प्रस, वीरगंज, १३ असार/
नारायणी उपक्षेत्रीय अस्पतालमा तीन साता पहिले तेल सम्बन्धी भएको अनियमितताबारे बुझाइएको प्रतिवेदन जिल्ला प्रशासन कार्यालयमा थन्किएको छ ।
प्रतिवेदन दुई साता पहिले जिल्ला प्रशासन कार्यालय, पर्साले बुझेको प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले बताएका छन् । राजनीतिक दबाबमा परी जिल्ला प्रशासन कार्यालयले कारबाई प्रक्रिया अगाडि नबढाएको नाउक्षे अस्पतालका एकजना कर्मचारीले बताए । जेठ २३ गते बिहान नाउक्षे अस्पतालको जेनेरेटर राखेको नजिकैको नालामा सय लिटर डिजल फालिएको अवस्थामा फेला परेको थियो ।
घटनाबारे छानबिन गर्न सोही बेला निमित्त मेसु डा. अतुलेश चौरसिया, नाउक्षे अस्पतालका प्रशासकीय अधिकृत रमेश चौधरी, स्टोर प्रमुख वीरेन्द्र चौधरी, कर्मचारी युनियनका अध्यक्ष रामेश्वर कुर्मीको नेतृत्वमा छानबिन समिति गठन भएको थियो । छानबिनको क्रममा कर्मचारीहरूसँग लिखित र मौखिक बयान लिइएको थियो । समितिले कर्मचारीसँग लिएको लिखित बयानसहित प्रतिवेदन जिल्ला प्रशासनमा बुझाउँदा र निर्णय गर्न खोज्दा कर्मचारी युनियनका अध्यक्ष रामेश्वर कुर्मीले प्रतिवेदनमा सहीछाप नगरी हिंडेको अस्पतालका मेसु डा. रामपरीक्षण यादवले बताए ।
कर्मचारी नेता भएको र कर्मचारीविरुद्ध हुने कारबाईमा सही नगर्ने भन्दै कुर्मी बाहिरिएको मेसु यादवको भनाइ छ । कर्मचारीले नै बदमाशी गरेको र उनीहरूलाई कारबाई गर्नेगरी छानबिन टोलीले प्रतिवेदन पेश गरेको बेला कर्मचारी युनियन यसरी गैरजिम्मेवार बन्नु अनुचित भएको मेसु यादवको भनाइ छ ।
अस्पतालमा विगत लामो समयदेखि इलेक्ट्रिक शाखाका इन्चार्ज सन्तोष सिंहले डिजल खरिद गर्दै आएका थिए । बढी तेल खर्च भयो भनी नियन्त्रण गर्न तेल खरिद गर्ने जिम्मा स्टोरलाई दिएपछि आफ्नो कर्तुत लुकाउन तेल नालामा बगाएको अस्पतालका कर्मचारीहरूले बताएका थिए ।