अस्पतालका दुई कर्मचारीले राजीनामा दिए
वीरगंजबाट शैक्षिक प्रमाणपत्र नक्कली भएको भनी सिआइबीले ९ जना चिकित्सकलाई पक्राउ गरेपछि नारायणी उपक्षेत्रीय अस्पतालका दुईजना कर्मचारीले राजीनामा दिएका छन् ।
राजीनामा दिनेमध्ये एकजना स्थायी कर्मचारी र अर्का करारका कर्मचारी हुन् । स्थायी र करारका कर्मचारीले समयावधि अगावै दिएको राजीनामाको कारण नक्कली शैक्षिक प्रमाणपत्र भएको अनुमान गरिएको छ । एकजना कर्मचारीले शैक्षिक प्रमाणपत्र नक्कलीमा चिकित्सकहरू कारबाईमा परेपछि कर्मचारीहरूले हतास भएर राजीनामा दिएको बताएका छन् । उनीहरूले राजीनामा दिएका कर्मचारीहरूको शैक्षिक प्रमाणपत्र परीक्षण गर्ने हो भने सो तथ्य उजागर हुने बताए ।
प्रस, वीरगंज, १६ असार
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परेका वीरगंजका ९ जना चिकित्सकलाई सिआइबीले अनुसन्धान पूरा गरी पर्सा जिल्ला अदालतमा मुद्दा चलाउने गरी वीरगंज चलान गरेको छ ।
सिआइबीका प्रहरी उपरीक्षक दिवेश लोहनीले देशभरिबाट पक्राउ परेका चिकित्सकहरूको सन्दर्भमा अनुसन्धान पूरा गरी सम्बन्धित जिल्लामा मुद्दा चलाउने गरी चिकित्सकहरूलाई चलान गरेको प्रतीकलाई बताए । उनले सोही अनुरूप वीरगंजबाट पक्राउ परेका ९ जनालाई बिहीवार चलान गरिएको र शुक्रवार पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता हुने बताएका छन् । सिआइबीले वीरगंजबाट डा. सरोज सिंह, डा. कुशराज गिरी, डा. पन्नालाल पटेल, डा. मोहम्मद रहुल्लाह अन्सारी, डा. इर्शादुल हक, डा. निमेष रमन पाल, डा. अरुणकुमार गुप्ता, डा. रामकुमार प्रधान, डा. दिनेश साहलाई पक्राउ गरेको थियो ।
यी चिकित्सकहरूले बिहार विश्वविद्यालयबाट लिएका शैक्षिक प्रमाणपत्रमा त्रुटि फेला परेको देखिएपछि सिआइबीले पक्राउ गरेको हो । सिआइबीका प्रउ लोहनीले पक्राउ परेकामध्ये केही चिकित्सकको आइएस्सीको शैक्षिक प्रमाणपत्रको बिहार विश्वविद्यालयमा तथ्याड्ढ नरहेको, केहीको रजिस्ट्ेरसन त्रुटिपूर्ण देखिएको, कसैको लब्धाड्ढपत्रको अड्ढमा केरमेट भएको तथा एकजनाले अर्काको नाम सच्याएर आफ्नो नाम उल्लेख गरेको प्रमाण फेला परेपछि सो सम्बन्धमा पक्राउ गरी कारबाई गरिएको बताए ।