$type=ticker$count=12$cols=4$cate=0

उद्योगपर्व–१

SHARE:

उमाशङ्कर द्विवेदी
    अर्जुनले शुभद्रानन्दन अभिमन्युको लागि विराट कुमारी सुन्दरी उत्तरालाई स्वीकार गरे । त्यति बेला त्यहाँ इन्द्रका समान भेषभूषा धारण गरेका युधिष्ठिर पनि उभिएका थिए, उनले पनि  राजकुमारी उत्तरालाई पुत्रवधूको रूपमा अ·ीकार गरे । तदन्तर भगवान् श्रीकृष्णको सामुन्ने राजकुमारी उत्तरा र अभिमन्युको विवाह सम्पन्न भयो । दाइजोमा राजा विराटले वायुका समान वेगशाली सात हजार घोडा, दुई सय हात्ती तथा धेरै धन दिएर । साथै राज्यपाट, सेनाका साथै ढुकुटीसहित आफूलाई पनि सेवामा समर्पण गरे । विवाह सम्पन्न भइसकेपछि युधिष्ठिरले भगवान् श्रीकृष्णबाट उपहारमा पाएका धनबाट धेरैथोक बाहुनहरूलाई दान गरिदिए । हजारौं गाईहरू, रत्न, वस्त्र, भूषण, वाहन, ओढ्ने–ओछयाउने तथा खाने–पिउने उत्तम वस्तुहरू अर्पण गरे ।
    कुरुवीर पाण्डवगण अभिमन्युको विवाह सम्पन्न गरेर आफ्ना सुह्द यादवहरूसहित बडो प्रसन्न भए तथा रात्रिमा विश्राम गरेर अर्को दिन बिहानै राजा विराटको सभामा पुगे । सबभन्दा पहिले समस्त राजाहरूको माननीय र वृद्ध विराट र द्रुपद आसनमाथि विराजमान भए, अनि पिता वासुदेवका साथ बलराम र श्रीकृष्ण आसनमाथि विराजमान भए । सात्यकि र बलराम त पाञ्चालराज दु्रपदको छेउमा बसे तथा श्रीकृष्ण र युधिष्ठिर राजा विराटको छेउमा बसे । यसपश्चात् द्रुपदराजका जम्मै पुत्रहरू, भीमसेन, अर्जुन, नकुल, सहदेव, प्रद्युम्न, साम्ब विराटपुत्रहरूका साथ अभिमन्यु र द्रौपदी कुमारहरू जम्मै सुवर्णजटित मनोहर सिंहासनमाथि बसे ।
    सभामा जम्मैजना बसिसकेपछि ती पुरुषश्रेष्ठहरू आपसमा कुराकानी गर्न थाले । श्रीकृष्णको सम्मति जान्नको लागि उनीहरू एक मुहूर्तसम्म उनीतिर हेर्दै आसनमाथि बसिरहे । अनि श्रीकृष्णले भन्न थाले– “सुबलपुत्र शकुनिले जुन प्रकार कपट द्यूतमा हराएर महाराज युधिष्ठिरका राज्य खोसे तथा वनवासको नियममा बाँधिदिए, त्यो त यहाँहरूलाई थाहा छँदैछ । पाण्डवहरू त्यति बेला पनि आफ्नो राज्य लिनमा समर्थ थिए, तर उनीहरू सत्यनिष्ट थिए, त्यसैले उनीहरूले तेर्‍ह वर्षसम्मको त्यस कठोर नियमको पालना गरे । अब तपाईंहरूले यस्तो उपायबारे सोच्नुहोस्, जुन कौरव र पाण्डव दुवैजनाको लागि धर्मानुकूल र कीर्तिकर होओस् । अधर्मद्वारा युधिष्ठिरले देउताहरूको राज्य पनि लिनेवाला छैनन् । हो, धर्म र अर्थले युक्त भए यिनीहरूले एउटा ग्रामको अधिपत्य गर्नामा पनि कुनै आपत्ति मान्ने छैनन् । यद्यपि धृतराष्ट्रपुत्रहरूका कारणले यिनीहरूले असह्य कष्ट भोग्नुपरेको छ, तैपनि सुह्दहरूका साथ यिनीहरू सर्वदा उनीहरूको म·ल नै चाहन्छन् । अब यी पुरुषप्रवर आफ्नो राज्य लिन चाहन्छन्, जसलाई यिनीहरू आफ्ना बाहुबलले अनेकौं राजाहरूलाई परास्त गरेर पाएका थिए । यिनीहरू बालक छँदैदेखि क्रूर स्वभावका कौरवहरू यिनीहरूको खेदो खन्नमा लागेका थिए तथा यिनीहरूको राज्य लिनको लागि थरीथरीका षड्यन्त्र गरिरहेको कुराबाट पनि यहाँहरू अवगत नै हुनुहुन्छ । अब उनीहरूको ठूलो लोभ तथा युधिष्ठिरको धर्मज्ञता र यिनीहरूको पारस्परिक सम्बन्धबारे विचार गरेर तपाईं सबैजनाले मिलेर भिन्नभिन्न कुनै कुरा तय गर्नुहोस् । यिनीहरू सदैव सत्यमाथि अडिग रहेर आफ्नो प्रतिज्ञाको सही सही पालना पनि गरेका छन । त्यसैले यदि अब धृतराष्ट्रपुत्रहरूले यिनीहरूप्रति कुनै अन्याय गरेमा यिनीहरूले उनीहरूलाई मारिदिनेछन् । यस काममा उनीहरूको अन्याय देखेर यिनीहरूको सुह्दगणहरूले पनि त्यसको प्रतिकार गर्नेछन्, तर अहिलेसम्म हामीहरूलाई ठीक ठीक दुर्योधनले के गर्न चाहेका छन्, त्यो पनि थाहा छैन र अर्काको विचार नजानेर तपाईंहरू कुनै कर्तव्यको पनि कसरी निश्चय गर्न सक्नुहुन्छ ? त्यसैले उनीहरूलाई सम्झाउनको लागि र युधिष्ठिरलाई आधा राज्य दिलाउनको लागि यताबाट कुनै धर्मात्मा, पवित्रचित, कुलीन, सावधान र सामथ्र्यवान पुरुषलाई दूत बनाएर पठाउनुपर्दछ ।
श्रीकृष्णको भाषण धर्मार्थयुक्त, मधुरो र पक्षपातशून्य थियो । बलरामले त्यसको निकै प्रशंसा गर्दै भने–“तपाईंहरूले कृष्णको धर्म र अर्थको अनुकूल भाषण सुन्नुभयो । उनको भाषण जति युधिष्ठिरको लागि हितकर छ, त्यसरी नै दुर्योधनको लागि पनि हितकर छ । वीर कुन्तीपुत्रहरूले आधा राज्य कौरवहरूको लागि छाडेर शेष आधा राज्यको लागि मात्र प्रयत्न गर्न चाहन्छन् । अत: यदि दुर्योधनले पाण्डवहरूलाई आधा राज्य दिएमा ऊ बडो आनन्दको साथ रहन सक्छ । अत: यदि दुर्योधनको विचार जान्नको लागि र उसलाई युधिष्ठिरको सन्देश सुनाउनको लागि पठाइयोस् र यस प्रकार कौरव–पाण्डवहरूको झिंझो कुनै टु·ोमा पुग्यो भने मलाई बडो प्रसन्नता हुनेछ । त्यहाँ जुन दूत जाओस्, उसले सभामा जब कुरूश्रेष्ठ भीष्म, धृतराष्ट्र, द्रोण, अश्वत्थामा, विदुर, कृपाचार्य, शकुनि, कर्ण तथा शस्त्र र शास्त्रमा पार·त अन्य धृतराष्ट्रपुत्रहरू उपस्थित होऊन् तथा जब सबै वयोवृद्ध एवं विद्यावृद्ध पुरुवासीहरू पनि त्यहाँ आइ पुगून् । अनि उनीहरूलाई नमस्कार गरेर मात्र राजा युधिष्ठिरको कार्य सिद्ध गर्ने वचन भन्नुपर्दछ । कुनै पनि अवस्थामा कौरवहरूलाई कुपित गर्नुहुँदैन । उनीहरू सबल भएर नै यिनीहरूको धन खोसेका थिए । युधिष्ठिरलाई जुवाको कुलत थियो र आफ्नो प्रिय द्यूतकै आश्रय लिएर उनीहरूले यिनको राज्यहरण गरेका थिए । यदि शकुनिले यिनलाई जुवामा हराइदिए, यसमा उनले कुनै अपराध गरे भन्न सकिंदैन ।”
    बलरामको कुरा सुनेर झोकिंदै सात्यकि उभिएर बलरामको भाषणको निन्दा गर्दै भन्न थाले– “पुरुषको जस्तो चित्त हुन्छ, ऊ उस्तै कुरा गर्दछ । तपाईंको पनि जस्तो ह्दय छ, त्यस्तै कुरा गर्दै हुनुहुन्छ । संसारमा शूरवीर पनि हुन्छन् र कायर पनि हुन्छन् । मानिसहरूमा यी दुवै पक्ष राम्ररी देख्न सकिन्छ । यो साँचो हो, धर्मराज जुवा खेल्न जाँदैनथे र शकुनि यस कलामा पार·त थिए । यिनको त्यसमा श्रद्धा थिएन । यस्तो स्थितिमा यिनलाई जुवा खेल्न निमन्त्रित गरेर जितेपछि यस जीतलाई धर्मानुकूल कसरी भन्न सकिन्छ ? कौरवहरूले यिनलाई जुवा खेल्न डाँकी कपटपूर्ण ढ·ले जितेर उनीहरूको भलो कसरी हुन सक्दछ । महाराज युधिष्ठिर वनवास र अज्ञातवासको अवधि पूर्ण गरेर अब स्वतन्त्र छन् र आफ्नो पैत्रिक सम्पत्तिको अधिकारी छन् । यस्तो स्थितिमा उनले कौरवहरूसित भिक्षा माग्न उचित होला र ? भीष्म, द्रोण र विदुरले त कौरवहरूलाई सकभर सम्झाइबुझाइ गरेकै हुन् तर पाण्डवहरूलाई उनीहरूको पैतृक सम्पत्ति दिन मानेकै छैनन् । अब म रणभूमिमा आफ्ना तीखा बाणहरूबाट उनीहरूलाई ठीक्क पारिदिनेछु र महात्मा युधिष्ठिरको अगाडि उनीहरूको घुँडा टेकाउनेछु । क्रमश...
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : उद्योगपर्व–१
उद्योगपर्व–१
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhipUDEqVlYBXeS3Er5DthdeCR0FFHz8-xj0RIEin36BaPJ5YWRZ6lL5i9DexkrlTsBrgpHwIAGSzwCXACcAbENCnlAsUxnE8j3PrETIzvMhtiUw6vEBmbveOSNKdTUg485_aHIueuMjVg/s200/umashankar+duwedi.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhipUDEqVlYBXeS3Er5DthdeCR0FFHz8-xj0RIEin36BaPJ5YWRZ6lL5i9DexkrlTsBrgpHwIAGSzwCXACcAbENCnlAsUxnE8j3PrETIzvMhtiUw6vEBmbveOSNKdTUg485_aHIueuMjVg/s72-c/umashankar+duwedi.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2016/06/blog-post_296.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2016/06/blog-post_296.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy