प्रस, वीरगंज, १६ असार/
वीरगंज उपमहानगरपालिका कार्यालयले अन्तिम समयमा आएर कर्मचारीको आन्तरिक बढुवा तथा नयाँ कर्मचारी नियुक्ति गर्न माग गरेको सूचना स्थगित गरेको छ । यस अघि रौतहट, बारामा कर्मचारी दरबन्दीका लागि जारी सूचनाहरू स्थगित भएका थिए ।
वीउमनपाका कार्यकारी अधिकृत विष्णु कोइरालाले बुधवार साँझ मन्त्रालयको मौखिक आदेशमा अर्को सूचना प्रकाशित नहुन्जेल आन्तरिक बढुवा तथा खुला प्रतिस्पर्धाका कर्मचारी भर्ना सम्बन्धी सूचना स्थगित भएको सूचना टाँस गरेको छ । वीउमनपाले खुलातर्फ योजना अधिकृत, नासु, कम्प्युटर सहायक, रेन्जर, अनमी र स्टाफ नर्स गरी ३७ जना कर्मचारी माग गरेको थियो भने आन्तरिक बढुवातर्फ खरदार र नासु छैठो तहबाट सातौं तह र सातौ तहबाट आठौं तहको लागि २० जना कर्मचारीहरूको सूची तयार गरेको थियो ।
वीउमनपाले माग गरे अनुसार करिब २९ सय मानिसले ३७ पदको लागि खुलातर्फ आवेदन भरेका थिए । बुधवार परीक्षाको लागि प्रवेशपत्र जारी गर्ने दिन विभिन्न स्थानमा रहेका आवेदकहरू वीरगंज आएका थिए । तर वीउमनपाका कार्यकारी अधिकृत कोइरालाले सूचना बोर्डमा मन्त्रालयको मौखिक आदेश भन्दै कर्मचारी भर्ना सम्बन्धी र आन्तरिक बढुवाको सूचीमा अर्को आदेश नहुन्जेल स्थगित गरेको सूचना टाँस गरेपछि थुप्रै आवेदक निराश भएर फर्केका छन् ।
वीरगंजलगायत विभिन्न स्थानबाट आवेदन भर्ने काम भएको थियो । समय र लगानी दुवै खेर भएको दु:खेसो आवेदकहरूले गरेका छन् । उनीहरूले फिल्मी शैलीमा कर्मचारी भर्ना सम्बन्धी सूचना जारी गर्ने र अन्तिम बेला स्थगित गरेर दु:ख दिने काम भएको बताए । स्रोतका अनुसार आवेदन फारमबाट लाखौं रुपियाँ सड्ढलन भएको छ । वीउमनपासँग असार महिनामा रकमको अभाव भएकोले सो शीर्षकमा सड्ढलित करिब ४० लाख रुपियाँ पनि खर्च भइसकेको छ ।
वीउमनपा कार्यालयबाट अवकाश पाएका र काम अवधिमैंं अकाल मृत्यु भएका कर्मचारी र तिनका परिवारले दान, उपदानलगायत रकम बजेट अभावमा पाउन नसकेको अवस्थामा थप कर्मचारी दरबन्दी माग गर्नु अव्यावहारिक देखिएको थियो र अन्तमा सो कुरा प्रमाणित भएको छ ।
३७ पदको लागि आवेदन दिएका २९ सयजना अहिले अन्योलमा परेका छन् । वीउमनपाले मन्त्रालयको मौखिक आदेश आएको भन्दै सूचना स्थगित गरेपछि आन्तरिक बढुवाका लागि नाम सिफारिस भएका कर्मचारीहरूमा पनि निराशा छाएको छ । उनीहरूले खुलातर्फको सूचना स्थगित गरिए पनि आन्तरिक बढुवा सूचना स्थगित नगर्नुपर्ने भन्दै कार्यकारी अधिकृत विष्णु कोइरालालाई दबाब दिएका छन् ।
अधिकृत कोइरालाले आफूले सूचना स्थगित नगरेको, मन्त्रालयबाटै आदेश आएको कारण स्थगित गर्नुपरेको बताएका छन् ।