यमुना प्रधानाङ्ग‘मुना’
वीरंगजमा फागुन २७ गते आंैठीका कारण विवाद चर्किएपछि लोभी युवकसँग विवाह नगर्ने अडान लिएकी सोनी र बिनादहेज विवाह गर्न तयार भएका साहसिक युवक जटाधारीको विवाहको सन्दर्भलाई लिएर वीरगंजमा चलेको चर्चाको विषयमा समर्थन नजनाइ बस्न सकिनँ । धन्यवाद जटाधारी तथा धन्यवाद सोनी बर्णवाल । तपाईंहरूले रुढीवादी परम्परामा जकडिएको दाइजो (नगदसमेत) दिनुपर्ने हाम्रो समाजमा एउटा साहसिक काम गरेर उदाहरणीय हुनुभएको छ । तपाईंहरू भोलिका दिनमा हाम्रो समाजमा प्रेरणाको स्रोत बन्नुहुनेछ भन्ने विश्वास लिएकी छु । कैयौं बुबाआमा दाइजो प्रथाले गर्दा आफ्ना छोरीहरूलाई विवाह गरी पठाउन छोरी जन्मेको दिनदेखि नै चिन्ताग्रस्त अवस्थामा डुबेको देखेकी छु । सोनीले एउटा औंठीका कारण आफ्नो विवाहसमेत दाउमा लगाउने ती हुतिहारा युवक तथा निजको बुबालाई राम्रो पाठ सिकाउनुभएको छ । पतिपत्नी भनेको एउटा रथका दुईटा पाङ्ग्रा हुन् भन्ने कुरा किन नबुझेका होलान् ? विवाहपश्चात् त तिनीहरू एक हुने नै थियो । सानोभन्दा सानो औंठीको कुराले विवाह रोकियो । लाजमर्दो १ अवश्य पनि तिनीहरू समाजमा हाँसोका पात्र बनेका छन् ।
सोनी बर्णवाल पढिलेखेकी केटी भएको कारण त्यस्तो लोभी केटोको विरुद्धमा उत्रिन् । उनले त्यस्तो केटोसँग विवाह गरेपश्चात् जीवन सफल हुँदैन भन्ने विश्वास लागेर नै विवाह नगर्ने अडान लिएकी होलिन् । एउटा केटीले यस्तो साहस गर्नु भनेको शिक्षा तथा विवाहको लागि परिपक्व उमेर पुग्नु पनि हो । उनी पढेलेखेकी तथा परिपक्व उमेर नभइदिएको भए त्यो आँट उनमा हुन्थेन होला । केही गरी त्यो केटोसँग माग गरेको औंठीबिना विवाह भएको भए भोलिका दिनमा उनले कस्ता कस्ता दु:खकष्ट सहनुपथ्र्यो होला हामीले सहजै अनुमान गर्न सक्छौं । मागेको औंठी दिएको भए विवाहपछि पनि अझ लोभ लालच बढ्दैन थियो भन्ने विश्वास गर्न कहाँ सकिन्छ र ? त्यो घटनाले छोरीलाई पनि पढाउनुपर्छ तथा छोरीको विवाहको लागि योग्य उमेरको पनि ख्याल राख्नुपर्छ भन्ने सन्देश दिएको छ । उनका बुबाआमाले छोरीलाई पनि शिक्षा दिएकै कारण उनीहरू पनि समाजका अगाडि गर्व गर्न लायक भएका छन् ।
समाजमा कस्ता कस्ता घटनाहरू देख्दैसुन्दै आइरहेका छौं । जस्तो— मागेबमोजिम दाइजो दिन नसक्दा बुहारीलाई जलाइएका घटनाहरू, धेरै छोरीहरू भएका र विवाह गर्न नसक्ने कारणले छोरीहरूलाई आमाले नै मारी आफू पनि मृत्युवरण गरेका घटनाहरू, विवाह भइसकेपछि बेहुलालाई माइती पक्षले खुवाउने क्रममा नखाई दिंदा केटीका बुबाले ऋण काँडेर तथा जसरी भएपनि माग गरेका नगद तथा जिन्सी उपलब्ध गराउनुपर्ने बाध्यता सिर्जना हुनुपर्ने र मागबमोजिम दिन नसक्दा बेहुलाले केटीलाई माइतीमैं छाडेर हिंडेका घटनाहरू कति छन् कति ।
भएसम्म आफ्ना छोरीलाई विवाहमा दाइजोमा नगद र जिन्सी दिउँ भन्ने चाहना कुन आमाबुबालाई हुँदैन र ? छोरीको भविष्यको लागि सकेको दाइजो दिन खोजिहाल्छन् । प्रत्येक आमाबुबाको लागि दाइजो आफूखुशीको कुरा हुनुपर्ने हो तर विवाह हुनुभन्दा पूर्व नै नगद लेनदेनको जुन कुरा हुन्छ, त्यो ज्यादै नराम्रो पक्ष हो । हामीले पहिलो प्राथमिकता छोरीलाई शिक्षा दिनुपर्छ भन्ने कुरा सोनीबाट सिक्न सकिन्छ । नवविवाहित जोडी सोनी बर्णवाल र जटाधारीलाई शुभकामनाका साथै हार्दिक बधाइ ।