प्रस, निजगढ, १६ असार/
निजगढ नगरपालिकाले एक समारोहबीच बिहीवार जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।
१०० वर्ष नाघेका स्थानीय अयोध्यामाई घिमिरे, रनदत्त सापकोटा र चन्द्रप्रसाद दाहाललाई सम्मान गरिएको हो । जनही रु ६ हजार ५ सय, सम्मानपत्र, दोसल्ला र हर्लिक्स प्रदान गरेर जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।
जेष्ठ नागरिक समाज, राज्यका ज्यूँदा इतिहास र गहना भएकाले उनीहरूको सम्मान गर्नु नैं आफ्नो, समाज र राज्यको सम्मान हुने निजगढ नगरपालिकाका कार्यकारी अधिकृत विमल पोखरेलले बताए ।
जेष्ठ नागरिकलाई अधिकृत विमल पोखरेल, निजगढ नगर विकास समितिका अध्यक्ष सुरेश खनाल, राजनीतिकर्मी दिलबहादुर लामा, महेशी कुमर, बेनीबहादुर मोक्तान, वासुदेव तिमल्सिना, रविराज दंगाललगायतले सम्मान गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि जेष्ठ नागरिक नगर समन्वय समिति निजगढका उपाध्यक्ष पद्मलाल गौतम थिए भने सभापतित्व कार्यकारी अधिकृत विमल पोखरेलले गरेका थिए । कार्यक्रमको सञ्चालन लीला खनालले गरेकी थिइन् । उपस्थित जेष्ठ नागरिकहरूलाई सम्मानस्वरूप गम्छा प्रदान गरिएको थियो ।