प्रस, परवानीपुर, १३ असार/
पर्साका किसानहरूको खेतमा अम्लीयता बढ्दै गएको पाइएको छ । असारमा गरिएको माटो परीक्षणबाट यस्तो तथ्य बाहिर आएको हो । यस पालि क्षेत्रीय माटो परीक्षण प्रयोगशाला हेटौडाको सहयोगमा जिल्ला कृषि विकास कार्यालय, पर्साले ६ सयजनाको खेतको माटो परीक्षण गराएको छ ।
माटो परीक्षणबाट करिब ५० प्रतिशत कृषकको खेतमा ६ पिएचभन्दा कम उर्वरशक्ति मापन गरिएको क्षेमापप्र हेटौडाका विज्ञ रामदुलार यादवले बताए । अर्का माटोविज्ञ गणेश साहका अनुसार पर्सामा जग्गाको उर्वरा शक्ति दिन प्रतिदिन कम हुँदै गएको पाइएको छ, यो धेरै चिन्ताको विषय हो । साहले भने–“किसान सचेत हुनुपर्छ, खाली जग्गा जोतेर खेती गर्ने किसानले माटोको उपचारको गर्न पनि सोच्नुपर्छ, अनि राम्रो उत्पादन हुन्छ ।”
जिल्ला कृषि विकास कार्यालय, पर्साले ६ सयजना किसानको ३ चरणमा माटो परीक्षण गराएको छ । पहिलो चरणमा ३ सयजनाको, दोस्रो चरणमा २५६ जना र गत शुक्रवार ४४ जनाको माटो परीक्षण गरिएको हो । अन्तिम चरणको परीक्षणमा ४४ मध्ये २२ जनाको ३ दशमल ७ देखि ५ दशमलव ९ सम्म पिएच मापन गरिएको छ । यो अन्न उत्पादनका लागि एकदमै कम हो । त्यसैले वीरगंज–१४ का किसान शड्ढरप्रसाद चौरसिया र शिबर्वाका किसान बिगा साहलगायत अन्य किसानलाई खेतमा १२० किलो चुन छर्न सिफारिस गरिएको जिल्ला कृषि विकास कार्यालय पर्साका प्रमुख वीरेन्द्र सिन्हाले जानकारी गराएका छन् ।