प्रस, वीरगंज, १७ जेठ/
अपहरणको चार दिनपछि भारतको मोतिहारीबाट भारतीय प्रहरीद्वारा उद्धार गरिएका वीरगंजका व्यापारी सुरेश केडियाको रिहाइको विषयलाई लिएर अहिले टीकाटिप्पणी शुरु भएको छ ।
खासगरी भारतीय सञ्चार माध्यम आजतक, एबिपि न्यूज टेलिभिजनले केडियाको रिहाइ १० करोड फिरौती तिरेर भएको आइतवार र सोमवार समाचार प्रसारण गरेपछि यस विषयलाई लिएर नेपाली सञ्चारमाध्यममा पनि टीकाटिप्पणी शुरु भएको छ ।
अनलाइन खबरहरूले सोमवार भारतीय टेलिभिजनको सो न्यूजलाई प्राथमिकता दिएर १० करोडको फिरौतीमा केडियाको रिहाइ भएको दाबी गरेका छन् ।
यस विषयमा सोमवार रिहा भएका सुरेश केडियाका भाइ वीउवासङ्घका अध्यक्ष प्रदीप केडियाले अनाहक बदनाम गर्न खोजेको बताएका छन् ।
अध्यक्ष केडियाले सुनियोजित तवरबाट अपहरण भएपछिकै दिनदेखि आफूभित्रकै एकथरी समूह गलत अफवाह फैलाउन लागिपरेको प्रतीकलाई बताए ।
उनले १०० करोड फिरौती माग भएको समाचार भारतीय सञ्चार माध्यमहरूबाट प्रसारण गर्न लगाउनु पनि सोही षड्यन्त्रकारीको भूमिका रहेको उनले बताए । अध्यक्ष केडियाले षड्यन्त्रमा लागेका आफूभित्रको व्यक्तिको नाम भने खुलाएन ।
उनले अपहरणमुक्त भएलगत्तै सञ्चार माध्यम र सामाजिक सञ्जालमा नियोजित तरिकाले समाचार सम्प्रेषण गराउन षड्यन्त्रको तानाबुना बुन्ने पक्षले काम गरेको बताउँदै फिरौती तिरेर दाइ सुरेश केडियाको रिहाइ नभएको दाबी गरे ।
बारा, बघवन पसहा पुलबाट बिहीवार अपहरित सुरेश केडियालाई आइतवार मोतिहारीको गोपालगंज रोडको कोतवाबाट मोतिहारीका एसपी र बेतियाका एसपीको नेतृत्वमा खटेको प्रहरी टोलीले उद्धार गरेको थियो ।
दाइलाई अपहरण गरेदेखि पानीमा कुनै नशा मिलाएर खुवाउने गरेको र बेहोश अवस्थामा आँखामा पट्टी र खुट्टा हात बाँधिएको अवस्थामा एकै ठाउँमा तीन रात बिताएको दर्दनाक घटनाबाट बाहिरिनु नसकेको अवस्थामा पुन: परिवारका सदस्यलाई तनाव दिन षड्यन्त्र भएको उनले बताए ।