क्षेत्र हो यो ।
तर यो ख्यातिप्राप्त शहरमा कला, संस्कृति, साहित्य र खेलकुदका गतिविधिहरू एकादेशका कथा साबित भएका छन् । साहित्यिक मरुभूमिमा परिणत हुँदै गएको यो शहरमा साहित्यिक पत्रिका निकाल्नु र फलामको चना चपाउनु उस्तैउस्तै कुरा हो ।
तर पनि समीर पाख्रिनहरूले यहाँ साहित्यिक पत्रिका निकाल्ने दुस्साहस गर्नु कम चुनौतीपूर्ण छैन । साहित्यिक पत्रिकाको पाठक, लेखक र बजार तिनै थोकको यहाँ अभाव छ । अब यस्तो अवस्थामा पाइला त्रैमासिकले आफ्नो अस्मिता र निरन्तरता कसरी जोगाउँला भन्ने प्रश्न कम समसामयिक छैन ।
तर वीरगंज साहित्य समाज पर्साले जेठ २२ गते शनिवार गीता मन्दिरमा आयोजना गरेको समीक्षा गोष्ठीमा सहभागीहरूको जोशपूर्ण, तर्कपूर्ण कुरा सुन्दा पाइलाले दीर्घकालीनरूपमा निरन्तरता पाउनेमा धेरै स्रोता ढुक्क देखिए । तर पनि स्तरीय साहित्यकार, स्थानीय पुराना साहित्यकारहरूको लेख, रचना बढीभन्दा बढी सड्ढलन गर्नेतर्फ सम्पादकमण्डल सक्रिय नभएको गुनासोसमेत सुनियो । तसर्थ यस पत्रिकाको दीर्घायु र स्तरीयताका लागि यसका प्रकाशकहरूले अथक प्रयास गर्दै यसलाई जनस्तरमा पुर्याउन सके, यसको भविष्य झनै सुनिश्चित र भरपर्दो हुने देखिन्छ । पाइला त्रैमासिकको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।