प्रस, वीरगंज, १५ असार/
पर्सा जिल्लामा ८३ वटा कुखुरापालन गर्ने पोल्ट्री फर्म रहे पनि उनीहरूले भारतीय चल्लामा आश्रित हुनुपरेको छ । लामो समयदेखि पर्सा जिल्लामा कुखुरा उत्पादन हुँदै आए पनि यहाँ उत्पादित कुखुरा चल्ला खुला सीमाको कारण भारतीय बजारबाट आउने गरेको बताइएको छ।
जिल्ला पशु कार्यालय, पर्साले ८३ वटा पोल्ट्री फर्म हालसम्म दर्ता भएको तर त्यहाँ उत्पादित कुखुराहरूको चल्ला भारतबाट आउने कुरा खुलारूपमा स्वीकार गरेको छैन।
पोल्ट्री फर्महरूको वकालत गर्दै पशु कार्यालयले यहाँ आउने चल्लाहरू चितवनको ह्याचरीबाट आउने गरेको बताएको छ। तर कुखुरा उत्पादन गर्ने पोल्ट्री फर्मका सञ्चालकमध्ये केहीले भारतबाट चल्ला ल्याएर उत्पादन गर्ने गरेको बताए। उनीहरूले भारतमा उत्पादित चल्ला सस्तो हुनाले चितवनमा रहेको ह्याचरीको बिल, भौचर प्रयोग गरी भारतबाट कुखुराको चल्ला ल्याउने गरेको बताए।
जिल्ला पशु कार्यालयले ८३ वटा पोल्ट्री फर्म रहे पनि जिल्लामा भर्खरै सञ्चालनमा आएको शिवम् ह्याचरीबाहेक हालसम्म कुनै पनि ह्याचरी नभएको बताएको छ। समाचार प्रकाशनको सन्दर्भमा जिल्ला पशु कार्यालयले चितवनबाट चल्ला आउने गरेको बताए पनि व्यक्तिगतरूपमा समाचार नछाप्ने शर्तमा भने भारतबाटै आउने गरेको स्वीकार गरेको छ।
पर्सा जिल्लामा दैनिक, मासिक, वार्षिक कति कुखुराको चल्ला आवश्यक छ भन्ने कुरामा पनि जिल्ला पशु कार्यालयसँग यकिन तथ्याङक छैन।
यसैगरी ८३ वटा पोल्ट्री फर्महरूबाट कति कुखुरा उत्पादन हुन्छ र जिल्लामा दैनिक कुखुराको मासुको माग कति छ भन्ने कुरामा पनि पशु कार्यालय अनभिज्ञ छ। भर्खरै सञ्चालनमा आएको शिवम् ह्याचरीले साप्ताहिक ४८ हजार चल्ला उत्पादन गर्ने बताएको छ। १८ करोडको लागतमा सञ्चालनमा आएको शिवम् ह्याचरी जिल्लाकै पहिलो ह्याचरी भएकोले पनि यहाँ खपत हुने चल्लाहरू अवैधरूपमा भारतबाट आउने गरेको पुष्टि हुन्छ। यसको अलावा सीमा क्षेत्रमा रहेका प्रहरी र सशस्त्रले दैनिक भारतीय चल्ला पक्राउ गरी नष्ट गर्ने गरेको समाचारले पनि पर्सा जिल्लामा पोल्ट्री फर्महरूले भारतीय चल्लाको प्रयोग गर्ने गरेको पुष्टि गर्दछ।
हालै सञ्चालनमा आएको शिवम् ह्याचरीले कुखुराको चल्ला माग बढेमा उत्पादन बढाउन सक्ने बताएको छ। हाल सातामा दुईपटक उत्पादन गर्न शुरु गरेको ह्याचरीले जिल्लामा रहेका पोल्ट्री फर्महरूसम्म चल्ला पठाउने र बजार विस्तार गर्ने कुरामा विशेष ध्यान दिएको जनाएको छ।