प्रस, वीरगंज, १५ जेठ/
गणतन्त्र दिवसको अवसरमा शनिवारदेखि वीरगंजमा मेयर कप भलिबल प्रतियोगिता शुरू भएको छ । वीरगंज उपमहानगरपालिकाको सहयोगमा जिल्ला खेलकुद विकास समिति पर्साद्वारा आयोजित सो प्रतियोगिता आदर्शनगर र·शालाको प्रवेशद्वारमा रहेको भलिबल कोर्टमा शुरू भएको हो ।
समिति पर्साका अध्यक्ष सुदीप पौडेलको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा प्रमुख अतिथि पर्साका
स्थानीय विकास अधिकारी विश्वप्रकाश अर्यालले मेयर कप भलिबल प्रतियोगिताको उद्घाटन बल प्रदान गरेर गरेका थिए ।
कार्यक्रममा वीउमनपाका कार्यकारी अधिकृत विष्णु कोइराला, नेपाल चेस एसोसिएसनका केन्द्रीय सदस्य
रामकिशोर सिंह परागलगायतको उपस्थिति थियो ।
मेयर कप भलिबल प्रतियोगिताको शनिवार सम्पन्न उद्घाटन खेलमा गौतम मावि र विशाल स्मृति प्रतिष्ठान क्लब विजयी भएका छन् ।
गौतम माविले अल्पाइन माविलाई पराजित गरेको थियो भने विशाल स्मृति प्रतिष्ठान क्लबले तराई युथ एकेडेमीलाई पराजित गरेको थियो ।
प्रतियोगितामा प्रथम हुने टिमलाई १५ हजार, दोस्रोलाई १० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान
गरिनेछ ।