$type=ticker$count=12$cols=4$cate=0

केडिया अपहरणमा सुरक्षा निकायको चरम लापर्बाही

SHARE:

प्रस, वीरगंज, १४ जेठ/
    केडिया अर्गनाइजेसनका अध्यक्ष हीरालाल केडियाका छोरा ५३ वर्षीय सुरेश केडियाको अपहरण भएको २४ घण्टा बितिसक्दा पनि कुनै सुराक फेला परेको छैन ।
    बिहीवार बाराको बरियारपुरनजिक पसाहा पुलबाट भारतीय सशस्त्र हतियारधारी समूहले केडिया चढेको बलेरो जीपका चालक रामउमेश साह कानूलाई गोली हानी केडियालाई अपहरण गरेर लगेको थियो । अपहरण सम्बन्धमा पछिल्लो सूचना अनुसार अञ्चल प्रहरी कार्यालय वीरगंज र जिल्ला प्रहरी कार्यालय बाराको संयुक्त टोली भारतीय प्रहरीको सहयोगमा छौडादानोलगायतका क्षेत्रमा रातिदेखि नै सोधखोजमा सक्रिय छ तर केडियाको कुनै सुराक फेला पर्न सकेको छैन ।
    अपहरणपछि धेरै कुराहरूले सुरक्षा सवालमा प्रश्नचिह्न तेर्साएको छ । बिहीवार साँझ सवा ५ बजे स्कार्पियो जीपमा सवार हतियारधारी समूह पसाहा पुल पुग्नुभन्दा पहिलेदेखि बलेरोबाट आइरहेका केडियाको पछि लागेको थियो ।  पुलमा पुगेपछि हतियारधारी समूहले फायर गरेको गोली चालकलाई लागेर गाडी रोकिएपछि केडियालाई नियन्त्रणमा लिएर अपहरणकारी समूह भारतीय स्कार्पियो गाडीमा सीमातर्फ हुइँकिएको थियो ।
    प्रत्यक्षदर्शीका अपहरणपछि हुइँकिएर गएको स्कार्पियो गाडीले बरियारपुरबाट आइरहेको रात्रिबसलाई ठक्कर दिएर भागेको थियो । त्यति बेलासम्म प्रहरीलाई अपहरण भएको सूचना प्राप्त भइसकेको स्रोतको दाबी छ । प्रहरीले वाकीटाकीबाट सम्बन्धित चौकीहरूमा खबर गर्दा अपहरणको कुरालाई प्राथमिकता नदिएर बसलाई ठक्कर दिएर भागेको स्कार्पियोलाई पक्राउ गर्न निर्देश गरेको थियो ।
    चौकीका प्रहरीले बसलाई ठक्कर दिएर हुइँकिएको कारण स्कार्पियोलाई समाउन खासै मेहनत गरेनन् । कबहीका इन्चार्जले हातमात्र हल्लाएर स्कार्पियो रोक्न खोज्दा नरोकी भागेको थियो । त्यति बेला सोही ठाउँमा दुईवटा बाख्रालाई पनि स्कार्पियोले किचेको थियो ।
    अपहरणपछि गरिएको अनुसन्धानमा सुरक्षा कमजोरी निकै देखिएको छ । पसाहादेखि भारतीय सीमा महुअवा कटगेनवा थाना करिब २० भन्दा बढी किलोमिटरको दूरीमा छ । सामान्यतया यो दूरी तय गर्न अपराधी समूहलाई ४५ मिनेटको समय लाग्ने स्थानीयहरूले बताएका छन् । पसाहादेखि तीन किलोमिटर पूर्व दक्षिण बरियारपुर जाने बाटो छ र त्यहाँ सशस्त्र बेस र नेपाल प्रहरीको चौकी छ ।
    त्यसैगरी डेढ किलोमिटर दक्षिण तेलकुवा, मझरिया चोकमा सशस्त्र बेस र नेपाल प्रहरीको चौकी छ भने सात किलोमिटरको दूरीमा कबही इलाका प्रहरी कार्यालय र त्यसको १ किलोमिटरको दूरीमा कबही छोटी भन्सारमा सशस्त्रको निगरानी छ । यति विघ्न चौकीहरूलाई झुक्याएर भारतीय आपराधिक समूह सीमा पार जानु भनेको सुरक्षामा चरम लापर्बाही भएको जानकारहरू बताउँछन् ।
    यसैगरी कबही छोटी भन्सारपछि आधा किलोमिटरको दूरीमा भारतको सीमा छ । जहाँ महुअवा, कटगेनवा थाना छ । त्यहाँका सिपाहीले पनि स्कार्पियोलाई हात मात्र दिएर रोक्ने कोसिस गरे । यसैगरी कटगेनवादेखि साढे तीन किलोमिटरको दूरीमा छौडादानो थाना छ । नेपाल र भारतको सीमामा रहेका सुरक्षा जाँचचौकीहरूलाई बेवास्ता गरेर आपराधिक समूह भारतमा प्रवेश गर्नु र दुवैतर्फका प्रहरीहरू आफ्नो जिम्मेवारीबाट विमुख हुनुले सुरक्षामाथि प्रश्नचिह्न तेर्सिएको हो ।
    एकथरी स्रोतले अपहरणपछि साढे ६ बजे छौडादानोदेखि १ किलोमिटरअगाडि पिपरामा स्कार्पियो गाडी देखेको दाबी गरेको छ । स्रोतले सो गाडीबाट अपहरणकारीहरू ओर्लिएर सानो गाडीमा अन्यत्र लागेको जनाएको छ । भारतीय र नेपाली खुफिया टोलीले अपहरणमा विहारका तीन ठूला समूहको हात रहेको निक्र्योल गरेका छन् ।
    केडिया अपहरणकाण्डमा सुरक्षा कमजोरीसँगै केडिया अर्गनाइजेसनका कर्मचारी र आफन्तबाट सूचना चुहावट भएर अपहरण भएकोतर्फ पनि अनुसन्धान भइरहेको छ ।
    यसैबीच बिहीवार सम्साँझै व्यवसायी केडियाको अपहरण भएको घटनालाई लिएर बारा जिल्लाको तेलकुवा, मझरिया चोकमा स्थानीय सयौंले प्रहरी कार्यालय घेराउ गरेका छन् । बिहानदेखि प्रहरी कार्यालय घेराउ गरेका स्थानीयले प्रहरीको लापर्बाहीबाट अपहरण भएको आरोप लगाएका छन् ।

गाडीसहित एकजना पक्राउ, दुईजना फरार
    सुगौली थानाले गएराति ७:३० बजे बिआर २५ पी ७८११ नम्बरको गाडीलाई पक्राउ गरको छ । गाडीसँगै सिवान जिल्ला निवासी चालकलाई पनि पक्राउ गरेको भारतीय प्रहरीले जानकारी गराएको छ ।
    पक्राउ परेको गाडीबाट हाम फालेर भाग्न सफल दुईजनालाई प्रहरीले खोजी गरिरहेको स्रोतले जनाएको छ । पक्राउ परेको गाडी केडिया अपहरणकाण्डमा प्रयोग भएको छ कि छैन भन्नेबारेमा भारतीय प्रहरीले अनुसन्धान शुरू गरेको छ । स्रोतले उक्त गाडी केडिया अपहरणमा संलग्न रहेको दाबी गरेको छ ।
    त्यसैगरी केडिया अपहरणकाण्डमा बारा प्रहरीले बाराका विभिन्न ठाउँबाट २३ जनालाई अनुसन्धानको क्रममा पक्राउ गरेको छ । भारतीय प्रहरीले सीमा क्षेत्रका विभिन्न गाविस तथा रक्सौल, मोतिहारी, रामगढवा, सुगौली क्षेत्रका दर्जनौं शड्ढास्पद ठाउँमा छापामारी गरी केही व्यक्तिमाथि निगरानी बढाएको स्रोतले जानकारी गराएको छ ।

neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : केडिया अपहरणमा सुरक्षा निकायको चरम लापर्बाही
केडिया अपहरणमा सुरक्षा निकायको चरम लापर्बाही
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2016/05/blog-post_662.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2016/05/blog-post_662.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy