प्रस, जीतपुर, १५ जेठ/
९ औं गणतन्त्र दिवसको अवसरमा कर्मचारी मिलन केन्द्र बाराले जीतपुरमा शनिवार आयोजना गरेको रक्तदान कार्यक्रममा ८ महिलासहित १०६ जनाले रक्तदान गरेका थिए ।
कर्मचारी मिलन केन्द्र बाराका अध्यक्ष अच्युत पन्तको अध्यक्षता र बाराका प्रमुख जिल्ला अधिकारी तीर्थप्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यमा जीतपुरको फकिरा गिरी राजेश्वर गिरी उच्च मावि नगौलको प्रा·णमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।
गढीमाई नगरपालिका कार्यालय जीतपुरको आर्थिक सहयोगमा आयोजित कार्यक्रमको सो नपाका कार्यकारी अधिकृत नाथुप्रसाद साहले रक्तदान गरेर शुभारम्भ गरेका थिए । कार्यक्रममा निशा यादव, उषा बस्नेत, सानु थापा, राजीवकुमार चौरसिया, राजु गुप्ता, सिम्रन श्रेष्ठ, बबिता शर्मा, विशाल श्रीवास्तव, श्रेया गुप्ता, रिंकुकुमारी ठाकुर, अर्जुनकुमार गुप्ता, रामविश्वास कुशवाहा, विकाश झा, अनिलकुमार पटेल, विकाश श्रीवास्तव, एजाज अन्सारी, अरुणकुमार यादव, नविना शर्मा, सोनुकुमार साह, आशीष रहीम, ज्ञानेन्द्रकुमार सिंह, अनुज गुप्ता, सुलभ चौधरी, साइरफ सुब्बा, हाकिम खान, सुनील चौधरी, ब्रजेशकुमार सिंह, विनोद यादव, सूर्यप्रसाद कोइराला, दीप विक्रम शाह, सत्याल सर्राफ, म. शहबाज आलम अन्सारी, मुन्नाप्रसाद साह, सञ्जयकुमार पटेल, रोहित साह कानु, मेराजुद्दीन अन्सारी, दीपु पटेल, नरेश महतो, अनिल पटेल, लक्ष्मी गुप्ता, देवेन्द्रप्रसाद चौधरी, लालबाबू यादव, सरोजप्रसाद साह, वीरेन्द्र गुप्ता, धीरज चौधरी, रामकुमार चौधरी, उमेशकुमार पटेल, एमबी सहिब अन्सारी, विवेक चौधरी, कुमार थारू, मेहरमान लिम्बु, अभिसेन कार्की, अनिल मुर्छान मगर, रतिराम थारू, प्रदीप अर्याल, रितुकुमार श्रेष्ठ, हरिकिशोर साह, विकाश गिरी, साइमन शाही ठकुरी, रवीन्द्र प्रसाद, महेश चौरसियालगायतले रक्तदान गरेका रक्त सञ्चार केन्द्र वीरगंजका प्राविधिक धीरेन्द्र झाले बताए ।
कार्यक्रममा केन्द्रका आर्यन चौधरी, निरञ्जन गुप्ता, नन्दकिशोर साहले प्राविधिक सहयोग पुर्याएका थिए ।
गणतन्त्र दिवसमा फलफूल वितरण
शिवशड्ढर मिश्र, गंजभवानीपुर/
नयाँ संविधानपछिको पहिलो गणतन्त्र दिवसको अवसरमा बारामा फलफूल वितरण गरिएको छ ।
गणतन्त्र दिवस मूल समारोह समिति कलैयाले शनिवार बिहान जिल्ला अस्पताल कलैयामा रहेका बिरामी तथा अमृता अनाथ आश्रममा रहेका बालबालिकाहरूलाई फलफूल वितरण गरेको थियो ।
समितिका सभापति स्थानीय विकास अधिकारी नारायणप्रसाद पाण्डेयको नेतृत्वको टोलीले फलफूल वितरण गरेको थियो । साँझ सम्पूर्ण सरकारी कार्यालयमा दीपावली गरिएको थियो ।
दीप प्रज्वलन
गणतन्त्र दिवसको अवसरमा नेपाली काङ्ग्रेस वीरगंजका पूर्व नगरसभापति महम्मद सहाबुद्दीनको अगुवाइमा शनिवार दीप प्रज्वलन गरिएको थियो ।
शहीदहरूको सम्झनामा गरिएको दीप प्रज्वलन कार्यक्रममा शान्ति कार्की, सन्तोष सिंह, ध्रुव नेपाल, रामनारायण कुर्मीलगायतको उपस्थिति थियो ।