$type=ticker$count=12$cols=4$cate=0

अपहरणको ४ दिनपछि केडिया सकुशल मुक्त भारतबाट एक तथा नेपालबाट ६ जना पक्राउ

SHARE:

प्रस, वीरगंज, १५ जेठ/
    केडिया अर्गनाइजेशनका अध्यक्ष हीरालाला केडियाका छोरा सुरेश केडियालाई  अपहरण भएको ४ दिनपछि भारतीय प्रहरीले सकुशल मुक्त गराएको छ।
    मोतिहारी, गोपालगंज रोडस्थित कोतवा भन्ने ठाउँबाट बिहान १  बजे मोतिहारीका एसपी जितेन्द्र राणा र बेतियाका एसपी विनय कुमारको नेतृत्वमा खटेको बिहार पुलिसको टोलीले केडियालाई अपहरणकारीको चङ्गुलबाट मुक्त गराउनुका साथै अपहरणमा संलग्न रक्सौल निवासी रञ्जन झालाई पक्राउ गरेको छ। भारतीय प्रहरीले आज दिउँसो १ बजे फोनबाट सुरेश केडिया अपहरणमुक्त भएको सूचना उनको परिवारलाई दिएको थियो।
    वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रदीप केडियाले घटनाको आधा घण्टापछि भारतीय प्रहरीबाट सूचना पाएको बताए।
    "बिहार पुलिसका दुईजना एसपी जितेन्द्र राणा र विनय कुमारको अनुसन्धानबाट केडिया मुक्त भएका हुन् । बिहार पुलिसलाई अपहरणपछि नेपाल पुलिसले अनुसन्धानमा सघाएको थियो । 
    अपहरणमा नेपाल र भारतका अपराधीको हात रहेको एसपी जितेन्द्र राणाले पत्रकार सम्मेलनमा जानकारी गराए।
    भारतीय प्रहरी इन्सपेक्टर दिलीप कुमार र रवि कुमारको नेतृत्वमा रहेको टोलीले केडियालाई सकुशल उद्धार गरेको पक्राउ परेका रञ्जन झासँगै विदेशी पिस्तोलसहित त्यसमा प्रयोग हुने तीनवटा गोलीसमेत बरामद भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो।
    केडिया चढेको गाडी अपराधी नजिक पुगेपछि विस्तारै हिड्न थालेको र अपराधीले केडियालाई नियन्त्रणमा लिएको एसपी राणाले यस विषयमा पनि अनुसन्धान भइरहेको जानकारी गराए।
    पक्राउ परेका झासँग रहेको तीनवटा मोबाइलबाट धेरै कुरा खुलेको तर अनुसन्धानको क्रममा रहेको कारण सार्वजनिक गर्न नमिल्ने उनले बताएका थिए।
    पत्रकार सम्मेलनमा बोल्दै अपहरित केडियाले चालकलाई गोली हानेपछि आफूलाई मोटरसाइकलमा लगेको र केही अगाडिबाट स्कार्पियोमा लगेको बताए। हात र मुख बाँधी ३ दिनसम्म एउटै कोठामा राखेको बताए। आज दिउँसो हात तथा मुख बाँधेर मोटरसाइकलमा हाइवेसम्म पुर्‍याई छोडी हिंडेको र पछि भारतीय प्रहरीले उद्धार गरेको बताए।"
    गत बिहीवार बारा जिल्लाको बघवनस्थित पसहा पुलबाट, भारतीय नम्बरको स्कारपियो लिएर नेपाल प्रवेश गरेका ६ जना हतियारधारी समूहले केडियाका चालकलाई गोली हानी घाइते पारेर केडियाको अपहरण गरेका थिए । अपहरणपश्चात् नेपाल र भारत दुवैतर्फका उच्च सुरक्षा अधिकारीहरूले अपहरणविरुद्ध अभियान चलाएका थिए ।
    नेपालका प्रतिष्ठित उद्योगी घराना केडिया अर्गनाइजेशनका सदस्य एवं सांसद् विमल केडियाका सहोदर दाइ भएको कारण नेपाल पुलिस सुरेश केडिया अपहरणमा निकै गम्भीर भएको थियो।
    नेपाली व्यापारीको अपहरण गरी भारत बिहार ल्याएको सूचनापछि बिहार सरकारका उच्च अधिकारीहरूले पनि गम्भीर चासो देखाएको कारण केडिया ४ दिनमा मुक्त भएको पत्रकार सम्मेलनमा एसपी राणाले जानकारी गराए। सुरेश केडियालाई मोतिहारी जेलमा रहेका कुख्यात अपराधी बब्लु दुबेको समूहले अपहरण गरेको खुल्न आएको छ।
    भारतीय पत्रकारले दिएको सूचना अनुसार जेलमा रहेका दुबेले अपहरण गराएको भारतीय प्रहरीले अनुमान गरेको छ। पक्राउ परेकाबाट सो कुराको पुष्टि भए पनि प्रहरीले पक्राउ परेका व्यक्ति रञ्जन झाको बयान सार्वजनिक गरेको छैन।
    केडिया सकुशल मक्त भएकोबारे बेतिया र मोतिहारीका एसपीद्वय विनय कुमार र जितेन्द्र राणाले थाना प्रभारीको कार्यालय रक्सौलमा पत्रकार सम्मेलन गरी जानकारी गराएका थिए । केडियालाई रक्सौलस्थित भारतीय राजदूतावासको सम्पर्क कार्यालयमा राखिएको थियो। केडियालाई रक्सौलबाट नेपालका उच्च अधिकारीको जिम्मा लगाएर पठाइएको  जानकारी प्राप्त भएको छ।
    यसैबीच बारा प्रहरीले कबही, बरियारपुर, कलैयाबाट सोधपुुछको लागि ६ जनालाई हिरासतमा लिएको प्रहरीले जनाएको छ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : अपहरणको ४ दिनपछि केडिया सकुशल मुक्त भारतबाट एक तथा नेपालबाट ६ जना पक्राउ
अपहरणको ४ दिनपछि केडिया सकुशल मुक्त भारतबाट एक तथा नेपालबाट ६ जना पक्राउ
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiXseH25uD_dT5B4UalbmeyK_e47KDqxtyFpnKFVIg75Sftw2R82CmtefFcTlUndGCxbA5-Y5XR8nC4lwm3NCa78vMNMDrJUPhDTSeHoFUKHMXxI2LAVvtqjNFuI0Cg5yDdqiTkCa2aecM/s320/apaharan.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiXseH25uD_dT5B4UalbmeyK_e47KDqxtyFpnKFVIg75Sftw2R82CmtefFcTlUndGCxbA5-Y5XR8nC4lwm3NCa78vMNMDrJUPhDTSeHoFUKHMXxI2LAVvtqjNFuI0Cg5yDdqiTkCa2aecM/s72-c/apaharan.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2016/05/blog-post_801.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2016/05/blog-post_801.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy