विभीषिकाको अन्त छैन
अचेल प्रगति र चमक–दमकको वातावरण छ तर त्यसको आवरण हटाउने बित्तिकै गुम्सिएको विषघट प्रकट हुन्छ। विज्ञान, शिक्षा र आर्थिक क्षेत्रको प्रगतिले सबैलाई विस्मित पार्छ। के आशा गर्न सकिन्छ भने यस उपलब्धिको आधारमा मानिसलाई बढी सुखी, समुन्नत, प्रगतिशील, सुसम्पन्न, सभ्य, सुसंस्कृत बन्ने अवसर प्राप्त हुनेछ। भयो ठीक उल्टो। मनुष्यको दृष्टिकोण, चरित्र र व्यवहारमा निकृष्टता प्रवेश गरेर सङकीर्ण स्वार्थपरता र मत्स्य–न्यायजस्तो अतिक्रमणताको प्रवाह नै चल्यो। मानवीय गरिमा अनुरूप उत्कृष्ट आदर्शवादिताको उपेक्षा, अवमानना भयो अनि विकास, सञ्चय, पक्षपात तथा अहङकारको सिलसिला नै चल्यो। जुन लोभ, मोह र अहङकारलाई शत्रु मान्नु, त्यसबाट जोगिनु र छोड्नु श्रेयस्कर मानिन्थ्यो, त्यसको अब सर्वथा अभाव छ र सबै मानिस तिनै त्याज्य कुरा पाउन मरिमेटी रहेका छन्। परम्परा उल्टो हुँदा परिणति पनि विघातक हुनु नै थियो र भइ पनि रहेको छ। शक्ति सम्पन्नता एकातिर र विनाश–विभीषिका दोस्रोतिर। हेरेर हैरानी त हुन्छ नै, तर यो बुझ्न विलम्ब पनि लाग्दैन कि भ्रष्ट चिन्तन र दुष्ट आचरण अँगाल्दा भौतिक समृद्धिले आफ्नै घाँटी रेटिन्छ, आफ्नै सलाईले आत्मदाहजस्तो उपक्रम गरेको देखिन्छ।
चमक–दमकपूर्ण आजको अवस्थाबाट पर्दा हट्नेबित्तिकै प्रतीत हुन्छ सबैथोक खोक्रो भइसकेको छ र घुन लागेको शहतीरझैं गर्लामगुर्लुम्म खस्ने स्थितिमा छ। जन–जनको स्वास्थ्य खोक्रो भइरहेको छ। दुर्बलता र रुग्णताले मानव काया जर्जर भइरहेको छ। आधा आयु पूरा हुँदा नहुँदै कालले मानिसलाई ग्रस्त पार्न थालेको छ। मानसिक सन्तुलनले सबैलाई चिन्तित, भयभीत, आशङिकत, विपन्न, असन्तुष्ट र उद्विग्न बनाइरहेको छ।
तनावग्रस्त मस्तिष्कले न राति कसैलाई चैनले सुत्न दिइरहेको छ, न दिउँसो सन्तोष, उत्साहको अनुभव हुन पाइरहेको छ। उद्विग्नता एक किसिमको विक्षिप्तता नै हो, जसले गर्दा मानिस अशुभ नै सोच्छ र अनुचित नै गर्छ। यस स्थितिको व्यापकतालाई आफ्नो र छिमेकीको मन:स्थितिको पर्यवेक्षण गरेर राम्ररी थाहा पाउन सकिन्छ।
लिप्सा, अपव्यय, दुव्र्यसन, प्रमाद, अहङकार, ठाटबाट र कुरीतिपूर्ण माहौलले गर्दा कसैको पनि आर्थिक अवस्था सन्तोषजनक छैन। जे हात लाग्छ, थोरै हुन्छ। फलत: मानिस भ्रष्टाचार गर्न उद्धत हुन्छ। नगर्न हुने काम पनि गर्छ। स्वभाव र अभ्यासमा अपराध प्रवृत्ति हावी हुँदै गएको छ। आक्रमण न सही, छल र शोषण नै सही, मानिस येन–केन प्रकारेण भ्रष्ट उपार्जनमा संलग्न छ। तर पनि अपव्ययको खाडल सुरसाजस्तो मुख बनाएर झन् फराकिलो भइरहेको छ। जति भर्दा पनि भर्दैन।
परिवारमा न सुख छ, न चैन, न सहयोग न सामञ्जस्य। सबैलाई आफ्नै दु:ख भारी छ। भेडाहरू गोठमा कोचिएजस्तै परिवारको अवस्था छ। मानिस आँखा चिम्लेर सन्तान उत्पादन गर्छन्। आफन्तलाई विलासी बनाउनका लागि तिनको प्रसन्नता खरिद गर्नका लागि श्रम, समय र धन पानीझैं बगाउँदै, होलिका–दहनझैं जलाउँदै गर्छन्। तर पनि ती क्षेत्रमा दुष्प्रवृत्तिहरूको अनुपात बढ्दो मात्र देखिन्छ । जुन घरमा पहिले स्वर्गको दर्शन हुन्थ्यो, त्यहाँ आज विग्रह र असन्तोषबाहेक अरू खोजेर पाइँदैन।
यस बेला आर्थिक क्षेत्रको भ्रष्टाचार र नैतिक क्षेत्रको अनाचारले समाज व्यवस्थाको कमर भाँचिरहेको छ। सामाजिक कुरीतिहरूका कारण हुने बर्बादीलाई बुझेका त सबैले छन् तर त्यसलाई छोड्न कोही तयार छैन। त्यस्ता कुरीतिको हानिकारक पक्षलाई नत्यागेसम्म लाभदायक पक्ष हासिल पनि हुन सक्दैन। छोरीको बिहेमा उदारवादी र छोराको बिहेमा परम्परावादी बन्ने कुचक्रबाट छुटकार पाउनै सकिन्न । समाजको प्रत्येक क्षेत्रमा अवाञ्छनीयता संव्याप्त छ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सर्वग्राही जनसङ्ख्या वृद्धि, जनजनको स्वभावमा सम्मिलित अपराधी प्रवृत्ति, वर्ग–विद्वेष, सञ्चय र विकासको, कूटनीतिक कुचक्रको यस्तो वातावरण बन्न पुगेको छ कि विग्रह र आक्रमणको अतिरिक्त मानिसलाई केही बुझिनै लागेको छैन। सङकीर्णताको बढोत्तरी, भाषा, क्षेत्र, सम्प्रदाय, वर्ग आदिको आडमा कसैलाई लाभ कमाउन उत्तेजित गर्ने र कसैलाई बर्बाद पार्न उद्धत देखिन्छ। एकता, समता, न्याय, औचित्य र दूरगामी परिणाम सोच्नेबारे त मानौं कसैलाई फुर्सत नै छैन। यस्तो अवस्थामा समस्याको समाधान निस्कोस् त कसरी ? पुलिस, कानुन, जेल, अदालतको सीमा नगण्य छ। यिनले हजारौं अपराधीमा केही थोरैलाई मात्र दण्डित गर्न सक्छन् । जो जेल जान्छ, निस्केपछि सुध्रिनुको साटो झन् धृष्ट र प्रशिक्षित भएर निस्कन्छ। गुहयुद्ध, क्षेत्रीय युद्ध र विश्वयुद्ध यसै वातावरणको देन हो।
पछिल्लो समयमा दुईवटा विश्वयुद्ध भइसकेको छ। आणविक शस्त्रको बिगबिगीले पाइला–पाइलामा विश्व विनाश निम्त्याउने महाप्रलयको सम्झना गराइरहेको छ। बढिरहेको दुष्प्रवृत्तिले अदृश्य वातावरणमा विषाक्तता भरिदिएको छ जसबाट रुष्ट प्रकृतिले दैवी प्रकोपको रूपमा आफ्नो रिस पोखिरहेको छ।
वैज्ञानिक र आर्थिक प्रगतिले वायु प्रदूषण, खाद्य प्रदूषण, रेडियो विकिरणको मात्रा यति बढाइदिएको छ कि साँस अड्कने, पीढी नै अपाङग हुने, ध्रुव पग्लिने, समुद्र उर्लने र हिमयुग आउनेसम्मको विभीषिका सामुन्ने देखिन थालेको छ। यस्तो भयो भने स्रष्टाको सर्वोत्तम कृति यो धरती धूलो बनेर अन्तरिक्षमा विलीन हुन बेर छैन। सङकट काल्पनिक होइन, वास्तविक हो। शुतुरमुर्गलाई त आफ्नो मृत्यु पनि देखिंदैन, तर जसलाई वस्तुस्थितिको पर्यवेक्षण गर्ने सूक्ष्म दृष्टि प्राप्त छ, तिनलाई थाहा छ कि सङकट कति विभीषक छ र कसरी मानवी अस्तित्व जीवन–मरणको दोसाँधमा बाँचिरहेको छ।