Posts

Showing posts from June, 2016

२०७३ असार १७ गते शुक्रवारको प्रतीक दैनिक

२०७३ असार १७ गते शुक्रवारको प्रतीक दैनिक

९ जना चिकित्सकको मुद्दा पर्साबाटै चल्ने

 अस्पतालका दुई कर्मचारीले राजीनामा दिए     वीरगंजबाट शैक्षिक प्रमाणपत्र नक्कली भएको भनी सिआइबीले ९ जना चिकित्सकलाई पक्राउ गरेपछि नारायणी उपक्षेत्रीय अस्पतालका दुईजना कर्मचारीले राजीनामा दिएका छन् ।     राजीनामा दिनेमध्ये एकजना स्थायी कर्मचारी र अर्का करारका कर्मचारी हुन् । स्थायी र करारका कर्मचारीले समयावधि अगावै दिएको राजीनामाको कारण नक्कली शैक्षिक प्रमाणपत्र भएको अनुमान गरिएको छ । एकजना कर्मचारीले शैक्षिक प्रमाणपत्र नक्कलीमा चिकित्सकहरू कारबाईमा परेपछि कर्मचारीहरूले हतास भएर राजीनामा दिएको बताएका छन् । उनीहरूले राजीनामा दिएका कर्मचारीहरूको शैक्षिक प्रमाणपत्र परीक्षण गर्ने हो भने सो तथ्य उजागर हुने बताए । प्रस, वीरगंज, १६ असार     नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परेका वीरगंजका ९ जना चिकित्सकलाई सिआइबीले अनुसन्धान पूरा गरी पर्सा जिल्ला अदालतमा मुद्दा चलाउने गरी वीरगंज चलान गरेको छ ।     सिआइबीका प्रहरी उपरीक्षक दिवेश लोहनीले देशभरिबाट पक्राउ परेका चिकित्सकहरूको सन्दर्भमा अनुसन्धान पूरा गरी सम्बन्धित जिल्लामा मुद्दा चलाउने गरी चिकित्सकहरूलाई चलान गरेको प्रतीकलाई बताए । उनले

१०० वर्ष नाघेका जेष्ठ नागरिकलाई निजगढमा सम्मान

Image
प्रस, निजगढ, १६ असार/     निजगढ नगरपालिकाले एक समारोहबीच बिहीवार जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।     १०० वर्ष नाघेका स्थानीय अयोध्यामाई घिमिरे, रनदत्त सापकोटा र चन्द्रप्रसाद दाहाललाई सम्मान गरिएको हो । जनही रु ६ हजार ५ सय, सम्मानपत्र, दोसल्ला र हर्लिक्स प्रदान गरेर जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।     जेष्ठ नागरिक समाज, राज्यका ज्यूँदा इतिहास र गहना भएकाले उनीहरूको सम्मान गर्नु नैं आफ्नो, समाज र राज्यको सम्मान हुने निजगढ नगरपालिकाका कार्यकारी अधिकृत विमल पोखरेलले बताए ।     जेष्ठ नागरिकलाई अधिकृत विमल पोखरेल, निजगढ नगर विकास समितिका अध्यक्ष सुरेश खनाल, राजनीतिकर्मी दिलबहादुर लामा, महेशी कुमर, बेनीबहादुर मोक्तान, वासुदेव तिमल्सिना, रविराज दंगाललगायतले सम्मान गरेका हुन् ।     कार्यक्रमका प्रमुख अतिथि जेष्ठ नागरिक नगर समन्वय समिति निजगढका उपाध्यक्ष पद्मलाल गौतम थिए भने सभापतित्व कार्यकारी अधिकृत विमल पोखरेलले गरेका थिए । कार्यक्रमको सञ्चालन लीला खनालले गरेकी थिइन् । उपस्थित जेष्ठ नागरिकहरूलाई सम्मानस्वरूप गम्छा प्रदान गरिएको थियो ।

महासङ्घले श्रमजीवी पत्रकारहरूको मुद्दा उठाउन सकेन : अध्यक्ष सिग्देल

Image
प्रस, वीरगंज, १६ असार/     नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले पत्रकार महासङ्घले श्रमजीवी पत्रकारहरूको मुद्दा उठाउन नसकेको आरोप लगाएका छन् । प्रेस युनियन पर्साद्वारा बिहीवार वीरगंजमा आयोजित अन्तक्र्रियामा बोल्दै अध्यक्ष सिग्देलले महासङ्घले पत्रकारहरूले भोग्नुपरेको पीडा पनि सम्बोधन गर्न नसकेको र सरकारको पिछलग्गू बनेर हिंड्ने मात्र गरेको आरोप लगाए ।     सिग्देलले लोकतान्त्रिक पत्रकारहरू एकजुट भएर महासङ्घको नेतृत्वमा जानुपर्ने बताए । अध्यक्ष सिंग्देलले सबल नेतृत्वका लागि प्रेस युनियनले महासङ्घको आगामी निर्वाचनमा योग्य उम्मेदवार पठाउने बताए ।     प्रेस युनियन, पर्साका अध्यक्ष रामनारायण कुर्मीको अध्यक्षतामा सम्पन्न अन्तक्र्रिया कार्यक्रममा वरिष्ठ उपाध्यक्ष दिपक आचार्य, प्ेरस युनियनका पूर्व केन्द्रीय अध्यक्ष समिरजंग शाह, कोषाध्यक्ष सरोज अधिकारी, केन्द्रीय सदस्य एवं मधेस विभाग प्रमुख विजय कुशवाहा, संस्थापक सदस्य कन्हैयालाल केशरी, पत्रकार महासङ्घका मध्यमाञ्चल संयोजक शीतल महतो, पर्सा शाखाका पूर्व अध्यक्ष दिपेन्द्र चौहान, पत्रकार रितेश त्रिपाठी, राष्ट्रिय फोटो पत्रकार समूहका उपाध्यक्ष

बचतकर्ताद्वारा आपैंm लगानी उठाउने पहल

प्रस, वीरगंज, १६ असार/     बचतकर्ताको रकम लिई फरार भएको हिमालय सहकारी संस्थाको विशेष साधारणसभा बिहीवार सम्पन्न भएको छ ।     जिविस पर्साको सभाहलमा सम्पन्न विशेष साधारणसभाले बचतकर्ता नगवा निवासी राजेश पटेलको नेतृत्वमा १३ सदस्यीय विशेष रकम असुल समिति गठन गरेको छ ।     साधारणसभामा दिएको जानकारी अनुसार हिमालय सहकारीको ऋण रु २ करोड १५ लाख रहेको तथा १ करोड ७५ लाख बचतकर्ताको रकम फिर्ता गर्नुपर्ने जानकारी गराएका थिए ।     रकम लिई फरार भएको आरोपमा हिमालय सहकारी संस्थाका अध्यक्ष सुरेश श्रेष्ठलाई पक्राउ गरी ठगी मुद्दामा अनुसन्धान भइरहेको छ । विशेष साधारणसभा जिल्ला कृषि सहकारी सङ्घका अध्यक्ष राजेश पडितको सभापतित्वमा शुरु भएको थियो । कार्यक्रममा अलि असगर देवान, राजेन्द्र जयसवाल, राजेश पटेल, बुद्धिमान महर्जनलगायतले मन्तव्य व्यक्त गरेका थिए ।     भेलाले पटेलको नेतृत्वमा समितिले शुक्रवारदेखि कार्यालय सञ्चालन गर्ने र ऋण लगानी असुली गरी दामासाहीरूपमा बचतकर्ताहरूलाई फिर्ता गर्ने निर्णय गरेको छ ।

वीउमनपाकाबाट कर्मचारी दरबन्दीको सूचना स्थगित

प्रस, वीरगंज, १६ असार/     वीरगंज उपमहानगरपालिका कार्यालयले अन्तिम समयमा आएर कर्मचारीको आन्तरिक बढुवा तथा नयाँ कर्मचारी नियुक्ति गर्न माग गरेको सूचना स्थगित गरेको छ । यस अघि रौतहट, बारामा कर्मचारी दरबन्दीका लागि जारी सूचनाहरू स्थगित भएका थिए ।     वीउमनपाका कार्यकारी अधिकृत विष्णु कोइरालाले बुधवार साँझ मन्त्रालयको मौखिक आदेशमा अर्को सूचना प्रकाशित नहुन्जेल आन्तरिक बढुवा तथा खुला प्रतिस्पर्धाका कर्मचारी भर्ना सम्बन्धी सूचना स्थगित भएको सूचना टाँस गरेको छ । वीउमनपाले खुलातर्फ योजना अधिकृत, नासु, कम्प्युटर सहायक, रेन्जर, अनमी र स्टाफ नर्स गरी ३७ जना कर्मचारी माग गरेको थियो भने आन्तरिक बढुवातर्फ खरदार र नासु छैठो तहबाट सातौं तह र सातौ तहबाट आठौं तहको लागि २० जना कर्मचारीहरूको सूची तयार गरेको थियो ।     वीउमनपाले माग गरे अनुसार करिब २९ सय मानिसले ३७ पदको लागि खुलातर्फ आवेदन भरेका थिए । बुधवार परीक्षाको लागि प्रवेशपत्र जारी गर्ने दिन विभिन्न स्थानमा रहेका आवेदकहरू वीरगंज आएका थिए । तर वीउमनपाका कार्यकारी अधिकृत कोइरालाले सूचना बोर्डमा मन्त्रालयको मौखिक आदेश भन्दै कर्मचारी भर्ना सम्बन्धी र आन

पर्यटकीय गाउँ ठोरीमा ‘मनमोहन स्मृति वनवाटिका’ निर्माण हुँदै

प्रस, ठोरी, १६ असार/     जिल्लाकै पर्यटकीय गाउँको रूपमा विकसित हुँदै गएको ठोरी गाविसमा पर्यटकीय पूर्वधार निर्माण हुने कार्यले पनि तीव्रता पाएको छ । रातो पहाडको नामले प्रख्यात ठोरी–५ मा रहेको गोलेडाँडामा झन्डै ३ कठ्ठा क्षेत्रफलमा ‘मनमोहन स्मृति वनवाटिका’ निर्माण कार्य शुरु भएको छ ।     सिम्रौनगढ पर्यटन विकास कार्यालय वीरगंजले मनमोहन स्मृति वनवाटिका निर्माणका लागि रु ५ लार्ख उपलब्ध गराएपछि पर्यटकीय क्षेत्रका रूपमा विकसित हुँदै गएको ठोरीमा पर्यटकीय पूर्वधार निर्माण हुने क्रम बढेको हो । पर्यटन कार्यालयले उपलब्ध गराएको ५ लाख रुपियाँले ३ कठ्ठा क्षेत्रफलमा तारबार लगाउने कार्य भएको मनमोहन स्मृति वनवाटिका निर्माण समितिका अध्यक्ष उद्धव सापकोटाले जानकारी दिए ।         ठोरीलाई पर्यटकीय गाउँको रूपमा विकास गराउन विशेष गुरु योजनासहित अघि बढ्ने उद्देश्य अनुसार कार्य थालनी भएको उनले बताए । मनमोहन स्मृति वनवाटिका निर्माणस्थलमा बिहीवार विभिन्न प्रजातिका २ सय ५० बिरुवा रोपिएको अध्यक्ष सापकोटाले बताए ।         स्थानीय जेष्ठ नागरिक लोकनाथ पराजुलीले अशोकको बिरुवा रोपेर वृक्षरोपणको शुरुआत गरेको उनले बताए । रु

छोरी बलात्कार, आमा थुनामा

प्रस, वीरगंज, १६ असार/     एक महिना पहिले बलात्कृत भएकी छोरीविरुद्ध किर्ते प्रमाण तयार गरेको कसुरमा प्रहरीले निजकी आमालाई पक्राउ गरेको छ ।     वीउमनपा–९ निवासी सुषमा साहको नाबालिग छोरीलाई स्थानीय एक युवकले बलात्कार गरेको आरोप थियो । नाबालिग बलात्कार सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको अवस्थामा सुषमा साहले वडा सचिव रामकुमार केसीबाट छोरीको जन्मदर्ता गराएकी थिइन् । जन्म दर्ता गराउँदा उनले २०५९/११/१२ उल्लेख गरेकी थिइन् । तत्कालीन अवस्थामा नाबालिग छोरी बलात्कारको शिकार भएको भनी कसुरवारमाथि कारबाई माग गर्दै उनले जन्मदर्ता गराए पनि पछि बलात्कार गर्ने युवकको परिवारबाट आर्थिक प्रलोभनमा परी छोरी बालिग भएको अर्को जन्मदर्ता तिनै सचिव रामकुमार केसीबाट गराएकी थिइन् । दोस्रोपटक जन्मदर्ता गराउँदा सुषमाले छोरी बालिग हुने गरी २०५७/१/६ को मिति राखेकी थिइन् र प्रलोभनमा परेर सचिव केसीले टिपेक्स लगाई दोस्रो जन्मदर्ता जारी गरेका थिए । एउटै बालिकाको दुईवटा जन्मदर्ता फेला परेपछि प्रहरीले किर्ते गरेको कसुरमा सचिव केसी र सुषमा साहलाई पक्राउ गरेको छ ।     प्रनाउ होविन्द्र बोगटीले पक्राउ परेका केसी र साहविरुद्ध

आइएसओ सर्टिफिकेसन

Image
ई. गोपाल श्रेष्ठ     आजकल आइएसओ सर्टिफिकेशनको जमाना आएको छ । आइएसओ सर्टिफाइड उद्योग भनेपछि त्यस्तो उद्योगको उत्पादित तयारी माल बजारमा बिक्री गर्न सजिलो भएको छ । अन्तर्राष्ट्रिय योजना परियोजनाहरूले त आइएसओ सर्टिफिकेशन नभएका उद्योगहरूबाट उत्पादन गरिएको तयारी माल, विशेषगरी निर्माण सामग्री जस्तो: फलामे डन्डी, सिमेन्ट खरिद पनि गर्दैनन् । यो सर्टिफिकेशन म्यानुफ्याक्चरिङ तथा सर्भिस सेक्टर दुवैमा दिने तथा लिने चलन भएकोले अहिले केही बोर्डिङ स्कूल, कलेज, बैंक, तारे होटलहरू तथा ठूला–ठूला सपिङ–मलहरूमा समेत लिएको जानकारीमा आएको छ । आइएसओ सर्टिफाइड स्कूल, कलेज, बैंक, होटल तथा सपिङ मल भनेपछि अवश्य पनि स्तरीय नै होला भनी सबैले आशा गर्छन् । र आशा गरिए अनुसार केही न केही थप सन्तुष्टि पनि पाएका छन् ।     आइएसओ भनेको अन्तर्राष्ट्रिय मापदण्ड संस्था अर्थात् क्ष्लतभचलबतष्यलब िक्तबलमबचम इचनबलष्शबतष्यल हो । अन्तराष्ट्रियस्तरको मापदण्ड अनुसार काम गर्ने भन्ने बित्तिकै स्वत: स्तरीय होला भनी अन्दाज गर्न सकिन्छ । यसले उत्पादित मालभन्दा पनि मेनेजमेन्टलाई बढी फोकस गर्छ । क्वालिटी मेनेजमेन्ट भएपछि यस्तो कम्पनी संस्थ

खाद्य सुरक्षा, धान दिवस र नेपाली अर्थतन्त्र

Image
शीतल महतो     असार महिना, मानो छरेर मुरी फलाउने समय हो । यतिखेर किसानलाई धान रोपाइँको चटारो छ । धानको बीउ काट्नेदेखि खेत जोत्ने, आली लगाउने, कुलो चलाउने र उपयुक्त मलको जोहो गर्ने कामले किसानलाई भ्याइ नभ्याइ भएको छ । एक अर्काको खेतमा काम गरी परम्परागत निर्वाहमुखी खेती प्रणालीका सामु आजभोलि चुनौतीका पहाडहरू तेर्सिएका छन् । गुणस्तरीय बीउबिजन तथा मलको अभाव, दक्ष प्राविधिकसँगको दुर्लभ भेट, उपयुक्त सिंचाइको अभाव र आवश्यक कृषि यन्त्रको कमीजस्ता पुराना समस्या अहिले पनि यथावत छ । हरेक खेतमा स्वनिर्भर सिंचाइको व्यवस्था नहुनाले कुलो र नहर सामुन्ने खेत हुनेसँग सहकार्य बिना खेतमा सिंचाइ पुर्‍याउनु झन् चुनौती थपिएको छ । यसका साथै कृषि कामदार (ज्यामी) को चरम अभाव आजको मुख्य समस्या बनेको छ । हलो जोत्ने ज्यामीको अभावमा समयमैं धान रोप्न खेतको तयारी गर्ने कार्य कठिन बन्दै गएको छ । खेत जोत्नका लागि ट्याक्टर प्रयोग त गर्न सकिएला तर त्यसपछि पनि खेत सम्याउन र आली लगाई गरा मिलाउन सबल मजदुरको आवश्यकता पर्छ तर यसको चरम अभाव छ । धानको बीउ काट्ने, ओसार्ने र रोप्ने कामका लागि पनि सबल जनशक्ति त्यतिकै आवश्यक छ । व

सार्थक एवं परिणामुखी वार्ताको अपरिहार्यता

Image
श्रीमन्नारायण     विगत एक वर्षदेखि निरन्तर आन्दोलनरत मधेसवादी दलहरूको  मागलाई यथोचित सम्बोधन गरी वर्तमान संविधान कार्यान्वयनको दिशामा अघि बढ्नु आजको आवश्यकता हो ।     मधेसवादी दलहरूले उठाएका मागमध्ये कतिपय सरकारी स्तरबाट पूरा गर्न सकिने खालका तथा केही माग संविधान संशोधनसँग सम्बन्धित रहेको देखिन्छ । उपरोक्त दुईवटै तरिकाबाट समस्या समाधान गर्दा देशमा राजनीतिक स्थायित्व कायम हुने, स्थानीय निकायलगायत अन्य निकायको निर्वाचन समेत सहज सम्भव हुने भएकोले सरकार एवं आन्दोलनकारी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा तथा सङ्घीय गठबन्धनबीच हुने वार्ता सार्थक एवं परिणाममुखी हुनुपर्दछ । ‘जिस्काउने र फकाउने’ वार्ताको अब औचित्य छैन । आन्दोलनको स्वरूप र त्यसमा जनसहभागिता जेजस्तो देखिए पनि यसमा नेपाली जनताको सहयोग, समर्थन एवं सहानुभूति रहेको कुरा लुकाउने अवस्था रहेन तसर्थ आन्दोलनकारी दल एवं सरकार दुवै पक्षबाट गम्भीर एवं संवेदनशील भूमिकाको अपेक्षा गरिन्छ ।     संविधानसभाबाट देशको संविधान जारी भइसकेको छ । आमसहमतिबाट यो जारी भएको भए उत्तम हुने थियो । मधेसवादी दलहरूको आन्दोलनका कारण संविधानप्रति जनतामा कायम रहेका

अत्तो न थापौं

    प्रस्टरूपमा कुनै कुरा भन्न नसक्दा वा गर्न नसक्दा अत्तो थाप्ने गरिन्छ । नेपाल यस मामिलामा अव्वल छ । कुरा कुखुराको मासुको हो । नेपालमा कुखुराको उत्पादनले मुलुकको सम्पूर्ण माग धान्न सक्ने अवस्था छैन । हुनत अहिले कुखुरापालन नाफामूलक व्यवसाय देखिएकोले के पहाड र के तराई सबैतिर पोल्ट्री फार्म खुलिरहेको देखिन्छ । विशेष गरी नेपाल–भारत सीमान्त क्षेत्रमा त गाउँपिच्छे पोल्ट्री फार्महरूको बाढी नै आएको छ । कारण स्पष्ट छ । नेपालको पोल्ट्री फार्मको नाउँमा भारतबाट चोर बाटो भएर कुखुरा ल्याएर तत्तातै नाफा कमाउन सकिन्छ । भारतबाट दिनहुँ कुखुरा र चल्ला चोर बाटो भएर ल्याइने कुराको प्रमाण हरेक दिन ‘चल्ला पक्राउ’ शीर्षकको समाचार छापिने गर्नु नै पर्याप्त छ । चल्ला किन पक्राउ पर्छ त ? बिक्री हुने त कुखुरा हो । यही निर समस्या छ र सरकारले समस्याको समाधान विवेकपूर्ण तरिकाले गर्न नसकेर अत्तो थापेर भारतीय कुखुरा र चल्ला आयातमा प्रतिबन्ध लगाएको छ । सरकारको कथन छ–भारतीय चल्ला र कुखुराबाट बर्डफ्लु सञ्चरण हुने खतरा छ ।     सरकारलाई नेपालका हयाचरी र पोल्ट्री फार्म उद्योगहरूले भारतीय कुखुरा आयातमा रोक लगाउन दबाब दिन्छन

२०७३ असार १६ गते बिहीवारको प्रतीक दैनिक

२०७३ असार १६ गते बिहीवारको प्रतीक दैनिक

पर्सा जिल्लाका पोल्ट्री फर्महरू भारतीय चल्लामाथि निर्भर

Image
प्रस, वीरगंज, १५ असार/     पर्सा जिल्लामा ८३ वटा कुखुरापालन गर्ने पोल्ट्री फर्म रहे पनि उनीहरूले भारतीय चल्लामा आश्रित हुनुपरेको छ । लामो समयदेखि पर्सा जिल्लामा कुखुरा उत्पादन हुँदै आए पनि यहाँ उत्पादित कुखुरा चल्ला खुला सीमाको कारण भारतीय बजारबाट आउने गरेको बताइएको छ।     जिल्ला पशु कार्यालय, पर्साले ८३ वटा पोल्ट्री फर्म हालसम्म दर्ता भएको तर त्यहाँ उत्पादित कुखुराहरूको चल्ला भारतबाट आउने कुरा खुलारूपमा स्वीकार गरेको छैन।     पोल्ट्री फर्महरूको वकालत गर्दै पशु कार्यालयले यहाँ आउने चल्लाहरू चितवनको ह्याचरीबाट आउने गरेको बताएको छ। तर कुखुरा उत्पादन गर्ने पोल्ट्री फर्मका सञ्चालकमध्ये केहीले भारतबाट चल्ला ल्याएर उत्पादन गर्ने गरेको बताए। उनीहरूले भारतमा उत्पादित चल्ला सस्तो हुनाले चितवनमा रहेको ह्याचरीको बिल, भौचर प्रयोग गरी भारतबाट कुखुराको चल्ला ल्याउने गरेको बताए।     जिल्ला पशु कार्यालयले ८३ वटा पोल्ट्री फर्म रहे पनि जिल्लामा भर्खरै सञ्चालनमा आएको शिवम् ह्याचरीबाहेक हालसम्म कुनै पनि ह्याचरी नभएको बताएको छ। समाचार प्रकाशनको सन्दर्भमा जिल्ला पशु कार्यालयले चितवनबाट चल्ला आउने गरेको ब

विभिन्न एनजिओद्वारा रकम पचाउन असारे भ्रमण

प्रस, वीरगंज, १५ असार/     आर्थिक वर्षको अन्तिम हप्तामा जोगिएको रकम पर्सामा रहेका विभिन्न सङ्घसंस्थाहरूले भ्रमणको नाममा सिध्याएको समाचार प्राप्त भएको छ।     सामाजिक विकासको नाउँमा जिल्ला विकास समितिबाट सञ्चालित स्थानीय शासन तथा सामुदायिक विकास (एलजिसिडिपी) कार्यक्रम पाएका पर्साका केही मुख्य संस्थाहरूले भ्रमणको नाममा लाखौं रुपियाँ सिध्याएको देखिन्छ ।     पर्सा जिल्लाको ६६ वटा गाविसमध्ये  एलजिसिडिपी कार्यक्रम सञ्चालनको लागि ग्रामीण समाज विकास केन्द्रले १३ वटा गाविस, सूर्योदय युवा क्लबले १३ वटा गाविस, आदर्श जनसेवा युवा क्लब १३ वटा, न्यु जनज्योति युवा क्लब १४, ब्रिलियन्ट युवा क्लब १३ वटा गाविसहरूमा कार्यक्रम सञ्चालन गरिरहेका छन्। यी पाँचै संस्थाले क्षमता अभिवृद्धिको लागि भ्रमण गर्न लागेको दाबी गरेका छन्। सामाजिक विकासको लागि आएको रकम भ्रमण तथा मोजमस्तीमा खर्च गर्नु गलत भएको पर्साका बुद्धिजीवीहरूले आरोप लगाएका छन्।     संस्थाहरूले भ्रमणमा लगेपछि फेसबूकमा हालेका मोजमस्तीका फोटोहरू अहिले पर्सामा चर्चाको विषय बनेको छ। भ्रमण तथा मोजमस्ती गर्न गएका जिविस प्रतिनिधि विनोद यादवले ६६  गाविसबाट

पर्सा–बारामा पनि धान दिवस मनाइयो

Image
प्रस, वीरगंज, १५ असार/     असार १५ गते मनाइँदै आएको राष्ट्रिय धान दिवस बुधवार पर्सा जिल्लामा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ।     व्यावसायिक धानखेतीको आधार, सामुदायिक नर्सरीको विस्तार भन्ने नाराका साथ १३ औं राष्ट्रिय धान दिवस पर्सा जिल्लामा सरकारी तथा गैरसरकारी संस्थाको पहलमा मनाइएको छ। धान दिवसको अवसरमा जिल्ला कृषि कार्यालय, पर्साले वीउमनपाको अलौमा धान रोपाइँ गरी कार्यक्रम मनाएको छ।     स्थानीय महिला कृषक समूह अलौद्वारा आयोजित धान दिवस समारोहको प्रजिअ केशवराज घिमिरेले धान रोपाइँ गरी उद्घाटन गरेका थिए । उनले नेपालीहरूको प्रमुख बाली धानखेती भएकोले यसको खेती उन्नत प्रविधिबाट गन सुझाव दिएका थिए। स्थानीय विकास अधिकारी विश्वप्रकाश अर्यालको अध्यक्षतामा आयोजित धान दिवस कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय, पर्साका प्रमुख वीरेन्द्रप्रसाद सिन्हा, कृषि सामग्री संस्थान क्षेत्रीय कार्यालयका प्रमुखलगायतले मन्तव्य व्यक्त गरेका थिए। वार्षिकरूपमा असार १५ का दिन मनाइने धान दिवसको अवसरमा बुधवार अलौमा सहभागी कृषक र सरोकारवाला सरकारी कर्मचारीहरूले हिलो छ्यापाछ्याप र धान रोपेर दिवस मनाएका थि

भरतपुर फूटबल क्लब बिरुवागुठी गोल्डकपको फाइनलमा

प्रस, वीरगंज, १५ असार/     बिरुवागुठी गाविसको बडनिहारमा जारी प्रथम बिरुवागुठी गोल्डकप २०७३ अन्तर्गत बुधवारदेखि सेमिफाइनल खेल शुरु भएको छ।     बुधवार भएको पहिलो सेमिफाइनल खेलमा भरतपुर फूटबल क्लब चितवनले पिएफसी पोतला क्लब हेटौंडालाई १ को विरुद्ध ३ गोल गरी फाइनलमा प्रवेश गरेको छ। चितवनका खेलाडी टङक लामा, शिखर उप्रेती र रोशन मगरले १/१ गोल गरेका थिए भने हेटौंडाको तर्फबाट विमल पाण्डेले १ गोल गरेका थिए। बुधवारको खेलको म्यान अफ द म्याच घोषित हेटौंडाका सुशान्त लामालाई स्थानीय समाजसेवी बेलबहादुर उप्रेतीले पुरस्कृत गरेका थिए।     बिहीवार दोस्रो सेमिफाइनल खेल आयोजक एकता युवा क्लब बिरुवागुठी र एकता युवा क्लब छातापिपरा बाराबीच हुने आयोजक कमिटीका सदस्य सुरेश साहले जानकारी गराएका छन्।

नुनखानीको खोजी

    नुन समुद्रमा मात्र पाइन्न, नुनको पहाड पनि हुन्छ। पुरानो समयमा पहाडमा बस्ने मानिसहरू यस्तै नुनको पहाड फोडेर आफ्नो गर्जो टार्ने गर्दथे। नुनको पहाड नेपालमा पनि छ भन्ने कुरा बाबुबाजेको पालादेखि सुनिंदै आएको हो । २०२७ सालमा भारतले नेपालमा नाकाबन्दी लगाउँदा पञ्चायतीमन्त्रीहरू बरु पहाडको नुन खाउँला, भारतको अगाडि झुक्दैनौं भन्थे। आज पहाडको नुन खोजी गर्ने कुरा झन्डै आधा शताब्दी बित्न लागेको छ, नुन भने खोजी नै भइरहेको छ। ४५ वर्षदेखि नुनको खोजी भइरहेको र नपाइएको भने होइन, खोजी नै नगरेको हो। पछि भारतले नाकाबन्दी हटाएर नुन पठाउन थालेपछि, नुन खोज्ने कुरा सेलाएको हो। कुरा नुनको मात्र होइन। भनिन्छ नेपालमा फलाम, तामा, पेट्रोल, प्राकृतिक ग्याँस त छ, छस युरेनियमको खानी पनि छ। भएर मात्र के गर्नु ? तिनको उत्खनन र उपयोग हुनुपर्‍यो अनि पो हुनुको सार्थकता १ अस्ति भर्खर भारतले अघोषित नाकाबन्दी गर्दा पेट्रोलखानी खोज्ने, चीनबाट पेट्रोलियम पदार्थ मगाउने, चीन टाढा पर्ने हुँदो निकटतम बाटो निर्माण गर्ने यावत् बुद्धिमानीका कुरा उठेको हो। तर भारतले नाका खोल्नेबित्तिकै सबैथोक बिर्सियो। तत्विशेष सरकारले नुनखानी खोज

उत्पादनमुखी बन्न नसकेको हाम्रो समाज

Image
सञ्जय साह मित्र      अहिले कोही पनि सन्तुष्ट छैन। सन्तुष्ट छैन भनेपछि असन्तुष्ट रहेको अवस्था भन्न मिल्छ कि ? सबै अवस्थामा सन्तुष्ट नहुनुको अर्थ असन्तुष्ट हुनु नै हुन्छ भन्ने होइन, तर वर्तमानमा भने धेरै क्षेत्रको अवस्था करिब यस्तै छ। उद्योगी असन्तुष्ट, व्यवसायी असन्तुष्ट र उपभोक्ता पनि असन्तुष्ट। शिक्षा मन्त्रालय असन्तुष्ट, विभाग असन्तुष्ट, जिल्ला शिक्षा कार्यालय असन्तुष्ट, विद्यालय असन्तुष्ट, शिक्षक असन्तुष्ट, अभिभावक असन्तुष्ट र विद्यार्थी पनि असन्तुष्ट। प्रकाशक असन्तुष्ट, सम्पादक असन्तुष्ट, लेखक–पत्रकार असन्तुष्ट, पाठक असन्तुष्ट, विज्ञापनदाता समेत असन्तुष्ट। पिता असन्तुष्ट, माता असन्तुष्ट र सन्तान पनि असन्तुष्ट। विकासे अड्डा असन्तुष्ट, ठेकेदार असन्तुष्ट, समिति असन्तुष्ट, सडक पनि असन्तुष्ट। भनेपछि समाजको सम्पूर्ण संयन्त्र नै असन्तुष्ट रहेको जमाना छ तर असन्तुष्टिको सम्बोधन गर्नेतर्फ कतैबाट पनि खासै पहल भएको देखिंदैन। असन्तुष्टिको संयन्त्र र सञ्जालको मुख्य कारण भने आफ्नो क्षेत्र सिर्जनात्मक नहुनु, उत्पादनमुखी नहुनु हो।     एउटा सामान्य सिद्धान्त के हो भने उत्पादनमा कोही संलग्न हुँद

२०७३ असार १५ गते बुधवारको प्रतीक दैनिक

२०७३ असार १५ गते बुधवारको प्रतीक दैनिक

जिविस रौतहटमा अनुगमनको अभ्यास थालनी

Image
प्रस, रौतहट, १४ असार/     जिल्ला विकास समिति, रौतहटद्वारा यस वर्ष पहिलोपटक अनुगमन अभ्यास थालनी गरेको छ । जिविसको अनुदान रकम र संसदीय विकास कोषद्वारा हुने विकास निर्माण कार्यमा भ्रष्टाचार न्यूनीकरणका लागि अनुगमन थालनी गरेको जनाइएको छ ।     विकास निर्माणमा व्यापक अनियमितता हुने चलन रहेको अवस्था हटाउन पहिलोपटक यस वर्ष अनुगमन रिपोर्टको आधारमा भुतmानी हुने जिविसले जनाएको छ । जिल्लाका ६ वटा विकास क्षेत्रमा राजनैतिक दल, जिविस प्रतिनिधि, इन्जिनियर, ओभरसियर, नेपाल पत्रकार महासङ्घ रौतहटका प्रतिनिधि र गैरसरकारी संस्थाका प्रतिनिधिहरूको टोलीले अनुगमन गरिरहेको छ ।     यसै क्रममा आज क्षेत्र न २ मा अनुगमन भएको छ । फतुवा महेशपुर हुलाकी सडकमा मिक्सग्रेभल कार्य, राजपुर डमारदेखि शेख इद्रिश प्रावि सम्मको सडक ग्रेभल, मस्जिदको पर्खाल निर्माण, वसन्तपट्टी–इनरवारी–तेजापाकड सडक विस्तार तथा ग्रेभल कार्य, शिव मन्दिरको गुम्बज निर्माणलगायत योजनाको अनुगमन भएको छ ।     विन्देश्वर राय यादवको संयोजकत्वमा पत्रकार शैलेन्द्र झा, प्राविधिक कार्यालयका इन्जिनियर रामनरेश साह, लोकतान्त्रिक गैरसरकारी सस्था महासङ्घ नेपालका जयप्

सामुदायिक सेवा केन्द्रद्वारा बजार अनुगमन

Image
प्रस, वीरगंज, १४ असार/     सामुदायिक सेवा केन्द्र–१४/१५ मुर्ली श्रीपुर र वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले म·लवार पावरहाउस चोकदेखि प्रतिमाचोकसम्मका पसलहरूमा चेकजाँच गरेको छ ।     अवैध मदिरा बिक्री गर्ने, महिला कामदार राखी अनुचित कार्य गर्ने र आन्तरिक राजस्व कार्यालयको इजाजत बिना मदिरा पसल सञ्चालन गर्ने उजुरीका आधारमा सो क्षेत्रमा रहेका पसलहरूको चेकजाँच गरिएको बताइएको छ ।     चेकजाँचको क्रममा आधा दर्जन पसलबाट ६५ लिटर अवैध घरेलु मदिरा बरामद भएको थियो ।     यसैगरी सो क्षेत्रमा रहेका एक दर्जन पसलमध्ये आधामा महिला कामदार राखी अनुचित कार्य गराइने गरेको आशड्ढा भएपछि प्रहरी र सामुदायिकले घरधनीलाई पसल खाली गराउन सचेत गराएको थियो ।     सो क्षेत्रमा सञ्चालित पसलहरूले पान नं. समेत नलिएको र मदिरा बिक्रीको इजाजत कमै पसलले लिएको बताइएको छ ।     प्रहरीले १५ दिनभित्र अनुचित कार्य गर्ने पसल र घरधनीलाई पसल खाली गराउन सचेत गराएको सामुदायिक सेवाकेन्द्र मुर्लीका अध्यक्ष राम सर्राफले बताए ।

सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

प्रस, वीरगंज, १४ असार/     एमालेबाट मनोनीत  सांसद नागेन्द्रप्रसाद चौधरीले शिक्षाको चेतना वृद्धि भए सबै प्रकारको विकास निर्माण सम्भव हुने बताएका छन् ।     निर्वाचन क्षेत्र विशेष कार्यक्रम अन्तर्गत पर्सा क्षेत्र नं. ४  का नौवटा विद्यालयलाई नौ थान कम्प्युटर वितरण गर्दै सांसद चौधरीले शैक्षिक चेतना वृद्धि भएमा सामाजिक रूपमा उत्पन्न हुने अनेक खालको समस्या समाधान हुने दाबी गरे । उनले एमाले पार्टीको जनमुखी र केन्द्रीय नीति अनुरूप नै शैक्षिक क्षेत्रमा खर्च गर्ने र सबै नागरिकलाई शिक्षाको उज्यालो घाम प्रदान गर्ने अभियान अन्तर्गत विद्यालयहरूलाई कम्प्युटर प्रदान गरिएको बताए ।      क्षेत्र न.ं ४ का ९ वटा सामुदायिक विद्यालयलाई ४९ हजार ५ सय मूल्य बराबरको ४ लाख ४५ हजार, ५ सय रुपिंयाँको कम्प्युटर हस्तान्तरण  गरेका थिए । हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि सांसद चौधरीले निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम दुरुपयोग नगरेको दाबी गरे । उनले खर्च पारदर्शी बनाएको र त्यसलाई प्रमाणित गर्न तयार रहेको बताउँदै जनताले सबै सांसदसँग खर्चको विवरण माग्नुपर्ने बताए ।         कम्प्युटर हस्तान्तरण कार्यक्रममा एमालेका ने

ओमशान्ति भवनको शिलान्यास

Image
प्रस, वीरगंज, १४ असार/     ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, वीरगंजको आयोजनामा म·लवार ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नेपालका निर्देशक राजयोगिनी राजदिदीले बिर्तामा निर्माण हुन गइरहेको ओम् शान्ति भवन को शिलान्यास गरेकी छन् ।     राजयोगीनी राजदिदीले भवनको शिलान्यास गरेकी थिइन् भने उद्योग  वाणिज्य महासङ्घका केन्द्रीय सदस्य विजयकुमार सरावगी, ब्रह्माकुमार गुणराज लामिछाने र रामचन्द्र मिश्रले नरिवल फोडी शिलान्यास कार्यक्रमको शुभारम्भ गरेका थिए ।     भवनको शिलान्यास गर्दै नेपालका निर्देशक राजयोगिनी राजदिदीले निर्माण हुन गइरहेको भवन कुनै साधारण तथा दुनियावी भवन नभएको बताइन् । उनले संसारको दु:खी, अशान्त आत्माहरूलाई विषय विकाररूपी असाध्य रोगबाट मुक्ति प्रदान गरी सम्पूर्ण स्वस्थ बनाउने सर्वोच्च सर्जन परमात्माको आध्यात्मिक हास्पिटल निर्माण हुन गइरहेको दाबी गरिन् । उनले सबै तह, तप्का तथा वर्गका व्यक्तिलाई वास्तविक ज्ञान प्रदान गर्ने परम सर्वोच्च शिक्षकको आध्यात्मिक विश्वविद्यालय भएको पनि बताइन् । उनले भवन निर्माणमा सहयोग गरी पुण्यलाभ लिन पनि आग्रह गरिन् ।     क्षेत्रिय सञ्चालिका रविना दिदी, वरि

टोल सुधार समितिलाई सफाइ सामग्री हस्तान्तरण

Image
प्रस, वीरगंज, १४ असार/     वीरगंज उपमहानगरपालिका–१६  तेजारथ टोलसुधार समितिलाई सांसद जुनैद अन्सारीले सरसफाइका लागि संसदीय विकास कोषबाट रु १ लाख ५० हजार मूल्य बराबरको सामग्री प्रदान गरेका छन् ।     म·लवार वीरगंज–१६ स्थित तेजारथ टोल सुधार समितिको कार्यालयमा संसदीय कोषको रकमबाट उक्त मूल्य बराबरको सामग्री  समितिका पदाधिकारीहरूलाई हस्तान्तरण गरेका थिए ।     नेकपा एमालेका सांसद अन्सारीका प्रतिनिधि मुस्तफा अंसारीले तेजारथ टोल सुधार समितिका अध्यक्ष ईश्वरदेव यादवलाई ३ सय ५० थान प्लास्टिकको बाल्टिन तथा फोहर उठाएर फाल्ने एक थान ठेला हस्तान्तरण गरेका थिए ।     कार्यक्रममा नेपाल पत्रकार महासङ्घ, पर्साका सहसचिव शेखर छतकुली, मदन सिंह ठकुरी, विमल अमात्य, नारायण शाही, हीरा गिरी लगायत उपस्थित थिए ।     वीरगंज उपमाहानगरपालिका–१४ मा दुर्गाटोल सुधार समिति, त्रिमूर्ति टोल सुधार समिति र तेजारथ टोल सुधार समितिले दैनिक टोलवासीहरूको आर्थिक सहयोगमा सरसफाइलगायत टोलसुधारका कामहरू गर्दै आएको छ ।

ग्रामीण सडक निर्माणका लागि जनचेतना तथा अभिमुखीकरण तालिम सम्पन्न

प्रस, गंजभवानीपुर, १४ असार/     स्थानीय सडक उपभोग्क्ता समिति र ग्रामीण सडक समन्वय समितिको लागि जनचेतना तथा अभिमुखीकरण एक दिवसीय तालिम सम्पन्न भएको छ ।     कबहीगोठ, बरियारपुर, १३ किलोमिटर सडक स्तरोन्नति उप आयोजनामा पर्ने बरियारपुर, गंजभवानीपुर, दहियार र सिहोर्वा गाविस क्षेत्रका स्थानीय, सडक समितिको साथमा जिल्ला प्राविधिक (एसएनटिपी बारा) का पदाधिकारीहरूबीच महागढीमाई नगरपालिका–१० मा आज जनचेतना, अभिमुखीकरण तालिम सम्पन्न भएको सगुन पराजुलीले बताए ।     पन्द्र महिनाभित्र कार्य सम्पन्न गर्नेगरी बरियारपुरदेखि सिहोर्वासम्म निर्माण हुने ६ दशमलव ७५ मिटर सडकको चौडाइ र ७ दशमलव ७५ किलोमिटर लम्बाइमा रु ५७,४४४,९६४/– विनियोजित भएको कार्यक्रममा बताइएको छ । यसैगरी सडक भित्र कल्र्भट तथा बस्तीमा पक्की नाला निर्माण कार्य सम्पन्न गरिने छ ।     सम्झौता अनुसार सडक कार्यमा कम असल निर्माण साम्रगी प्रयोग भए तुरुन्त जिल्ला प्राविधिक वा जिविसको कार्यालयमा जानकारी दिन कार्यक्रममा सहभागीहरूसित कार्यक्रम प्रस्तोता प्रमुख इन्जिनियर रवीन्द्रप्रसाद देवले अनुरोध गरेका थिए ।     राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण, व्यवस्था

बिरुवागुठी गोल्डकप फूटबल प्रतियोगिता आयोजक एकता क्लब बिरुवागुठी सेमीफाइलमा

प्रस, वीरगंज, १४ असार/     बिरुवागुठीको  बढनिहारस्थित खेल मैदानमा एकता युवा क्लब बिरुवागुठी द्वारा सञ्चालित बिरुवागुठी गोल्डकप २०७३ अन्तर्गत मङ्गलवार दिउँसो भएको खेलमा एकता युवा क्लब बिरुवागुठीले  युवा स्पोटर््स क्लब वीरगंजलाई शून्यका विरुद्ध चार गोलले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ । आजको क्वार्टर फाइनल खेलमा एकता युवा क्लबका तर्फबाट नील मगर र रमेश चुनाराले २–२ गोल गरेका थिए ।     आजको खेलमा एकता युवा क्लबका नील मगर म्यान अफ द म्याच घोषित भए । उनलाई स्थानीय समाजसेवी बेलबहादुर उप्रेतीले पुरस्कृत गरे ।     बुधवारदेखि सेमिफाइनलका खेलहरू शुरु हुनेछ । बुधवार पहिलो सेमिफाइनल बीएफसी क्लब भरतपुर र एफसी पोतला क्लब हेटौंडाबीच हुने आयोजकले जनाएको छ ।     असार १९ गतेसम्म सञ्चालन हुने बिरुवागुठी गोल्डकप प्रतियोगितामा पर्सा, बारा, चितवन, मकवानपुर जिल्लाका ९ टिमको सहभागिता छ । प्रतियोगिताका विजेताले पचास हजार नगदसहित शिल्ड, मेडल र उपविजेयताले पच्चीस हजार नगदसहित शिल्ड, मेडल, प्रमाणपत्र पाउने प्रतियोगिता आयोजक कमिटीका अध्यक्ष सन्दीप तामाङले बताए ।

सन्दर्भ: दोस्रो योग दिवस

Image
विनोद गुप्ता     ई.सं. २१ जून २०१६ अर्थात् वि.सं. २०७३ असार ७ गते वीरगंज योगमय भएको अनुभूति मिल्यो । जिल्ला आयुर्वेदको अग्रसरता एवं नेपाल आयुर्वेद मेडिकल कलेज वीरगंजको सहआयोजनामा बिहान प्रभातफेरिदेखि बेलुकी योगाभ्यासको कार्यक्रम भयो भने आर्ट अफ लिभिङको तर्फबाट आदर्शनगरमा योगाभ्यास भयो । त्यस्तै अर्को कार्यक्रम भारतीय महावाणिज्य दूतावासको आयोजनामा होटल भिस्वामा बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म सम्पन्न भयो । जिल्ला आयुर्वेद एवं भारतीय महावाणिज्य दूतावास गरी दुवैतर्फबाट निमन्त्रण भएको र आफू पनि योगबारे जान्न उत्साहित भएकोले बिहानको सत्रमा महावाणिज्य दूतावास र बेलुकीको सत्रमा जिल्ला आयुर्वेदको कार्यक्रममा सहभागी हुनेगरी बिहान ६ बजे नै होटल भिस्वा पुगे । भारतीय महावाणिज्य दूतावासको कार्यक्रम बिलकुल समयमा शुरु हुन्छ भन्ने सुनेको भए पनि कार्यक्रम करिब डेढ घण्टा ढिलो शुरु भयो । योगाभ्यासको सत्रमा सहभागी हुने क्रममा दुईवटा कुराहरू अत्यन्त महत्त्वपूर्ण लाग्यो । पहिलो योग गर्दा आफ्नो अयmायचत भिखभ िभन्दा बढी कहिले पनि गर्न नहुने र विभिन्न रोगहरूबाट ग्रसित व्यक्तिहरूको लागि वर्जित योग त बिलकुलै

समृद्ध नेपालको आग्रह

    वीरगंजमा सद्भावना पार्टीले समृद्ध नेपालका लागि जुलुस प्रदर्शन गरेको छ । जुलुसको क्रममा पार्टीका कार्यकर्ताहरूले लगाएको नाराको बानगी हेर्दा यो कुनै नौलो र देशको सर्वतोमुखी हितचिन्तक पार्टीजस्तो देखिन्छ । जुलुसको शीर्षक ‘समृद्ध नेपाल’ भनिए पनि नाराको आग्रह वीरगंजको विकास र उन्नतिसँग मात्र सम्बद्ध थियो । यस अर्थमा आलोचना गर्न खोजिएको होइन । समग्र देशको समृद्धिको अभियानमा पार्टीले एउटा शहरको जागरुकता र विकाससम्बद्ध कुरा मात्र उठायो । खुशीको के कुरा छ भने आज राजनीतिक दलहरूले निर्वाचनताका लगाउने नारा सद्भावनाले सामान्य अवस्थामा लगाएको छन् र पार्टी र पार्टीका सदस्यको नाम पनि उच्चारण नगरी शहरको विकास निर्माण र अनियमितताप्रति सरोकार देखाएका छन् । समग्रको विकासमा व्यक्तिको विकास निहित छ र व्यक्ति–व्यक्तिको विकासले पनि समग्र विकासको सड्ढेत गर्दछ । तर समग्रको विकासमा व्यक्तिको विकास अवश्यम्भावी भएजस्तै व्यक्तिको विकासले समग्रको विकास हुन्छ भन्ने कुरामा निश्चितता हुँदैन ।     सद्भावना क्षेत्रीय पार्टी हो । नामले यसो नभने पनि आफ्नो राजनीतिक वर्चस्व र अहिलेसम्म उठाइएको मुद्दाले सद्भावनालाई क्षेत्

२०७३ असार १४ गते मङ्गलवारको प्रतीक दैनिक

२०७३ असार १४ गते मङ्गलवारको प्रतीक दैनिक

नाउक्षे अस्पतालमा भुक्तानीको लागि नक्कली बिल भौचरको बिगबिगी

Image
प्रस, वीरगंज, १३ असार/     असार मसान्तको अन्तिम बेला नाउक्षे अस्पतालमा अहिले नक्कली तथा फर्जी बिलको बिगबिगी भएको पाइएको छ ।     अस्पतालभित्र रहेका विभिन्न शाखाहरूका इन्चार्जहरूले पेश गरेको बिल भौचरमा बढी मूल्य देखिएको तथा केही दोहोरो बिलसमेत फछ्र्योट गर्न लागेको स्टोरका कर्मचारीहरूले बताएका छन् ।     स्टोरका कर्मचारीले दिएको जानकारी अनुसार भर्खरै सञ्चालित सिटीस्क्यान जडान टेन्डरबाट भएको र त्यसमा केही सामान खरिद गर्न आदेश दिएको बताए पनि अहिले एक्कासि ४० हजार बराबरको इलेक्ट्रिक सामान खरिद भएको बिल पेश भएपछि खैलाबैला मचेको छ । सिटीस्क्यान सञ्चालनको लागि ठेक्का लिएका ठेकेदार अरुण कार्कीसँग बुझ्दा केही सामान खरिद गरेको पर अधिकतम मूल्य पर्ने सामानहरू आफै जडान गरेको बताए । ठेकेदारले जडान गरेको तर हस्तान्तरण नगरे पनि भुक्तानी पाइसकेको देखिन्छ ।     कर्मचारी स्रोतका अनुसार १ हजार पर्ने एमसिबी बक्सको मूल्य रु ३ हजार ८ सय, १० पिस क्लेम्पु लागेको ठाउँमा २८ पिस, विभिन्न किसिमका तारलगायत अन्य इलेक्ट्रिक सामानहरू खरिद गरेको बिल पेश गरिएको छ ।     इलेक्ट्रिकको बिल सम्बन्धमा इलेक्ट्रिक इन्चार्ज सन्तो

रौतहटका ३९ गाविस एमसिपिएममा अनुत्तीर्ण, बजेट कटौती हुने

प्रस, रौतहट, १३ असार/     रौतहट जिल्लाका उनन्चालीस गाविसले न्यूनतम शर्त पूरा नगरेको जिल्ला विकास समिति, रौतहटले जनाएको छ । न्यूनतम शर्त पूरा नगरेको तथा मूल्याड्ढनकर्ताको सम्पर्कमा पनि नआएकोले उनन्चालीस गाविस अनुत्तीर्ण भएको लेखा परीक्षण शाखाले जनाएको छ ।     एमसिपिएमसँग सम्बन्धित कागजात जिविस रौतहटको आलेप शाखामा बुझाई स्थलगत निरीक्षणको व्यवस्थासमेत नगराएकोले ती गाविस अनुत्तीर्ण भएका आलेप शाखाका अधिकृत कीर्तिराज सुवेदीले बताएका छन् ।     अनुत्तीर्ण हुने गाविसहरू राजदेवी, मत्सरी, सरुअठा, भेडियाही, बरियारपुर, पिपरारजवाडा,  गढो, रमौली बैरिया, अजगैबी, देवाही, पिपरा भगवानपुर, टेंग्राहा, ग·ापिपरा, झुन्खुनवा, भलोहिया, राजपुर तुलसी, मिठुअवा, धरहरी, माधोपुर, पतौरा, पिपरिया दोस्तिया, सन्तपुर दोस्तिया, शीतलपुर, सिमराभवानीपुर, लक्ष्मीपुर दोस्तिया, भसेडवा, बगही, पिपरा पोखरिया, तेजापाकड, हथियाही, सरमुजवा, पिपरिया परोहा, जटहरा, जोकहा, लौकाहा, बन्जरहा, समनपुर, कनकपुर रहेको लेखा परीक्षण अधिकृत कीर्तिराज सुवेदीले बताए ।     अनुत्तीर्ण गाविसको तीन लाखदेखि पाँच लाखसम्म बजेट कटौती हुने जनाइएको छ ।

हिमालयन टर्मिनलको कारण रोपाइँको बेला मलको हाहाकार

प्रस, वीरगंज, १३ असार/     धान रोपाइँको बेला हिमालयन टर्मिनलले युरिया मल रोकेपछि अहिले हाहाकार भएको छ ।     किसानहरूको महत्त्वपूर्ण समय धान रोपाइँ शुरु भएको बेला हिमालयन टर्मिनलले डिटेनसन चार्जको बहानामा सुक्खा बन्दरगाहमा आएको युरिया मल दुई सातादेखि रोकेको छ । जोर्डन, चीन र भारतबाट अनुदानमा मगाइएको युरिया मल अन्दाजी डेढ लाख बोरा हिमालयन टर्मिनलले रोकेको छ ।     अन्य मुलुकले नेपाललाई अनुदानमा दिएको मल हिमालयन टर्मिनलले एकोहोरो निर्णयबाट रोकेको कर्मचारीहरूले बताएका छन् । बन्दको बेला साल्ट ट्ेरडिङ र कृषि सामग्री कम्पनीले मगाएको ७० हजार ६ सय ४२ मेट्रिक टन मल मजदुर समस्या र बाटोको समस्या देखाउँदै उठाउन नसकेपछि हिमालयन टर्मिनलले १४ करोड ७९ लाख डिटेन्सन चार्ज माग गरेको छ ।     हिमालयन टर्मिनलले माग गरेको डिटेन्सन चार्ज नेपाल सरकारले बेहोर्ने पत्राचार गरे पनि तत्काल भुक्तानी माग गर्दै मल रोकेको देखिन्छ ।     बन्दको क्रममा देश नै ठप्प भएपछि हिमालयन टर्मिनलको आग्रहमा मल मगाएको र त्यसको शुल्कमा विचार गर्ने सो बेला जनाएको कृषि सामग्री कम्पनीका कर्मचारी बताउँछन् तर अहिले रोपाइँको बेलामा एक्कासि मल

पर्साको ५० प्रतिशत खेतमा अम्लीयता, विज्ञद्वारा चुना छर्न सिफारिस

प्रस, परवानीपुर, १३ असार/     पर्साका किसानहरूको खेतमा अम्लीयता बढ्दै गएको पाइएको छ । असारमा गरिएको माटो परीक्षणबाट यस्तो तथ्य बाहिर आएको हो । यस पालि क्षेत्रीय माटो परीक्षण प्रयोगशाला हेटौडाको सहयोगमा जिल्ला कृषि विकास कार्यालय, पर्साले ६ सयजनाको खेतको माटो परीक्षण गराएको छ ।     माटो परीक्षणबाट करिब ५० प्रतिशत कृषकको खेतमा ६ पिएचभन्दा कम उर्वरशक्ति मापन गरिएको क्षेमापप्र हेटौडाका विज्ञ रामदुलार यादवले बताए । अर्का माटोविज्ञ गणेश साहका अनुसार पर्सामा जग्गाको उर्वरा शक्ति दिन प्रतिदिन कम हुँदै गएको पाइएको छ, यो धेरै चिन्ताको विषय हो । साहले भने–“किसान सचेत हुनुपर्छ, खाली जग्गा जोतेर खेती गर्ने किसानले माटोको उपचारको गर्न पनि सोच्नुपर्छ, अनि राम्रो उत्पादन हुन्छ ।”     जिल्ला कृषि विकास कार्यालय, पर्साले ६ सयजना किसानको ३ चरणमा माटो परीक्षण गराएको छ । पहिलो चरणमा ३ सयजनाको, दोस्रो चरणमा २५६ जना र गत शुक्रवार ४४ जनाको माटो परीक्षण गरिएको हो । अन्तिम चरणको परीक्षणमा ४४ मध्ये २२ जनाको ३ दशमल ७ देखि ५ दशमलव ९ सम्म पिएच मापन गरिएको छ । यो अन्न उत्पादनका लागि एकदमै कम हो । त्यसैले वीरगंज–१४ क

जीतपुर बस बिसौनीको पूर्वाधार निर्माण शुरु

Image
प्रस, जीतपुर, १३ असार/     औद्योगिक क्षेत्रतिर उन्मुख वीरगंज–पथलैया ६ लेन निर्माणाधीन सडकखण्डबीच पर्ने जीतपुरस्थित सार्वजनिक जग्गामा आधुनिक जीतपुर बस बिसौनीसहित शौचालय, यात्रु विश्राम र यात्रु प्रतीक्षालय भवन निर्माणको लागि सो जग्गामा माटो पुर्ने काम तीव्र गतिमा भइरहेको बस व्यवस्थापन निर्माण समिति जीतपुरका अधिकारीहरूले बताएका छन् ।     अहिले पहिलो चरणमा बस तथा यात्रु व्यवस्थापनको लागि तत्काल निर्माण काम पूरा गर्ने र दोस्रो चरणमा बस बिसौनीमा आवश्यकता बमोजिम भवन निर्माण गरी व्यवसाय, सेवा सञ्चालन गर्ने गढीमाई नपा कार्यालय जीतपुरका कार्यकारी अधिकृत नाथु साहले बताए ।         जीतपुर बस बिसौनी निर्माणले मुख्य सडक अवरुद्ध भइरहने समस्या अन्त्य हुनुको साथै आवागमन सुरक्षित भई दुर्घटना न्यूनीकरण हुने बारा उद्योग वाणिज्य सङ्घ शाखा जीतपुरका अध्यक्ष घनश्याम गिरीले बताए ।

नाउक्षेको डिजल काण्ड: प्रतिवेदनमा मात्र सीमित, दोषीमाथि कारबाई हुन्छ– प्रजिअ

Image
प्रस, वीरगंज, १३ असार/     नारायणी उपक्षेत्रीय अस्पतालमा तीन साता पहिले तेल सम्बन्धी भएको अनियमितताबारे बुझाइएको प्रतिवेदन जिल्ला प्रशासन कार्यालयमा थन्किएको छ ।     प्रतिवेदन दुई साता पहिले जिल्ला प्रशासन कार्यालय, पर्साले बुझेको प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले बताएका छन् । राजनीतिक दबाबमा परी जिल्ला प्रशासन कार्यालयले कारबाई प्रक्रिया अगाडि नबढाएको नाउक्षे अस्पतालका एकजना कर्मचारीले बताए । जेठ २३ गते बिहान नाउक्षे अस्पतालको  जेनेरेटर राखेको नजिकैको नालामा सय लिटर डिजल फालिएको अवस्थामा फेला परेको थियो ।     घटनाबारे छानबिन गर्न सोही बेला निमित्त मेसु डा. अतुलेश चौरसिया, नाउक्षे अस्पतालका प्रशासकीय अधिकृत रमेश चौधरी, स्टोर प्रमुख वीरेन्द्र चौधरी, कर्मचारी युनियनका अध्यक्ष रामेश्वर कुर्मीको नेतृत्वमा छानबिन समिति गठन भएको थियो । छानबिनको क्रममा कर्मचारीहरूसँग लिखित र मौखिक बयान लिइएको थियो । समितिले कर्मचारीसँग लिएको लिखित बयानसहित प्रतिवेदन जिल्ला प्रशासनमा बुझाउँदा र निर्णय गर्न खोज्दा कर्मचारी युनियनका अध्यक्ष रामेश्वर कुर्मीले प्रतिवेदनमा सहीछाप नगरी हिंडेको अस्पतालका मेसु

नेपाल दूरसञ्चारमा भएको करोडौंको भ्रष्टाचार छानबिन गर्न वर्कर्स युनियनको माग

प्रस, वीरगंज, १३ असार/     नेपाल दूरसञ्चार क्षेत्रीय कार्यालय वीरगंजमा भएको करोडौंको भ्रष्टाचारको नेपाल टेलिकम वर्कर्स युनियनले रहस्योद्घाटन गरेको छ ।     सेवाको नाममा नेपाल दूरसञ्चार क्षेत्रीय कार्यालयका केही कर्मचारीहरूले कामै नगरी करोडौं भ्रष्टाचार गरेको भन्दै वर्कर्स युनियनले ३९ बुँदे मागसहित क्षेत्रीय निर्देशक विभास गुप्तसमक्ष ज्ञापन बुझाएको छ ।     नेपाल टेलिकम वर्कर्स युनियनका क्षेत्रीय अध्यक्ष पुरन साहले क्षेत्रीय कार्यालयले गरेको भ्रष्टाचार नियन्त्रणको माग गर्दै बुझाएको ३९ बुँदे मागको विषयलाई लिएर अहिले सो कार्यालयमा कर्मचारीबीच तनाव बढेको छ । तनाव बढेपछि केही दिन कार्यालय प्रमुखदेखि अन्य कर्मचारीसमेत बेपत्ता थिए ।     ५.२ मिलियन जिएसएम प्रोजेक्ट अन्तर्गत बाराको दोहरी, सिनोरवा, भलुही, बतरा, रौतहटको इनरवारी, बैरिया, सङ्ग्रामपुर, धनुषाको किशननगर, भोटही पटेर्वा, औराही, हंसपुर, कटपुला, धारापानी, वीरेन्द्र बजार, बहेराबेला, मिथिलेश्वर निकास, धोबीवास–२, महोत्तरीको मटिहानी, हलखोरी, महदैया, तपनपुर, बडउल, पर्साको बसडिलवामा सञ्चालित बिटिएस जडान गरिए पनि सञ्चालनमा नआएको तर चाइनिज कम्पनीला

एकता युवा क्लब जैतापुर विजयी

प्रस, वीरगंज, १३ असार/     बिरुवागुठीमा सञ्चालित प्रथम बिरुवागुठी गोल्डकप फूटबल प्रतियोगिता अन्तर्गत आज चौथो दिनको खेलमा एकता युवा क्लब छातापिपरा, बाराले फ्रेन्ड्स क्लब जैतापुर बारालाई ० का विरुद्ध ५ गोलको अन्तरले पराजित गरेको छ ।     आजको प्रतियोगितामा म्यान अफ द म्याच घोषित भएका विजेता टिमका खेलाडी सुशान्त चौधरीलाई प्रमुख अतिथि बेलबहादुर उप्रेतीले पुरस्कार प्रदान गरेका थिए ।     म·लवारको खेल युवा स्पोट्र्स क्लब वीरगंज र एकता युवा क्लब बिरुवागुठीबीच हुने आयोजक कमिटीका सचिव बलिरामकुमार शुक्लाले बताएका छन् ।

क्रिकेट प्रतियोगितामा इटियाही र खुटवा विजयी

प्रस, परवानीपुर, १३ असार/     परवानीपुरमा जारी स्वर्गीय महमुद आलम मेमोरियल प्रथम क्रिकेट प्रतियोगिताको दुई खेलमा इटियाही र खुटवा क्रिकेट क्लब विजयी भएका छन् । हिजो साँझ साढे ३ बजेदेखि भएको खेलमा इटियाहीले रामपुर टोकनी टिमलाई ८९ रनले पराजित गरेको थियो । इटियाहीले टस जिती पहिले ब्याटिंग गर्दै निर्धारित १५ ओभरमा ७ विकेटको क्षतिमा १३६ रन बनाएको थियो । जवाफी ब्याटिंग गरेको रामपुर टोकनीले १३ ओभरमा कुल ४७ रनमैं अलआउट हुँदा इटियाहीले जीत निकालेको हो । सो खेलका म्यान अफ द म्याच अक्षय सर्राफ घोषित भएका थिए ।     यसैगरी आज बिहान खुटवा र इनार्वासिरा क्रिकेट क्बलबीच भएको खेलमा खुटवा २ रनले विजयी भएको छ । निर्धारित १५ ओभरमा ९३ रनको विजयी लक्ष्य दिएको खुटवाले इनार्वासिरालाई ९० रनमा आलआउट गराएर खेल जितेको छ । खुटुवाले यस अघि ९ विकेटको क्षतिमा १५ ओभर खेल्दै ९२ रन बनाएको थियो । यस खेलका म्यान अफ द म्याच खुटवाका खेलाडी मकसुद अन्सारी घोषित भएका छन् । आज साँझको खेल परसौनी र बन्जरिया क्रिकेट क्लबबीच हुने आयोजकले जनाएको छ ।

अपराध नियन्त्रण र प्रभावकारी अनुसन्धान पद्धति

Image
अधिवक्ता वीरेन्द्रप्रसाद यादव     अपराध र अपराधीले दुई कुरामा अवरोध गर्छ । सामाजमा अमनचयन, शान्ति कायम गर्न र विकासको काम गर्न । यसर्थ अपराध नियनत्रण नभएसम्म न शान्ति कायम हुन्छ, न देश विकास नै हुन्छ । यसै कारणले ठूला एवं विकसित मुलुकले अन्य विषयभन्दा बढी अपराध नियनत्रणमा केन्द्रित हुन्छन् । विश्व अनुभवले पनि स्थापित गरेको कुरा के हो भने जुन मुलुकले अपराध र अपराधीलाई बढी नियन्त्रण गर्न सकेको छ त्यो बढी विकसित एवं लोकतान्त्रिक साबित भएको छ । जसले अपराध र अपराधी नियन्त्रण गर्न सकेको छैन त्यो अधोगतिमा रहेको छ, जस्तै पाकिस्तान, अफगानिस्तान, नाइजेरिया आदि । यसर्थ राज्यले अपराध वृद्धि हुने कुनै कार्य गर्नुहुँदैन भन्ने मान्यता अपराधशास्त्रले सड्ढेत गर्छ । अपराध नियन्त्रण राज्यको प्राथमिक दायित्व भएको हुँदा विकसित मुलुकहरूले अपराधको स्रोतको अनुसन्धान र अपराध नियन्त्रण गर्ने कानुन निर्माणका लागि सुझाव दिन संस्थागत संयन्त्र नै विकसित गरेका छन् । एकजनाको प्रतिवेदन वा विज्ञताको भरमा बनेको कानुन संस्थागत प्रतिवेदनको आधारमा बनेको कानुनभन्दा बढी लाभदायी हुन सक्दैन । अमेरिकामा सन् १९०९ मा द अमेरिकन

पीडितलाई न्याय

    न्याय कसैले भनेर दिने वा कृपा गरेर दिने कुरा होइन । यो सभ्य समाजमा स्वस्फूर्त प्रदान गरिन्छ । सरकार निस्पृह र निश्चल भयो भने मात्र न्यायको लागि आग्रह हुनु स्वाभाविक हो । हाम्रो देशमा अहिले माओवादी द्वन्द्वकालमा भएका दुईतर्फी अन्याय र बेसरोकार समूह वा व्यक्तिलाई दिएको पीडाको खोजखबर गर्न थालिएको छ । यो खोजखबर त पहिलेदेखि नै शुरु भएको हो तर कामको नियत हेर्दा पीडितलाई राहतभन्दा बाहय मुलुक र समुदायलाई देखाउन गरिएको नाटकजस्तो भान परिरहेको छ । पीडितलाई राहत दिने उपक्रम त्यस बेला शुरु भयो जब घाउ भरिनै लागेको छ, अर्थात् यो न्याय दिने उपक्रम स्वस्फूर्त होइन । त्यसैले सम्बद्ध आयोगले जति कोशिश गर्दा पनि मनग्गे निवेदनहरू पर्न सकेको छैन । र अर्को कुरा यस उपक्रममा न्याय पाउने आशा कम देखिएको छ । निवेदन दिने र खोजबिन गर्ने कुरालाई सम्बद्ध पक्षले किन पनि बेवास्ता गरेको छ भने यसमा झाराटराईबाहेक केही देखेको छैन । कारण स्पष्ट छ–दुवैतर्फका खासखास आततायीहरूबारे प्रस्ट साक्ष्य–प्रमाण हुँदा र केही मुद्दामा त अदालतले फैसला पनि दिइसकेको अवस्थामा राज्यले केही गर्न सकेको छैन ।     पीडितले राहत नपाउनुमा चर्चित