प्रस, वीरगंज, १३ असार/
असार मसान्तको अन्तिम बेला नाउक्षे अस्पतालमा अहिले नक्कली तथा फर्जी बिलको बिगबिगी भएको पाइएको छ ।
अस्पतालभित्र रहेका विभिन्न शाखाहरूका इन्चार्जहरूले पेश गरेको बिल भौचरमा बढी मूल्य देखिएको तथा केही दोहोरो बिलसमेत फछ्र्योट गर्न
लागेको स्टोरका कर्मचारीहरूले बताएका छन् ।
स्टोरका कर्मचारीले दिएको जानकारी अनुसार भर्खरै सञ्चालित सिटीस्क्यान जडान टेन्डरबाट भएको र त्यसमा केही सामान खरिद गर्न आदेश दिएको बताए पनि अहिले एक्कासि ४० हजार बराबरको इलेक्ट्रिक सामान खरिद भएको बिल पेश भएपछि खैलाबैला मचेको छ । सिटीस्क्यान सञ्चालनको लागि ठेक्का लिएका ठेकेदार अरुण कार्कीसँग बुझ्दा केही सामान खरिद गरेको पर अधिकतम मूल्य पर्ने सामानहरू आफै जडान गरेको बताए । ठेकेदारले जडान गरेको तर हस्तान्तरण नगरे पनि भुक्तानी पाइसकेको देखिन्छ ।
कर्मचारी स्रोतका अनुसार १ हजार पर्ने एमसिबी बक्सको मूल्य रु ३ हजार ८ सय, १० पिस क्लेम्पु लागेको ठाउँमा २८ पिस, विभिन्न किसिमका तारलगायत अन्य इलेक्ट्रिक सामानहरू खरिद गरेको बिल पेश गरिएको छ ।
इलेक्ट्रिकको बिल सम्बन्धमा इलेक्ट्रिक इन्चार्ज सन्तोष सिंहसँग बुझ्दा उनले आफूले कुनै बिल पेश नगरेको बताए । तर स्टोरका इन्चार्ज वीरेन्द्र चौधरीसँग बुझ्दा उक्त बिल सन्तोष सिंहमार्फत् आएको थाहा भएको छ ।
हिमाल ट्ेरडर्स एन्ड सप्लायर्सको नामबाट जारी भएको बिलबारे अनुसन्धान गर्ने क्रममा पेश गरिएको भ्याट बिल नं. ४४ को प्रतिलिपि पसलेसँग माग्दा उनले बिल गोदाममा भएको प्रतीकलाई बताए । २०७२ जेठ २७ गते जारी भएको बिल दुई सातापछि गोदाममा रहेको बताएपछि बिलको आधिकारिता शड्ढास्पद रहेको पुष्टि हुन्छ । त्यसैगरी डिजल, औषधि, सर्जिकल सामान, स्टेशनरीलगायत अन्य सामग्री खरिदको बिल हेरेर अहिले सो अस्पतालमा सबैजना द· परेका छन् ।
नक्कली बिलसहित कम मूल्यको सामान बढी मूल्य देखाएर पेश गरेको विषयमा मेसु डा. रामपरीक्षणसँग बुझ्दा आधिकारिता पुष्टि भएपछि मात्र भुक्तानी दिने बताए । बिल आउने बित्तिकै भुक्तानी नदिने उनले बताए ।
कर्मचारी स्रोतका अनुसार असार मसान्तको अन्तिम साताभित्र लगभग १० लाखभन्दा बढीको फर्जी बिल भुक्तानी दिने तयारीमा स्टोर, लेखाफाँट तथा केही कर्मचारीहरूले चाजोपाँजो मिलाइसकिएको छ ।