$type=ticker$count=12$cols=4$cate=0

वीरगंजमा अभिभावकको पहिलो रोजाइ बन्छौं– प्रिन्सिपल चौधरी

SHARE:

  
 विगत ११ वर्षदेखि वीरगंज क्षेत्रको शिक्षाको इतिहासमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको दिल्ली पब्लिक स्कूलले यस शैक्षिक सत्रमा पनि  नयाँ सोचका साथै नयाँ प्रिन्सिपललाई स्वागत गरेको छ। यसै शैक्षिक सत्रदेखि डा. जि एस (गौरीशङकर )चौधरी प्रिन्सिपल भएर आउनुभएको छ। विद्यालय र क्याम्पस तहको ३० वर्षे अध्ययन अध्यापनको अनुभव सँगाल्नुभएका चौधरीले अङ्ग्रेजी विषयमा विद्यावारिधि गर्नुभएको छ। त्रिभुवन विश्वविद्यालयमा १८ वर्ष र काठमाडौंका विभिन्न स्कूलमा करिब १२ वर्ष अध्यापन गराउनुको साथै प्रिन्सिपलको कार्यभार सम्हाल्नुभएका डा. चौधरीको आगमनसँगै डिपिएस वीरगंजको ऊर्जा थपिएको छ। देश–विदेशको शिक्षा प्रणालीको जानकारी राख्ने चौधरीले डिपिएसलाई अब यहाँका अभिभावकहरूको पहिलो रोजाइ बनाउन भरमग्दुर प्रयास गर्ने अठोट लिएका छन्। साथै डिपिएसमा बर्सेनि नयाँ प्रिन्सिपल फेरिने सिलसिला रोक्ने उनको कार्ययोजना छ।

–     नमस्कार तपाईंको परिचय ?
+    मेरो नाम डा. जि एस चौधरी (गौरीशङकर चौधरी)। हाल म दिल्ली पब्लिक स्कूल, वीरगंजमा प्रिन्सिपलको रूपमा कार्यरत छु।
–  डिपिएससँग कसरी जोडिनुभयो ?
+ डिपिएस वीरगंजमा प्रिन्सिपलको आवश्यकता थियो, मैले सो पदको लागि दरखास्त दिएँ, छनोट भएर यो संस्थासँग जोडिने अवसर पाएँ ।
–  स्कूल जीवनमा प्रिन्सिपलको अनुभव कस्तो छ ?
+ काठमाडौंका विभिन्न प्रख्यात विद्यालयहरूमा प्रिन्सिपलको रूपमा काम गर्दै जाने क्रममा सन् २००० देखि काठमाडौंमै ंरहेको राय स्कूलमा संस्थापक प्रिन्सिपलको रूपमा करिब १२ वर्षसम्म काम गरें। विगत तीन दशकदेखि निरन्तर शैक्षिक क्षेत्रमा कार्यरत छु।
– अभिभावकहरूको के बुझाइ छ भने डिपिएसले हरेक वर्ष प्रिन्सिपल फेर्छ ? यसलाई कुन रूपमा लिनुभएको छ ?
+  विगतमा के भयो ? को आयो ? को गयो ? भन्नेतर्फ म धेरै कोट्याउन चाहन्नँ, तर यसले अब निरन्तरता पाउँदैन, यसको अन्त्य भइसकेको छ। डिपिएसमा अध्ययनरत विद्यार्थी एवं अभिभावकको कुराप्रति म आफंै गम्भीर छु, यसलाई परिर्वतन गर्ने जिम्मेवारी मेरो र यस विद्यालयमा कार्यरत सम्पूर्ण सदस्यहरूको काँधमा छ, बोलेर होइन गरेर देखाउनुपर्छ भन्ने दृढ विश्वासका साथ हामी अगाडि बढिरहेका छौं। म यति भन्छु डिपिएस र डिपिएसमा अध्ययनरत विद्यार्थीहरूको भविष्य उज्ज्वल हुन्छ।
– डिपिएसमा कहाँकहाँबाट विद्यार्थीहरू अध्ययनका लागि आउँछन् ?
+  यस स्कूलमा वीरगंज, जीतपुर, सिमरा, पथलैया, कलैया, रक्सौल एवं अन्य बाहिरी जिल्लाबाट समेत विद्यार्थीहरू अध्ययन गर्न आउँछन्।
– डिपिएस सिजी एजुकेशन अन्तर्गत सञ्चालित छ, सिजी एजुकेशनबारे केही भनिदिनुहुन्छ कि ?
+  चौधरी गु्रप अन्र्तगतको, सिजी एजुकेशनको  मूल उद्देश्य भनेको देशभरि गुणस्तरीय र व्यावहारिक शिक्षा प्रदान गर्नु हो। यसका लागि परम्परागत शैक्षिक पद्धतिमा क्रान्तिकारी परिवर्तनको खाँचो छ। आफू बन्न अरूलाई बनाउनुपर्छ भन्ने विचारबाट मात्र शिक्षाको उद्देश्य पूर्ति हुन्छ भन्ने सिद्धान्तमा विश्वास राख्ने सिजी एजुकेशनले सोही मुताबिक आफ्ना कार्यक्रमहरूलाई निरन्तरता दिएको छ। सिजी एजुकेशनले शैक्षिक क्षेत्रलाई थप गुणस्तरीय बनाउन आधुनिक प्रविधिलाई विशेष प्राथमिकताका साथ अगाडि लैजाने गृहकार्यमा लागिरहेको छ र डिपिएस पनि सोही अनुसार अगाडि बढिरहेको छ। व्यावसायिक शिक्षा तथा सूचना प्रविधिसँग सम्बन्धित कलेज तथा स्कूल सञ्चालन गर्ने, विश्वका ख्यातिप्राप्त शैक्षिक संस्थासँग समन्वय गरेर नेपाली माटो सुहाउँदो शिक्षा प्रदान गर्ने यसको लक्ष्य रहेको छ। सिजी एजुकेशनको शैक्षिक क्षेत्रको महत्त्वाकाङ्क्षी उद्देश्य भनेको निजी विश्वविद्यालय स्थापना गर्नु रहेकोले यसका लागि पनि निरन्तर गृहकार्य भइरहेको छ।
– डिपिएसको पढाइ कति महँगो छ ?
+     हेर्नुस्, हामीले गरेर सिकाउने प्रविधिमा जोड दिएका छौं, ल्याब , स्मार्ट क्लास, डिजिटल क्लास, खेलमैदान, स्वीमिङ पुललगायत अन्य सुविधाले गर्दा अरू स्कूलको मासिक शुृल्कभन्दा केही महँगो लाग्न सक्छ तर जेहेन्दार, पिछडिएका समूहका विद्यार्थीहरूका लागि  विभिन्न प्रकारका छात्रवृत्तिहरूको पनि व्यवस्था छ। यसको उद्देश्य भनेको कुनै पनि जेहेन्दार विद्यार्थी पढाइबाट वञ्चित हुन नपरोस् भन्ने हो।
–  अभिभावकले आफ्ना छोराछोरी डिपिएसमैं किन पठाउने, त्यस्तो के विशेषता छ ?
+  शान्त रमणीय वातावरणमा सञ्चालित यो स्कूल वीरगंजको अरू स्कूलभन्दा पृथक र भिन्न छ। यसको पाठ्यक्रम विशिष्ट छ, पर्याप्त भौतिक संरचना र विषयगत शिक्षकहरूको पर्याप्तताले प्रभावकारी एवं गुणात्मक विशिष्ट शिक्षा प्रदान गर्ने यस विद्यालयले किताबी शिक्षाभन्दा माथि उठेर व्यावहारिक शिक्षा र अतिरिक्त क्रियाकलापमा आधारित रहेर विद्यार्थीको जग मजबुत पार्ने काम गर्दै आएको छ। यस विद्यालयले विद्यार्थीको अनुशासन, नैतिक विकासलाई विशेष ध्यान राख्दै विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय तहका विभिन्न कार्यक्रमहरू जस्तै  भि–स्टार (ख्(क्तबच), ईसोल (भ्क्इी), एडुस्पोर्ट (भ्मगक्उयचत), इत्यादि सञ्चालन गदै आइरहेको छ र ती कार्यक्रमहरू विद्यार्थीहरूका चौतर्फी विकासका लागि कोसेढुङगा साबित भएका छन्। सङ्क्षेपमा भन्नुपर्दा ‘ध्भ उचयखष्मभ नयिदब िभिखभ िभमगअबतष्यल बत थयगच मययच कतभउ।’
– शिक्षण सिकाइको कुरा गरौं, डिपिएसमा कस्तो शैक्षणिक विधि प्रयोग गरिन्छ ?
+ हेर्नुस्, केही कुरा मैले अगाडि नै राखिसकें, हामी विद्यार्थीलाई प्रभावकारी शिक्षण सिकाइको मार्फत् कसरी दक्ष जनशक्ति तयार पार्ने हो, ती विषयमा चिन्तन, मनन गरी विभिन्न विधिहरू लागू गर्ने गरेका छौं। जस्तै– विद्यार्थी केन्द्रित सिकाइ, खेलकुदमार्फत् सिकाइ, आधुनिक प्रविधिमा जोड, स्मार्ट क्लास, डिजिटल क्लासलगायत सुविधा पनि यहाँ हुनुले विद्यार्थीहरूले रमाइलो र रुचिपूर्वक सिक्ने अवसर पाइरहेका छन्।
–  हालै प्रकाशित समाचारमा वीरगंजका केही विद्यालयहरूले सिबिएसई बोर्डको सम्बन्धन लिएर अभिभावकहरूलाई ठग्ने गरेको कुरा बाहिर आएको छ, तपाईंको विद्यालयले सम्बन्धन र अनुमति लिएको कुरा समाचारमा प्रकाशित भएको थियो। यसलाई कसरी पुष्टि गर्नुहुन्छ ?
+  नेपालमा १४ वटा स्कूलहरूलाई सिबिएसइ बोर्ड दिल्लीले सम्बन्धन तथा नेपाल सरकारले स्वीकृति दिएको छ। जसमध्ये डिपिएस वीरगंज पनि एक हो।
–     हालै प्रकाशित नतिजासँग तपाईं कतिको सन्तुष्ट हुुनुहुन्छ ?
+     सिबिएसई सिनियर सेकेन्डरी बोर्डद्वारा प्रकाशित कक्षा १२ को नतिजा अनुसार कक्षा १२ को विज्ञान एवं वाणिज्य सङकायतर्फका हाम्रा विद्यार्थीहरू शत प्रतिशत प्रथम एवं विशिष्ट श्रेण्ीमा उत्तीर्ण भएका छन् । हाम्रा विद्यार्थीहरूले विज्ञान सङकायमा उच्चतम अङक ९४.२० प्रतिशत तथा वाणिज्यमा ९०.२० प्रतिशत अङक प्राप्त गरेका छन्। साथै सिबिएसईको सेकेन्डरी तहको परीक्षा अर्थात् कक्षा १० को नतिजामा पनि डिपिएसले शतप्रतिशत नै नतिजा प्राप्त गरेको छ, जुन नतिजाप्रति हामी खुशी छाँैं साथै भविष्यमा योभन्दा पनि राम्रो नतिजा ल्याउनका लागि हामी समर्पित छौं।
–     तेज र कमजोर विद्यार्थीहरूको लागि के सोच्नुभएको छ ?
+     डिपिएसमा सबै विद्यार्थीको लागि अलग–अलग केस स्टडी बनाई अगाडि बढ्ने परम्परा छ। कमजोर विद्यार्थीहरूका समस्र्या प्रभावकारी रूपमा समाधान गर्नका लागि अभिभावकहरूसँग हातेमालो गर्दै अगाडि बढिरहेका छाँं। आगामी दिनहरूमा कमजोर विद्यार्थीहरूको लागि उनीहरूको विषयगत समस्याको पहिचान गरी अतिरिक्त कक्षाहरूसमेत सञ्चालन गरी समस्याको समाधान गर्ने योजनामा अगाडि बढिरहेका छौं।
 –    विद्यार्थी र अभिभावकहरूको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?
+    उहाँहरूबाट सकारात्मक प्रतिक्रिया तथा सल्लाह–सुझाव पाएको छु, प्रयोगात्मक कक्षा तथा कार्य योजनामा आधारित पठनपाठनमा जोड दिनुपर्ने सुझाव आएको छ।
–    आजभोलि विद्यालयको महत्त्वपूर्ण चुनौतीहरू केके छन् ?
+    शारीरिक र मानसिक शिक्षाबीच सन्तुलन कायम गराउनु अहिलेको पहिलो चुनौती हो। आजको आधुनिक युगमा आइटी शिक्षा सबैलाई कसरी दिने भन्ने दोस्रो चुनौती तथा विद्यार्थीे र अभिभावकहरूको मागलाई सम्बोधन गरी नेपालमैं पढाएर विश्वस्तरको जनशक्ति उत्पादनमा जग बसाल्ने अर्को थप चुनौती हो।
–    अब स्कूलको भावी योजना के छ ?


+    हामीसँग गुणस्तरीय र व्यावहारिक शिक्षाको स्पष्ट खाका छ। समय सापेक्षित र गुणस्तरीय शिक्षा स्वदेशमैं उपलब्ध गराई विदेश पलायन हुने विद्यार्थीको सङ्ख्या न्यूनीकरण गर्नु र अन्तर्राष्ट्रियस्तरको शिक्षा स्वदेशमैं उचित मूल्यमा प्रदान गर्नु हाम्रो उद्देश्य हो। यसका लागि नेपालका विभिन्न क्षेत्रमा शैक्षिक संस्थाहरूको स्थापना गर्दै लैजाने योजना छ। पूर्व प्राथमिक तहदेखि प्राथमिक हुँदै विश्वविद्यालयसम्म खोली शैक्षिक क्षेत्रमा पनि आमूल परिवर्तन ल्याउने हाम्रो स्पष्ट योजना छ।
–    अन्त्यमा व्यस्तताको बावजुद पनि समय दिनुभएकोमा र प्रतीकसँग कुराकानी गरिदिनुभएकोमा तपाईंको सफल भविष्यको कामना गर्दै धन्यवाद व्यक्त गर्दै यो अन्तर्वार्ता यही टुङ्ग्याउन चाहन्छु। धन्यवाद १
+    तपाईंलाई पनि धेरै–धेरै धन्यवाद। मेरो संस्था र मेरो व्यक्तिगत जीवनबारे केही कुरा अभिभावक तथा पाठक समक्ष पुर्‍याउन सहयोग गर्नुभएकोमा।
प्रस्तुति एवं तस्वीर : बिरजालाल
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : वीरगंजमा अभिभावकको पहिलो रोजाइ बन्छौं– प्रिन्सिपल चौधरी
वीरगंजमा अभिभावकको पहिलो रोजाइ बन्छौं– प्रिन्सिपल चौधरी
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg6_zBQiDNMR2BLH2-r9D4lmL8GHwRmy3L66wl_rdAi1r9dViqbMTXZYr-tMfAmtl_WH_H398EftX82bICQv6X9sCYZLb3epZXb7AVGbVjqUG4JZJQZp1B5cKQweATjtbymR4XtRRYpOdY/s320/gs.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg6_zBQiDNMR2BLH2-r9D4lmL8GHwRmy3L66wl_rdAi1r9dViqbMTXZYr-tMfAmtl_WH_H398EftX82bICQv6X9sCYZLb3epZXb7AVGbVjqUG4JZJQZp1B5cKQweATjtbymR4XtRRYpOdY/s72-c/gs.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2016/06/blog-post_54.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2016/06/blog-post_54.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy