प्रस्टरूपमा कुनै कुरा भन्न नसक्दा वा गर्न नसक्दा अत्तो थाप्ने गरिन्छ । नेपाल यस मामिलामा अव्वल छ । कुरा कुखुराको मासुको हो । नेपालमा कुखुराको उत्पादनले मुलुकको सम्पूर्ण माग धान्न सक्ने अवस्था छैन । हुनत अहिले कुखुरापालन नाफामूलक व्यवसाय देखिएकोले के पहाड र के तराई सबैतिर पोल्ट्री फार्म खुलिरहेको देखिन्छ । विशेष गरी नेपाल–भारत सीमान्त क्षेत्रमा त गाउँपिच्छे पोल्ट्री फार्महरूको बाढी नै आएको छ । कारण स्पष्ट छ । नेपालको पोल्ट्री फार्मको नाउँमा भारतबाट चोर बाटो भएर कुखुरा ल्याएर तत्तातै नाफा कमाउन सकिन्छ । भारतबाट दिनहुँ कुखुरा र चल्ला चोर बाटो भएर ल्याइने कुराको प्रमाण हरेक दिन ‘चल्ला पक्राउ’ शीर्षकको समाचार छापिने गर्नु नै पर्याप्त छ । चल्ला किन पक्राउ पर्छ त ? बिक्री हुने त कुखुरा हो । यही निर समस्या छ र सरकारले समस्याको समाधान विवेकपूर्ण तरिकाले गर्न नसकेर अत्तो थापेर भारतीय कुखुरा र चल्ला आयातमा प्रतिबन्ध लगाएको छ । सरकारको कथन छ–भारतीय चल्ला र कुखुराबाट बर्डफ्लु सञ्चरण हुने खतरा छ ।
सरकारलाई नेपालका हयाचरी र पोल्ट्री फार्म उद्योगहरूले भारतीय कुखुरा आयातमा रोक लगाउन दबाब दिन्छन् । भारतीय कुखुरा सस्तो पर्छ । चल्ला पनि सस्तो र छिटै हुर्कने जातको हुँदा नेपाली कुखुरापालकहरू भारतीय चल्ला खरिद गर्न खोज्छन् । नेपाल–भारत सीमा खुला छ, निर्वाध चल्ला र कुखुराको खरिद–बिक्री हुन्छ । यस भेगका पोल्ट्री फार्महरूलाई चितवनमा सञ्चालित हयाचरीले चल्ला आपूर्ति गर्दछ । उसले माग अनुसार आपूर्ति भने गर्न सक्दैन । तसर्थ तराईको सीमान्त क्षेत्र, चितवन हयाचरी तथा सरकारबीच एउटा अघोषित सम्झौता छ–सीमान्त क्षेत्रका पोल्ट्री फार्महरूले लुकीछिपी भारतीय चल्ला ल्याई हुर्काई व्यवसाय गरे हुन्छ । स्पष्टरूपमा भने भारतीय चल्ला वा कुखुरामा रोक लगाइएको छ । अब सीमान्त क्षेत्रका जति पनि पोल्ट्री फार्महरू छन्, तिनले राष्ट्रियताको नाममा पनि नेपाली चल्ला पालेर व्यवसाय गर्न सक्ने अवस्था छैन, किनभने नेपाली हयाचरीले माग अनुसार आपूर्ति गर्नै सक्दैन । यसै त व्यापारीहरू दुई पैसा मात्र पनि बढी नाफा हुन्छ भने यताको माल उता र उताको माल यता गर्न हच्किंदैनन्, त्यसमा नेपाली चल्ला सुलभ नहुनु, सरल नहुनु (चितवनबाट ढुवानी गर्नु र छेउको भारतीय गाउँबाट ल्याउँदा ढुवानी बचत) र सबैभन्दा महत्त्वपूर्ण कुरा नेपाली चल्ला बढी दाना खान्छ, हुर्काउन बढी समय लाग्छ ।
सुविधा, सरलता र नाफा भएपछि भारतीय चल्ला किन नपाल्ने ? तर सरकारको बुद्धिको बिर्को त बन्द छ । न नेपालको माग अनुसार चल्ला उत्पादन हुने वातावरण बनाउन सक्छ, न भारतीय चल्लाझैं थोरै दाना खाएर छिटै हुर्कने चल्लाको बन्दोबस्त गर्न सक्छ । देश र जनतालाई ढाँटेर भारतीय चल्लामा बर्डफ्लु हुने अत्तो थापेर सुरक्षामा खटेका प्रहरीबाट दिनहुँ चल्ला मार्न लगाउँछ । यद्यपि नेपाल विस्तारै कुखुराको मासु उत्पादनमा आत्मनिर्भर हुँदै गएको छ । लुकीचोरी भारतीय चल्ला पालेर भए पनि नेपाली कुखुरापालक किसानले कुखुराको मासुको धेरै माग पूर्ति गरिरहेको छ । नेपाल आफैं सक्षम नहुन्जेल विशेष निगरानीमा भारतीय चल्ला आयात हुन दिने हो भने उपभोक्ताले सस्तो दरमा कुखुराको मासु पाउने थियो । नेपालको कुखुरा व्यवसाय पनि फस्टाउने थियो ।