प्रस, परवानीपुर, १३ असार/
परवानीपुरमा जारी स्वर्गीय महमुद आलम मेमोरियल प्रथम क्रिकेट प्रतियोगिताको दुई खेलमा इटियाही र खुटवा क्रिकेट क्लब विजयी भएका छन् । हिजो साँझ साढे ३ बजेदेखि भएको खेलमा इटियाहीले रामपुर टोकनी टिमलाई ८९ रनले पराजित गरेको थियो । इटियाहीले टस जिती पहिले ब्याटिंग गर्दै निर्धारित १५ ओभरमा ७ विकेटको क्षतिमा १३६ रन बनाएको थियो । जवाफी ब्याटिंग गरेको रामपुर टोकनीले १३ ओभरमा कुल ४७ रनमैं अलआउट हुँदा इटियाहीले जीत निकालेको हो । सो खेलका म्यान अफ द म्याच अक्षय सर्राफ घोषित भएका थिए ।
यसैगरी आज बिहान खुटवा र इनार्वासिरा क्रिकेट क्बलबीच भएको खेलमा खुटवा २ रनले विजयी भएको छ । निर्धारित १५ ओभरमा ९३ रनको विजयी लक्ष्य दिएको खुटवाले इनार्वासिरालाई ९० रनमा आलआउट गराएर खेल जितेको छ । खुटुवाले यस अघि ९ विकेटको क्षतिमा १५ ओभर खेल्दै ९२ रन बनाएको थियो । यस खेलका म्यान अफ द म्याच खुटवाका खेलाडी मकसुद अन्सारी घोषित भएका छन् । आज साँझको खेल परसौनी र बन्जरिया क्रिकेट क्लबबीच हुने आयोजकले जनाएको छ ।