प्रस, गरुडा, १४ जेठ/
चिनी उद्योगलाई तीन वर्ष बेचेको उखुको मूल्य नपाएका रौतहटका किसानले भुक्तानी पाउन मिल कर्मचारीलाई थुनेका छन् ।
गरुडास्थित श्रीराम सुगर मिल्स लिमिटेडसित करिब बयानब्बे करोड भुक्तानी लिन बाँकी रहेको भन्दै रौतहट उखु उत्पादक सङ्घका अध्यक्ष अशोकप्रसाद यादवको नेतृत्वमा किसानहरूले तीनजना कर्मचारीलाई कार्यालयमैं ताला लगाएर थुनेका हुन् । जेठ १५ गते भुक्तानीको कार्यतालिका प्रकाशन गर्नुपर्नेमा उद्योगले कुनै तयारी नगरेकोले लेखा फाँटका तीनजना कर्मचारीलाई कार्यकक्षमैं थुनेको अध्यक्ष यादवले बताए ।
तीन आर्थिक वर्षको गरी करिब अठार हजार उखु किसानलाई उद्योगले भुक्तानी दिन बाँकी रहेको सङ्घका कोषाध्यक्ष मनोजकुमार सहनीको भनाइ छ ।
गत जेठ ३ गते उद्योग मन्त्रालयमा उद्योग राज्यमन्त्री मेघराज निषादको कार्यकक्षमा सङ्घ र उद्योगपति दिवाकर गोल्छाका छोरा हितेश गोल्छाबीच जेठ १५ गते किसानको रकम भुक्तानीको कार्यतालिका प्रकाशन गरी १६ गतेदेखि भुक्तानी दिने सहमति भएको थियो । सो अवसरमा राज्यमन्त्री निषादसहित सांसदहरूको उपस्थिति थियो ।
सहमतिबमोजिम उद्योगले कुनै तयारी नगरेकोले दबाब दिन उद्योगको लेखा शाखाका सागर मल्ल, सञ्जयकुमार समीर र नन्दकिशोर गुप्तालाई थुनेर राखेको अध्यक्ष यादवले बताए । सार्थक पहल नगर्दासम्म कार्यक्रम जारी रहने यादवको भनाइ छ ।