सञ्जय साह ‘मित्र’
आजभोलि अध्ययनको संस्कृति हराउँदै गएको छ । वीरगंजमा रहेको ठाकुर राम क्याम्पसदेखि जनकपुरमा रहेको राराब क्याम्पससम्मको धरतीमा यीसमेत अन्य दर्जनौं क्याम्पहरूले बर्सेनि हजारौं प्रमाणपत्रहरू युवामा पुर्याइरहेका छन् । मुख्यरूपमा यी दुवै क्याम्पसहरू यस प्रदेशको शैक्षिक मेरुदण्ड हुन् । काठमाडौंलगायत देशका अन्य क्षेत्र तथा शहरबाट पनि ठूलो परिमाणमा प्रमाणपत्रहरू भित्रिएका छन् । यद्यपि देशका सबैभन्दा निरक्षर जिल्लाहरू पनि यसै प्रदेशमा पर्दछन् तर उच्च शिक्षाको दृष्टिकोणले हेर्ने हो भने पूर्ण साक्षर वा शिक्षित कहलिएका जिल्लाहरूको तुलनामा प्रमाणपत्रहरूको कमी पाइँदैन । अझ प्राविधिक तथा व्यावसायिक शिक्षाको क्षेत्रमा यो क्षेत्रले निकै ठूलो प्रगति गरेको पनि देखिएको छ । तर दुर्भाग्यको पक्ष के हो भने पठनको संस्कृति छँदै छैन ।
क्याम्पसमा पढाउने, विभिन्न क्याम्पसहरूमा आफ्नो नाम झुन्ड्याउन चाहने, सबैभन्दा शिक्षित र जान्ने भनेर देखाउन चाहने तर वास्तवमा पठनतिर भने निरक्षरभन्दा पनि कम ध्यान दिने राम्रा शिक्षक तथा प्राध्यापकहरू छन् । स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण गरेपछि पढाइको सम्पूर्णत: अन्त्य भएको ठान्ने तथा औपचारिक शिक्षाभन्दा अरू विषय वा क्षेत्रका पुस्तक पनि पढ्नुपर्छ भनेर थाहै नपाइ अध्ययनबाट उज्यालो मस्तिष्कतिरको यात्रा गर्नै नचाहने कथित शिक्षितहरूको व्यवहारले कैयौं पुस्तासम्म पछ्यानुपर्ने बाँकी देखिन्छ । प्रमाणपत्रलाई नै आफू शिक्षित भएको र सबै कुरा पढेको भनेर प्रदर्शन गर्न चाहने यस समाजमा पठन संस्कृतिको विकास हुन नसक्नुमा मुख्यत: द्रव्यवादी सोच हावी रहेको देखिन्छ । यही एउटा डाँडा काटेर हेटौंडा पुग्दा भने थाहा हुन्छ कि पठन संस्कृति कति उन्नत छ । हामी अरूलाई हेय दृष्टिले हेर्ने र आफूमा हीनभावना उमार्ने दुवै अतिवादबाट साँच्चिकै ग्रसित छौं । यस रोगग्रस्तताले आपैंmले आफूलाई चिन्न दिएको छैन, अरूलाई पनि चिन्न दिएको छैन । आफूलाई पनि नचिन्ने र अरूलाई पनि नजान्ने हुँदाको प्रत्यक्ष चित्र कसैले हेर्न चाहन्छ भने यस प्रदेशलाई बुझ्दा हुन्छ ।
पठन संस्कृति नहुनुमा वास्तवमा शिक्षक वा प्राध्यापकहरूलाई आफ्नो योग्यताको, विषयको र क्षेत्रको अनुभव तथा प्रमाणपत्रहरूको तौल थाहा नपाउने प्रवृत्ति नै दोषी छ । प्रमाणपत्रको तौल थाहा नहुँदा त्यसको मूल्यतिर कसैले सोच्ने कुरै आउँदैन । जब प्रमाणपत्रको मूल्य नै थाहा छैन भने उसले आफ्नो मूल्य कसरी थाहा पाउँला ? आफ्नो मूल्य नै थाहा नभएको मानिसले अध्ययनको कुनै मूल्य देख्ला र ? जहाँ अध्ययनको कुनै मोल नै छैन वा अध्ययनको अर्थ नै फेरि पनि प्रमाणपत्र हो भन्ने बुझिन्छ भने त्यो समाजको अँध्यारो धेरै शक्तिशाली छ वा त्यहाँ सूर्यले कालो प्रकाशमात्र फालिरहेको र चन्द्रमामा सधैं ग्रहण लागेको बुझ्नुपर्ने हुन्छ । वा गान्धारीले जस्तै स्वस्थ आँखामा पट्टी बाँधेर अरूलाई जीवनको मार्गतिर डोर्याउने भ्रम पाल्दछन्, जसले अन्तत: निम्त्याउने भनेकै महाभारत हो । अहिलेको समाजमा यही अँध्यारो बाक्ंिलदो छ । सामान्यतया, ग्राफमा हेर्दा भने शैक्षिकस्तर बढेको देखिन्छ तर रोगाएको केराको बोटमा कसैले पिङ हाल्ने सपना पाल्नुभन्दा बढी बेइमानी आपैंmसित, आफ्नो समाजसित र देशसित हुन सक्छ ।
आफूलाई उच्च शिक्षित ठान्ने प्राध्यापक, प्रधानाध्यापक, शिक्षक तथा अन्य विशेष महानुभावहरूलाई तपाईंले यो वर्ष कतिवटा पुस्तक पढ्नुभयो वा बितेको वर्ष तपाईंले पढेका पुस्तकहरूमध्ये सबैभन्दा राम्रो कुन लाग्यो भनी प्रश्न सोध्नुभयो भने कसले पो सकारात्मक उत्तर देलान् ? कि यस प्रदेशका विद्वान, बुद्धिजीवी, प्राध्यापक, शिक्षक, प्रधानाध्यापकहरूले पठन संस्कृति गलत हो भनेर बुझेका छन् वा आफ्नो व्यवहारबाट समाजलाई बताइरहेका छन् । वर्षमा एउटा पुस्तक पनि नपढ्ने पनि बुद्धिजीवी र विद्वान यदि छ भने यही प्रदेशमा हुनुपर्छ । शिक्षाको धाक लगाउने तर शिक्षितको एउटै लक्षण नदेखाउने धेरैभन्दा धेरै वीरहरू रहेका छन् । ती वीरहरू भनेका साँच्चिकै पहलवान त हुन् तर शिक्षित भने अवश्यै छैनन्, कोही वा केही आए भने पनि पठन संस्कृति नभएकाहरूलाई निरक्षर नै भनिदिंदा केही फरह नपर्ला । हातमा प्रमाणपत्रको भारी हुनु तर एउटासम्म पनि पुस्तक नपढ्नुजस्तो बेइमानी आपैंmसित गर्नेहरूले आफूलाई आफ्नो जुनीभरलाई ठगिरहेको वा हेपिरहेको हो भन्ने कुरो पनि सम्ंिझदा राम्रो हुन्थ्यो ।