वीरगंजको औद्योगिक घराना केडिया अर्गनाइजेशनका सदस्य सुरेश केडिया अपहरणमुक्त भएका छन् । उनको मुक्ति कसरी सम्भव भयो भन्ने कुरा स्पष्टरूपले सार्वजनिक भइसकेको छैन, तर नेपाल प्रहरीको तदारुकता तथा भारतीय पुलिसको सक्रियताले भएको प्रचार गरिएको छ । अपहरित सुरेश केडिया स्वयंले अपहरणकारीहरूले हात र मुख बाँधेर हाइवेमा ल्याई मुक्त गरिदिएको बताएका छन् । सुरेश केडियाको बयानले दुईवटा शड्ढा उब्जाएको छ । पहिलो सुनिए अनुसार अपहरणपछि फिरौती माग गरिएको थियो । उनको मुक्तिका लागि फिरौती कारक हो कि प्रहरीको उच्च सतर्कता र गतिविधि जसबाट आत्तिएर अपहरणकारी उनलाई मुक्त गर्न बाध्य भए । कारण जे होस्, एउटा ज्यान सुरक्षित भएको छ । योभन्दा सुखद समाचार केही हुन सक्दैन । लामो समयदेखि अपहरण, चन्दा–आतड्ढ र र·दारीको त्रासबाट मुक्त रहेको सीमान्त क्षेत्रको नेपाली नागरिक यसबाट केही आश्वस्त भएको छ । तर आश्वासनले मानिसलाई लापरवाह बनाइदिन्छ भने आपराधिक गतिविधिले मलजल प्राप्त गर्छ । सतर्कता कुनै पनि अवस्थामा शिथिल हुनुहुँदैन र सुरक्षाको सबैखाले उपकरण, जेजति उपलब्ध छ प्रयोगमा ल्याउनुपर्छ ।
के फिरौती तिरेर सुरेशलाई मुक्त गरिएको हो, यो कुरा भारतीय प्रहरी र सुरेशको परिवारबाहेक कसैले बताउन सक्दैन । यस्तो भएको हो भने यसले अपराधीको मनोबल मात्र बढ्छ । ज्यान लिन त कोही पनि चाहँदैन । यस मुद्दामा पनि अपराधीहरूको सुरेश केडियाको ज्यान लिने मनसाय थिएन, अपहरण गरेर परिवारलाई बाध्य पारी रकम असुल्ने ध्येय थियो । यस्तो भएको हो भने यसलाई काल पल्केको भन्न सकिन्छ । काल पल्कनु राम्रो होइन । कालले भूगोलको सीमा हेर्दैन । सुरक्षा व्यवस्थामा लापरवाही र खुला सिमाना भएको दुई देशबीच कमजोर नेपालको मात्र नागरिकको अपहरण हुन्छ भन्ने होइन, ठूला–ठूला भारतीय नागरिकहरूको पनि अपहरण भएर नेपालमा लुकाएर राखिएको घटना धेरै भएको छ । दोस्रो पक्ष चाहिं निकै सुखद छ । यदि प्रहरीको तत्परता र सक्रियताले सुरेश केडिया अपहरणमुक्त भएका हुन् भने यसले यस प्रकारको अपराध गर्ने व्यक्तिहरूको मनोबल चकनाचुर भएको हुनुपर्छ ।
अपराधको आयु लामो हुँदैन, यदि अपराधइतर व्यक्तिले उसलाई सघाउँदैन भने । समाजका सफेदपोश, प्रहरीलगायतले अपराधीलाई सहयोग नगर्ने हो भने कुनै पनि अपराधीले एक वा दुईपटकभन्दा बढी अपराधकर्म गर्नै सक्दैन । समाजमा सम्भ्रान्त कहलिने व्यक्तिले परोक्षरूपले अपराध कर्ममा सहयोग वा अपराधीलाई संरक्षण नदिने हो भने अपराध चल्नै सक्दैन । अपराधको हात–खुट्टा हुँदैन । अपराधलाई अपराधीले हात–खुट्टा दिंदैन । अपराधलाई चलखेल गर्ने अवसर अपराधीले दिने पनि होइन । समयमा र उपयुक्त अनुसन्धान नगरिदिएर प्रहरीले, अपराधीको सिफारिस गरेर राजनीतिज्ञले, अपराधीको पक्षमा चुप लागेर नागरिक समाजले अपराधलाई हात–खुट्टा लगाइदिएका हुन्छन् । फिरौती रकम तिर्नु पनि अपराधमा एक किसिमको सहयोगी भूमिका निर्वाह गर्नु हो । भोलिको दिनमा यस प्रकारको घटनाको पुनरावृत्ति नहोस् भनेर अब सुरक्षा प्रबन्धमा लाग्नुपर्छ । खुला सीमा बन्द हुन सक्दैन, तर त्यसमा तगारो लगाएर तथा सीमा क्षेत्रमा तालिमप्राप्त सुरक्षाकर्मी तैनाथ गर्न विलम्ब गर्नुहुँदैन । नागरिक सुरक्षाको दायित्व सरकारको हो, बिर्सनुहुँदैन ।