प्रस, ठोरी, १६ असार/
जिल्लाकै पर्यटकीय गाउँको रूपमा विकसित हुँदै गएको ठोरी गाविसमा पर्यटकीय पूर्वधार निर्माण हुने कार्यले पनि तीव्रता पाएको छ । रातो पहाडको नामले प्रख्यात ठोरी–५ मा रहेको गोलेडाँडामा झन्डै ३ कठ्ठा क्षेत्रफलमा ‘मनमोहन स्मृति वनवाटिका’ निर्माण कार्य शुरु भएको छ ।
सिम्रौनगढ पर्यटन विकास कार्यालय वीरगंजले मनमोहन स्मृति वनवाटिका निर्माणका लागि रु ५ लार्ख उपलब्ध गराएपछि पर्यटकीय क्षेत्रका रूपमा विकसित हुँदै गएको ठोरीमा पर्यटकीय पूर्वधार निर्माण हुने क्रम बढेको हो । पर्यटन कार्यालयले उपलब्ध गराएको ५ लाख रुपियाँले ३ कठ्ठा क्षेत्रफलमा तारबार लगाउने कार्य भएको मनमोहन स्मृति वनवाटिका निर्माण समितिका अध्यक्ष उद्धव सापकोटाले जानकारी दिए । ठोरीलाई पर्यटकीय गाउँको रूपमा विकास गराउन विशेष गुरु योजनासहित अघि बढ्ने उद्देश्य अनुसार कार्य थालनी भएको उनले बताए । मनमोहन स्मृति वनवाटिका निर्माणस्थलमा बिहीवार विभिन्न प्रजातिका २ सय ५० बिरुवा रोपिएको अध्यक्ष सापकोटाले बताए । स्थानीय जेष्ठ नागरिक लोकनाथ पराजुलीले अशोकको बिरुवा रोपेर वृक्षरोपणको शुरुआत गरेको उनले बताए । रुद्राक्ष, कपुर, धुपी, टीकलगायत प्रजातिका बिरुवा मनमोहन स्मृति वनवाटिका वरपर रोपिएको सापकोटाले जानकारी दिए ।
मनमोहन स्मृति वनवाटिकामा भविष्यमा मनमोहनको सालिक स्थापना गरी पर्यटकलाई आकर्षित गर्ने खालका भौतिक संरचना निर्माण गर्ने योजना रहेको सापकोटाको भनाइ छ ।
पर्यटन कार्यालय वीरगंजको आर्थिक सहयोगमा सोही गोलेडाँडामा भ्यू टावर समेत निर्माण भइरहेको छ । स्थानीय युवा जागृति क्लबले भ्यू टावरको जिम्मा लिएको छ । यस्तै सोही डाँडामा गुम्बा समेत निर्माण हुने भएकोले पर्यटकीय पूर्वधार बन्ने कार्यले तीव्रता पाउने पक्का देखिन्छ ।
विशेष गरेर भारतीय पर्यटक गोलेडाँडा चढ्न दैनिक आउने गर्दछन् । गोलेडाँडा चढेर अवलोकन गर्दा ठोरीका सबै भूभाग स्पष्ट देख्न सकिन्छ भने छिमेकी गाविस निर्मलबस्तीको पनि अधिकांश भाग देख्न सकिन्छ । गोलेडाँडाबाट ठोरी र निर्मलबस्तीसँग सिमाना जोडिएका भारतीय गाउँसमेत देखिन भएकोले पनि गोलेडाँडा चढ्नेको विशेष भीड लाग्ने गर्दछ । ठोरीको गोलेडाँडा, राईधारा, अमृतधारा, रानीवन, बुलबुले, सिनेहीपर्वत, वनशक्ति मन्दिर, सिद्धेश्वर मन्दिर, कृष्णमन्दिर, सीतागुफा, सेतोपहाड पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिन्छन्।