प्रस, परवानीपुर, १६ जेठ/
पर्याप्त बजार मागका कारण नगदमा बिक्री हुन थालेपछि व्यावसायिक माछापालनतर्फ किसानको आकर्षण बढ्दै गएको छ। स्थानीय उपभोगका लागिसमेत भारत र छिमेकी बारा जिल्लाबाट माछा आयात हुँदै आएको पर्सा जिल्लामा पछिल्लो पाँच वर्ष यता माछा उत्पादनमा किसानको बढ्दो आकर्षणसँगै आयात पनि प्रतिस्थापन हुँदै गएको छ। गत आवमा पर्सामा रु ४२ करोड ५० लाख बराबरको १७ हजार टन माछा उत्पादन भएको छ। गत वर्ष पर्साबाट रु ८ करोड ७५ लाख बराबरको ३ सय पचास मेट्रिक टन माछा नेपालकै बाहिरी जिल्लाहरूमा निकासी भएको छ ।
कृषि विकास कार्यालयका अनुसार गत आर्थिक वर्षमा यहाँ उत्पादित १७ हजार मेट्रिक टनमध्ये तीन सय ५० मेट्रिक टन माछा अन्य जिल्लाका बजामा निर्यात गरिएको थियो। यहाँको माछाको काठमाडौं, मलेखु, पोखरा, हेटौंडा,
भरतपुरमा ठूलो माग छ। यहाँ ४ सय ८० हेक्टर क्षेत्रफलमा माछा पोखरी खनिएको छ। पर्सामा १२ सय पोखरीको कुल जलाशय करिब ३ सय तीन हेक्टर क्षेत्रफल छ। प्रतिहेक्टर उत्पादकत्व औसत ६ मेट्रिक टन माछा छ। पर्साको माछा बाहिर निर्यात हुनु पर्सावासीका लागी खुशीको कुरा भएको जिल्ला कृषि विकास कार्यालयकी मत्स्य विकास अधिकृत सविता झा बताउँछिन्।
८ वर्षदेखि व्यावसायिक माछा पालनमा लागेका बगवन्नाका किसान शैलेन्द्र चौधरीको माछापालन अनुभव रमाइलो छ। भन्छन्–परम्परागत खेतीको तुलनामा यो धेरै नाफामूलक छ, ग्राहक खोज्न बजार जानुपर्दैन, आफैं आउँछन् । चौधरीका अनुसार गत वर्ष उनले ३ हेक्टर क्षेत्रफलमा खनेको ८ वटा पोखरीबाट रु ७ लाख बराबरको ठूला माछा र तीन लाख ७५ हजार मूल्य
बराबरको छरी माछा गरी रु १० लाख ७५ हजारको माछा बेचेको बताए। उनले रु ५ लाख ५० हजार गत वर्ष माछाको व्यापारबाट खुद मुनाफा गरेको बताए।
कौवाबनकटैया, बगवन्ना, हरपुर, लहावरथकरी, बिरुवागुठी, लङगडी, मुडली, बागेश्वरी तित्रौना, भिस्वा, बहुअरीपिडरी, बिरन्चीबर्वा, धोरे, धोबिनी, मधुवन मथवल, गर्दौल माछाको पकेट क्षेत्रको रूपमा स्थापित हुँदै गएको छ। माछाको भुराका लागि दुईवटा निजी हयाचरी र ८ वटा निजी नर्सरी सञ्चालनमा छ।
आहाराका लागि माछा र माछा उत्पादनका लागि भुरा उत्पादन पनि पर्सामैं हुन्छ, कृषि विकास कार्यालय, मत्स्य शाखाका प्राविधिक सहायक
राजेश्वर कुशवाहाले बताए। खासगरी रोहु, नैनी, भकुरा, ग्रासकार्प, कमनकार्प, सिल्भरकार्प, बिगहेड र सानो माछामा छरी माछाको बजार माग पर्याप्त
रहेको माछा उत्पादक किसान बताउँछन् । माछाको जातका आधारमा प्रतिकिलो २ सय देखि ४ सय बजार भाउ छ।
चालू आवमा मत्स्य विकास विशेष कार्यक्रम अन्तर्गत पर्सामा थप ८० हेक्टर क्षेत्रफल जग्गामा ९० वटा पोखरी खन्ने योजना कार्यान्वयन गरिंदैछ। नयाँ
पोखरीमा माछापालन शुरु भएपछि वार्षिक करिब ८ सय मेट्रिक टन माछा बाहिरी जिल्लामा निकासी सम्भव हुनेछ ।