प्रस, वीरगंज, १५ असार/
आर्थिक वर्षको अन्तिम हप्तामा जोगिएको रकम पर्सामा रहेका विभिन्न सङ्घसंस्थाहरूले भ्रमणको नाममा सिध्याएको समाचार प्राप्त भएको छ।
सामाजिक विकासको नाउँमा जिल्ला विकास समितिबाट सञ्चालित स्थानीय शासन तथा सामुदायिक विकास
(एलजिसिडिपी) कार्यक्रम पाएका पर्साका केही मुख्य संस्थाहरूले भ्रमणको नाममा लाखौं रुपियाँ सिध्याएको देखिन्छ ।
पर्सा जिल्लाको ६६ वटा गाविसमध्ये एलजिसिडिपी कार्यक्रम सञ्चालनको लागि ग्रामीण समाज विकास केन्द्रले १३ वटा गाविस, सूर्योदय युवा क्लबले १३ वटा गाविस, आदर्श जनसेवा युवा क्लब १३ वटा, न्यु जनज्योति युवा क्लब १४, ब्रिलियन्ट युवा क्लब १३ वटा गाविसहरूमा कार्यक्रम सञ्चालन गरिरहेका छन्। यी पाँचै संस्थाले क्षमता अभिवृद्धिको लागि भ्रमण गर्न लागेको दाबी गरेका छन्। सामाजिक विकासको लागि आएको रकम भ्रमण तथा मोजमस्तीमा खर्च गर्नु गलत भएको पर्साका बुद्धिजीवीहरूले आरोप लगाएका छन्।
संस्थाहरूले भ्रमणमा लगेपछि फेसबूकमा हालेका मोजमस्तीका फोटोहरू अहिले पर्सामा चर्चाको विषय बनेको छ। भ्रमण तथा मोजमस्ती गर्न गएका जिविस प्रतिनिधि विनोद यादवले ६६ गाविसबाट वडा नागरिक मञ्चका संयोजक, सदस्य, सामाजिक परिचालक, प्राविधिक एवं क्लबका प्रतिनिधि गरी ५ जनाको दरले ३३० जना भ्रमणको लागि गएको बताए। प्रत्येक संस्थालाई २ लाख ९७ हजार रकम छुट्याएको यादवले बताए। यो भ्रमण गैरसरकारी संस्थाहरूले गराएको नभई जिविसको रकम खर्च गरेर गराइएको उनी बताउँछन्।
स्रोतका अनुसार सूर्योदय युवा क्लब सिन्धुली, ब्रिलियन्ट युवा क्लब लुम्बिनी, न्यु जीवनज्योति युवा क्लब नवलपरासीको बर्दघाट, आदर्श जनसेवा युवा क्लब धनुषा, ग्रामीण समाज जिल्ला विकास केन्द्र मकवानपुरको भ्रमणमा गएको बुझिएको छ।
जिविसबाट सञ्चालित एलजिसिडिपी कार्यक्रम ६६ गाविसमा सञ्चालन गर्ने जिम्मा पाएका गैरसरकारी संस्थाहरूको माध्यम हुँदै गाविसस्थित सचेतना केन्द्रहरूको खातामा रकम पुग्छ। स
चेतना केन्द्रमा पुगेको रकमको हरहिसाब पुन: जिम्मेवारी पाएको गैरसरकारी संस्था हुँदै जिविसमा पुगेर फछ्र्योट हुने गर्छ। यसरी सचेतना केन्द्रमा पुगेको रकम जिविस पर्साले आफ्नो जिम्मा लिंदै भ्रमण गराएको स्रोतले बताएको छ।
क्षमता अभिवृद्धि गर्न भन्दै भ्रमणमा पठाएको सामाजिक अधिकृत धर्मराज थापा बताउँछन्। पर्सा र अन्य जिल्लाहरूमा भएको काम तुलनात्मक हिसाबले मूल्याङकन तथा अनुगमनको लागि पठाएको उनले दाबी गरे। तर वीरगंजमा रहेका एक सामाजिक संस्थाले पर्साको लागि मात्र यति ठूलो रकम भ्रमणको लागि खर्चिनु गलत भएको बताए। भ्रमणमा जानु ठीक हो तर क्षमता अभिवृद्धिको लागि असार मसान्त नै ताक्नु गलत भएको उनले बताए।