प्रस, वीरगंज, १२ जेठ/
नाउक्षे अस्पताल वीरगंजमा रहेको डायलोसिस मेसिन बिग्रेर सेवाग्राहीलाई समस्या परेको छ।
विगत दुई सातादेखि डायलोसिस मेसिन बिग्रेको र सेवाग्राहीलाई समस्या भएको पीडितले प्रतीकलाई बताए। दुईवटा डायलोसिस मेसिन रहेको नाउक्षे अस्पतालमा एउटा डायलोसिस मेसिन बिग्रेपछि मिर्गौलाका बिरामीहरूलाई समस्या सिर्जना भएको बताइएको छ।
यसबारे नाउक्षे अस्पतालका प्रवक्ता रमेश चौधरीसँग बुझ्दा उनले नेपालमा डायलोसिस मेसिनको पार्टपूर्जा उपलब्ध नभएकोले भारतको कोलकाता पठाइएको र केही दिनमैं पार्टपूर्जा आएपछि सञ्चालनमा आउने बताए। उनले तत्काल एउटै डायलोसिस मेसिनबाट दुई समय बिरामीको परीक्षण गर्ने गरेको जानकारी गराएका छन्।
प्रवक्ता चौधरीले वीरगंजको डायलोसिस सफल भएपछि मन्त्रालयले थप दुईवटा नयाँ डायलोसिस मेसिनको लागि टेन्डर आह्वान गरेको र खरिद आदेशसमेत जारी गरिसकेको हुँदा दुई साताभित्र थप दुईवटा डायलोसिस मेसिन अस्पतालमा जडान हुने बताए।
यसैबीच नाउक्षे अस्पतालकै शवगृहमा रहेको चिस्यानकेन्द्र पनि बिग्रेको समाचार छ। एउटा चिस्यान केन्द्रमा तीनवटा मात्र शव राख्न सकिने व्यवस्था त्यसमा पनि दुईमध्ये एउटा बिग्रेपछि शव दुर्गन्धित भएको आसपासका टोलवासीले गुनासो गरेका छन्। उनीहरूले शवगृहबाट फैलिएको दुर्गन्धले आसपासको क्षेत्र बस्नलायक नभएको बताएका छन्।
शवगृह सुधारको लागि बारम्बार अस्पतालको ध्यानाकर्षण गराइएको र पछिल्लो समयमा चिस्यान केन्द्र जडान भएपछि केही राहत भए पनि एक महिनादेखि चिस्यान केन्द्र बनाउने र बिग्रिने क्रम जारी हुँदा शव गर्मीमा अत्यधिक दुर्गन्धित भएर बसि नसक्नु भएको स्थानीय शम्भु खनालले बताए। उनले धूप बालेर दूर्गन्ध हटाउन खोजे पनि टोलवासीले राहत नपाएको गुनासो गरेका छन्।
अस्पतालका प्रवक्ता चौधरीले चिस्यान केन्द्र अविलम्ब बनाउने प्रतिबद्धता जाहेर गरेका छन्।