प्रस, वीरगंज, १६ असार/
नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले पत्रकार महासङ्घले श्रमजीवी पत्रकारहरूको मुद्दा उठाउन नसकेको आरोप लगाएका छन् । प्रेस युनियन पर्साद्वारा बिहीवार वीरगंजमा आयोजित अन्तक्र्रियामा बोल्दै अध्यक्ष सिग्देलले महासङ्घले पत्रकारहरूले भोग्नुपरेको पीडा पनि सम्बोधन गर्न नसकेको र सरकारको पिछलग्गू बनेर हिंड्ने मात्र गरेको आरोप लगाए ।
सिग्देलले लोकतान्त्रिक पत्रकारहरू एकजुट भएर महासङ्घको नेतृत्वमा जानुपर्ने बताए । अध्यक्ष सिंग्देलले सबल नेतृत्वका लागि प्रेस युनियनले महासङ्घको आगामी निर्वाचनमा योग्य उम्मेदवार पठाउने बताए ।
प्रेस युनियन, पर्साका अध्यक्ष रामनारायण कुर्मीको अध्यक्षतामा सम्पन्न अन्तक्र्रिया कार्यक्रममा वरिष्ठ उपाध्यक्ष दिपक आचार्य, प्ेरस युनियनका पूर्व केन्द्रीय अध्यक्ष समिरजंग शाह, कोषाध्यक्ष सरोज अधिकारी, केन्द्रीय सदस्य एवं मधेस विभाग प्रमुख विजय कुशवाहा, संस्थापक सदस्य कन्हैयालाल केशरी, पत्रकार महासङ्घका मध्यमाञ्चल संयोजक शीतल महतो, पर्सा शाखाका पूर्व अध्यक्ष दिपेन्द्र चौहान, पत्रकार रितेश त्रिपाठी, राष्ट्रिय फोटो पत्रकार समूहका उपाध्यक्ष राम सर्राफलगायतले धारणा व्यक्त गरेका थिए ।